कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा
(पुस्तक बिचार) आचार्य प्रभा
भनिन्छ नि कबि मन कोमल,भावुक र दयालु हुन्छ । पुलिस,आर्मीको मन कठोर र रुष्ट हुन्छ आदी आदी । यो भनाइेमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरु मान्छेको पेशा,प्रतिभा वा रुचीबाट हुने होइेन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितीले मान्छेको मनलाई कर्तब्यबोध गराए पछी नचाहेर पनि बद्लिनु पर्छ तर पनि माथीको उक्तिमा सत्यता छ भन्ने चाँहि म ठाँन्दिन । त्यसैले कबिको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, कबि मुकेश राइे पेशाले ब्रिटिश आर्मीको सेवक थिए जस्ले बन्दुक र बारुदसँग मात्र मितेरी लगाएर हर पल मनका आँखाहरु आफ्ना बैरी र शत्रुहरुमाथी मात्र राख्नुपर्ने बाध्यता थियो तथापी मुकेशलाइे भने झन यो पेशामा लागेपछी नौलो परिवेश,नौलो ठाउँ र नयाँ जीवन भोगाइेले झन बिह्वल बनायो र उनी झनै भावुक भएर आफ्ना मनका उथलपुथलहरु भावना बनाइे ब्यक्त गर्न थाले ।
हिजो
म जीवनको गोरेटो
समतल हिँडिरहेको बेला
तिमी त्यो पहाडको
उकालो चड्दै थियौ ,
मैले क्षितिज पछ्याउँदै गर्दा
तिमीलाई त्यो जून र घामको
नजिक जस्तो देखेथेँ,
किनकी तिमी उचाइेमा थियौ
तर पनि तिमीलाइे
पछ्याईे नै रहेको थिएँ
तुँवालोले तिमीलाइे छेके पनि
तिम्रै पद्चाप सुनेर अघी बढिरहेथें
मैले उकालोको पहिलो खुड्किलो टेक्दा
तिमी त्यो शिखरमा उक्लेर
अग्लो हुनुको उद्घोष गर्दैथियौ ।
आज म
त्यही पहाडको यतापट्टि
उकालो चढिरहेछु
तिमी त्यो पहाडको अर्कोपट्टि
खोला खोल्सीसँग सुसाउँदै ओरालो झर्दै छौ
तिमी ओरालो लाग्दै
त्यही पहाडको शिखरले छेकेको
एक पाटो आकाश हेर्दै छौ
म ओकालो चड्दै
वारिपट्टि त्यही आकाशको
अर्को पाटो देखिरहेछु ।
भोली
तिमीले झरेको ओरालो
मैले पनि झर्नु पर्छ !
मैले चड्दै गरेको उकालो
तिमीले चढौला या कोही अरुले !
समय चक्र हो
जीवनको आरोह अवरोह यही हो ।
यो माथीको कबिताको भावले मेरो मन असाध्यै छोयो । उन्को यो कबिताले साँच्चै मान्छेका जीवनका आरोह अवरोहहरुको सहि वकालत गरेको छ । हामी मान्छे, हामीमा अभिमान,इेमान्दारिता,दुख,पीडा,खुशी यी सबैको बाहुल्यता छ तर हामी थोरै खुशीमा पनि रमाउँन जाँन्दैनौं र थोरै दु:खमा पनि हरेश खान पछी पर्दैनौं। सुखको लिस्नो के उक्लन्छौँ, आफुलाइे आकाश छोएको ठहर्याउँछौँ र अरुलाइे धर्तीकै धुलो ठान्न पनि पछी पर्दैनौँ। हो यस्तै अहम्तालाइे मुकेशको "आरोह अवरोह" कबिताले प्रष्ट्याएको छ । हर मान्छेमा भावनाहरु उद्वेलित हून्छन्, त्यस्लाइे पोख्न सक्ने शिप कबिहरुमा हुन्छ र, त कबिको उपाधी पाउँछन् त्यस्ता मान्छेहरुले । ति मान्छेहरुको भिँडको एउटा कबि मन हो मुकेश राइे तर त्यो शिपलाइे कबि मुकेशले अझै शिल्प लगाएर प्रज्ज्वलित बनाउँन थप प्रयास भने गर्नै पर्ने देखिन्छ । त्यो त समयको बहावसँगै मुकेशको उदेश्यमा उर्जा थपिँदै जानेछ। पहिलो कोशेलीले सबैलाइे आँखा मात्र खुलाउँछ, त्यो सर्व बिधितै छ । मलाई लागेको अर्को कुरा कबि मुकेशको यो संग्रहमा जस्मा कबिले आफ्ना भनाइेमा केही उद्गार ब्यक्त गरेकाछन् जस्तै -
"म अनुरागी हुँ फूलको
बसन्तको आगमनमा रमाउँछु
काँडा या पत्झर स्वीकार्य छ मलाई
म अनुरागी हुँ जूनको
पुर्णिमाको रातको प्रतिक्षामा छु
औंसीका यी रातहरु स्वीकार छ मलाई"
यी माथीका भावमा म अलमल्ल परें । कबि फूलको अनुरागी भएर बसन्तको आगमनमा खुशी भएपनी काँडा र फूल दुवैलाइे स्वीकार गर्ने भाव छ कबिमा। त्यो सहि हो। उनी स्वार्थी देखिँदैनन् जो बसन्तको आगमनमा फुलेका फूललाइे मात्र रुचाएर काँडालाई हेला गर्ने। अनी फेरि जूनको प्रतिक्षार्थी बनेर जूनको पनि अनुरागी बन्दै प्रतिक्षामा छन् भने अनायस फेरि औंशीका यी रातहरु स्वीकार छ मलाई भनेर भाव मोड्न पुगेका छन् । कबिको भाव यस्तो हो कि? जूनको अनुरागी भएर पुर्णिमाको प्रतिक्षार्थी भए पनि औंशी रात पनि प्यारो नै लागेको हो शायद। यहाँ शब्द संयोजनमा अलिकती कमी देखिएको जस्तो आभास भयो मलाई भने । यो मेरो मात्रै दृष्टिकोण पनि हुन सक्छ ।
समग्रमा भन्नै पर्दा एउटा लाहुरे मनले भावनाका थुङाहरु उनेर यसरी कबिता संग्रहको आकार दिनु भनेको साहित्यलाई अर्को थप लाभ हो । जुन कबिले आफुले सानो छँदा बाबु,आमाको मुखबाट दन्त्य कथाहरु सुनेको भरमा साहित्यलाई माया गरेर कबि बन्ने अभिप्रायले यसरी लेखन क्रममा लागि पर्नु ठुलै उपलब्धी मान्नु पर्दछ । "अनुभुतिका रङहरु"मा साँच्चै कबिका बिभिन्न अनुभवहरु सप्तरङी माला झैं उनिएका छन् । हरकसैले पनि मनरुपी गलामा यो सप्तरङी मालालाई लगाउँने प्रयास गरेमा कबिको यो "अनुभुतिका रङहरु" साँच्चै सार्थक बन्नेछ । कबि मुकेशका कबिताहरु धेरै छन् र सबैमा आ-आफ्नै प्रकारका भावहरु पोखिएका छन् । भावनाहरु कँहि अत्रिप्त सपना बनेर पोखिएका छन् । कँहि बालककालको अतित बनेर मीठोसँग सजिएको छ । कँहि परदेश भोगाइको पीडा छताछुल्ल छ भने कँहि फौजी हुनुको भाव पनि प्रकट छ । यसरी कबिको यो संग्रहमा मिश्रित भावहरु सबै यथार्थ परक छन् । अन्त्यमा मेरो भन्नु, एउटी दिदी र पाठकको नाताले कबि तथा भाइ मुकेशका भावनाहरु यसरी नै लहराउँदै जाउन् । नेपाली साहित्यले यो कलमलाइे अझै प्रोत्साहित गरोस् अनी हामी मुहार पुस्तिकाका मित्रहरुले सबैमा सहकार्यको सद्भावना राखेमा कबि मुकेशहरु अझै चम्कनेछन् साहित्यकाशमा । कबि मुकेशको मनमा लागिरहेको होला यतीखेर। आचार्य दिदीले अब मेरो संग्रह बारे के के लेखिदिने हुन्?भनेर । त्यसो त म त्यस्तो जानिफकार साहित्यकार होइेन। मैले हरकसैको संग्रहमा समय खर्चिनुको कारण सबै सामु यस्को चर्चा होस् भन्ने मात्र हो । अनी देखिहालेको कुरा चाँहि किटाणीको साथ गल्ती छ भनेर चाँहि होइेन तर यस्तो पो हुनुपर्नेथ्यो कि भन्ने प्रश्न भने तेर्स्याउँछु जस्ले गर्दा कुनै पनि कमिकम्जोरी छ भने सुधार्ने मौका मिल्छ जस्लाइेपनी । यो कुनै समिक्षा होइेन केवल मेरो कबि र संग्रहप्रतिको भाव मात्र हो । भुलप्रती म आफै पनि क्षमाको भिखारी छु ।
Posted by Unknown
on 2:24 PM.
Filed under
कृती / समिक्षा
.
You can follow any responses to this entry through the RSS 2.0