'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

‎'ममताको आँचल' नियाल्दा


- डा. बमबहादुर थापा 'जिताली'


१. परिचय

कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवितामा माता, पिता र जीताको मायासँगै राष्ट्रियताको ममता पनि पाइन्छ । राष्ट्रियता, पारिवारिक ममता, घरदेश र परदेशबीचको भिन्नताबाट उब्जिएका दुःख, पीडा, विरह, वेदना, प्रेम र ममतामयी भावना प्रस्तुत गीति कविता संग्रहका प्रमुख विशेषता हुन् । कुनै पनि र्सजकको आधिकारिक परिचय उनको सिर्जना हो । किनभने त्यसमा उनको समसामयिक समय, मनोभावना, मातृत्वमय कामना, राष्ट्रिय चेतना र मानवीय संवेदना प्रतिविम्बित हुन्छन् । यर्सथ कवयित्री सुमित्रा पौडेलको वास्तविक परिचय उनको लोकछान्दिक शिल्पसाधना, समसामयिक भावधारा, स्वच्छन्दवादी भावप्रवाहमा विदेशिन बाध्य नारीको मनोदशा झल्किएको पाइन्छ भने यही 'ममताको आँचल' भित्र उनको समसामयिक काव्य-चेतना, मूल्य र मान्यताका विशेषता पाइन्छन् । यसो हुनाले सुमित्रालाई उनकै गीति कविताले राम्ररी चिनाएका छन् ।

२. कवितासंग्रहको विवेचना

कवयित्री सुमित्रा पौडेलद्वारा रचित 'ममताको आँचल' गीति कवितासंग्रह -२०६८) भित्र ४५ ओटा कविता र र्समर्पण कवितासमेत जम्मा ४६ ओटा कविता समावेश भएका छन् । सबैजसो कवितामा कला, कवित्व र लोकसंगीतको संगम भेटिन्छ भने विभिन्न भावनाको भंगालो पनि पाइन्छ । तीमध्ये केही प्रतिनिधिमूलक कविताका आधारमा सिंगो संग्रहको विवेचना गर्ने काम कठिन छ तापनि प्रमुख कवितात्मक तथा विश्लेषण्ढा पद्धतिका कसीमा कवयित्री सुमित्रा पौडेलका समग्र गीति कविताको सरदर समीक्षा गर्ने जमर्को गर्दैछु ।

क. शीर्षक र संरचना

कवयित्री सुमित्रा पौडेलका सबैजसो गीति कविताका शर्ीष्ाकहरु अभिधात्मक छन् । ती शर्ीष्ाकहरु एक शब्ददेखि साता शब्दसम्मका छन् र त्यसबाट पाठकहरुलाई विषयवस्तुको. पहिचान गर्न सजिलो भएको छ भने तिले सिंगो रचनाको प्रतिनिधित्व गरेका छन् । सबैजसोशीर्षकहरु भाव विचारको संकेतक, उद्घाटक र परिसूचक पनि भएकाले र्सार्थक बनेका छन् ।
प्रस्तुत संग्रहमा दर्ुइ प्रकारका लोकछन्द प्रयोग भएका गीति कविता छन् र तिनमा माता, पिता, छोरा, छोरी, पति, परमेश्वर तथा जन्मभूम्रि्रतिको भक्तिभाव, माया र ममताका छताछुल्ल भएर पोखिएकाले प्रस्तुत पुस्तकको नाम र्सार्थकसिद्ध भएको पाइन्छ । सुमित्राका कवितामा शीर्षक र कथ्यबीचको परस्पर सम्बन्ध रहेको हुनाले पनि उनी समुचित अन्तसंगति समन्वय गर्न सफल देखिएकी छन् ।
सुमित्रा पौडेलका कवितालाई संरचनाका दृष्टिले नियाल्दा बाह्य संरचनामा नेपाली लोकछन्दाका झ्याउरे -.अ सारे) र सवाई छन्द-लय पाइन्छ । यसमा पहिलो ३ २ ३ २ ३ ३ १६ अक्षमा संरचित झ्याउरे लोकछन्द र दोस्रोमा २ २ २ २ ३ ३ १४ अक्षरको सवाई लोकछन्दमा रचित कविता पाइन्छन् ।
यी दुवै प्रकारका लोकलय ढाँचाका कवितामा सुगठित र सुव्यवस्थित आन्तरिक संरचना पाइन्छ भने कवितात्मक अनुभूतिलाई लोकलयमा सजाई सन्तुलित रुपमा विभिन्न समसामयिक भाव-चेतना आत्मपरक शैलीमा प्रस्तुत गर्न सक्नु सुमित्रा पौडेलको संरचनागत विशेषता बनेको छ । जस्तो:
छोरी- जन्मायौ तिम्ले त्यो कष्ट काटी कसरी हर्ुकायौ -
समाई हात पाइला चाल्न कसरी सिकायौ -
जीवन-पाठ म सिक्दै थिएँ छुटायो कसले -
हे आमा, छाती पोलेको छैन करुण रसले -
आमा- बर्बर आँसु झार्दछिन् आमा बोल्न नि सक्दिनन् ।
छल्कन्छ भित्र ममता- खानी खोल्न नि सक्दिनन् ।।
हे प्यारी छोरी, नभन त्यसो निष्ठुरी छैन मन ।
भविष्य त्रि्रै सोचेर आएँ सुखलाई हैन धन ।।
- परदेशिएकी आमासँग छोरीको गुनासो

ख. विषयवस्तु तथा भावविधान

कवयित्री सुमित्रा पौडेल आफ्नै आँखाले देखेका, भोगेका र मनमस्तिष्कले अनुभव गरेका जीवनजगत्का विभिन्न क्षेत्रबाट विषयवस्तु टपक्क टिपेर त्यसकै केन्द्रीयतामा कविता रचना गर्छिन् । कुनै खास विषयसँग सम्बद्ध भई त्यसको नजिकबाट मनोलोकमा उत्पन्न भाव, विचार अनुभूति र अनुभवलाई आत्मपरक शैलीमा प्रकट गर्नु उनको विषयगत विशेषता बनेको छ । उनले प्रकृति संस्कृति, राष्ट्र्, राष्ट्रियता, अखण्डता, स्वाधीनता, वीरता, धीरता अनि आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रमा देखिएका विकृति, विसंगति, अन्याय, अत्याचार, भ्रष्टचार र अशान्तिका विरुद्ध विषयभाव चयन गरी त्यसमा शान्ति र विकासको कामना गर्दै मर्यादावादी भावलाई पनि उदारवादी भावशैलीमा सजाएर कविता रचना गरेकी छन् । कुनै पनि विषयवस्तुको प्रस्तुतिमा समाजका मनोमय चित्रलाई उनले आफ्ना कविताको साधन बनाएकी छन् र विभिन्न विषयगत भिन्नतामा चित्रण गरेकी छन् । यसक्रममा विविध विम्ब-प्रतीक र अलंकारको प्रयोग गर्दै आफ्ना कवितालाई जीवन प्रदान गरेकी छन् । यसमा प्रकृत्रि्रेमसँगै मानवीय भाव र राष्ट्रिय अस्मिताका कविता पाइन्छन् । जस्तै :
मानवरूप धरेर तिमी यस लोकमा आएथ्यौ ।
उज्यालो ज्योति संसारभरि तिमीले छाएथ्यौ ।।
कान्ति नै छैन मानव मुहार छिन्न र भिन्न भो ।
उम्रियो क्रान्ति, जगतैभरि मनमा भ्रान्ति भो ।।
नाशैमा मात्र देख्दैछन् शान, खन्दै छन् चिहान ।
र्व्यर्थ हो सबै सोचौं न अब त्यो न्यानो बिहान ।।
- बुद्धको देश नेपाल

हजार भाव यो आँखाभित्र आएर अटाउँछ ।
हजार राग यो मुटुभित्र कसले सजाउँछ ।।
सरिता भई बग्दछ मन अरु म के छरू -
कविता बनी निस्कन्छ पीडा अरु म गरू --
- साहित्यको पाटो र बाटो

यसरी उनका कवितामा आध्यात्मिक अनुराग, मानवीय प्रेम, माया, ममताको राग र राष्ट्रिय भावनाको चिराग भेटिन्छ भने करुणरसको प्रधानता पनि पाइन्छ ।

ग. छन्द तथा लयविधान

लोकछन्दमा आधारित गीति कविता रचना गर्दा कवयित्री सुमित्राले झ्याउरे लय र सवाई लयको सफल प्रयोग गरेकी छन् । उनले शब्दलाई लयम मिलाउने सिलसिलामा वर्ण्र्ाान्यास बिगारेकी छैनन् र शब्दलाई लोकपारामा सजाएकी छन् । उनका सबैजसो कविता परम्परागत लोकछन्दमा रचिए तापनि त्यसमा नवीवन भाव, आध्यात्मिक आलोक र कमनीय कला-शिल्पको समागमसमेत पाइन्छ । जस्तै :
एक चिम्टी माटो हातमा लिई पौरख भिजाए ।
सुख र शान्ति स्वदेशमै मिल्छ सुखीले सजाए ।।
फुलेको गुराँस रोएझैं लाग्छ त्यो त्रि्रो माथमा ।
प्रियको यौवन बित्ने पो हो कि नभई साथमा ।।
- त्रि्रै आशामा

फुलेको फूल सुवास र्छछन् काँडालाई छोप्दछन् ।
भभरा घुम्छन् दिँंदैनन् पीडा, रसमा रम्दछन् ।।
आशाको दियो बालेर मान्छे मेट्दै छ घातलाई ।
उदाउँंदो र्सर्ूय र्छर्दैछ ज्योति हटाउन रातलाई ।।
-ममताको आँचल

चन्द्र र र्सर्ूय अंकित झन्डा त्यो कहाँ झुक्दै छ -
शान र मान संसारको उच्च त्यो कहाँ लुक्दै छ -
- जनताको आशामा छरिएको निराशा

यसरी झ्याउरे लोकछन्दामा कविता-रचना गर्दा सुमित्राले छन्दलाई सहजरुपमा लिएकी छन् । उनका कवितामा छन्दले भावलाई किचेको छैन र मिचेको पनि छैन । वरु यसले कविताको भावलाई उचालेको छ र प्रकट गर्न सहयोग पुर्‍याएको देखिन्छ । छान्दिक अनुशासन र भाव प्रस्फुटनका बीच संगति कायम भएको छ । लोकछन्दलाई विभिन्न भावमा खेलाउन सक्ने क्षमता उनको लयगत विशेषता बनेको छ ।
सुमित्राका कविताको लयविधान भाव र भाषाका बीचको सन्तुलनमा आधारित छ । सुललित भाषा र सरल-सहज पदसंयोजनले उनका कवितालाई संगीतमय तुल्याएको छ । यही लयात्मकताले कविताको भावभंगीलाई रोचक, लचिलो र घतिलो बनाएको छ । कतै कतै अनुप्रास नमिलेको भए तापनि त्यसलाई लयले स्वाभाविक बनाएको छ । लोकलयमा आधारित गीतहरुमा अन्यानुप्रास अनिवार्य छैन । जस्तो कि
चरीको कहाँ छ र घर
रात काट्यो डालीमा बसेर ।
यस्ता अनेक उदाहरण उल्लेख गर्न सकिन्छट र सुमित्राका कवितामा पनि अन्त्यानुप्रासको मिठास लयभित्रै पाउन सकिन्छ । जस्तैः
संसारमा एउटा चम्किलो तारा सगरमाथा हो ।
अस्तित्व बोक्ने गौरव गाथा नेपाल आमाको ।।
- ऐजन, जनताको

घ. विम्ब- प्रतीक तथा अलंकार योजना

कवितालाई सशक्त, सम्प्रेष्य र भावप्रबल बनाउन सुमित्राले सकेसम्म विम्ब-प्रतीक र अलंकारको पनि प्रयोग गरेकी छन् । विम्ब प्रतीक र अलंकारको प्रयोगले उनका कविताको अमर्ूत भावलाई मर्ूतरुप दिएको छ । यसमा हिमाल, पहाड, तर्राई, फाँट, शीत, बाटो, बुटी, नदी, कोइली, घाम, जून, झरी, बादल, तुवाँंलो, उज्यालो, अँंध्यारो, वन, बाघ, बगैंचा, आगो, पानी, माटो, फूल, माला, सुन, चाँंदी, हीरा, मोती, गाउँ, सहर, सगरमाथा आदि अनेक विम्ब-प्रतीक पाइन्छन् भने कतैकतै उपमा र अनुप्रास अलंकारको अधिक प्रयोग पाइन्छन् । जस्तै ः
सहरको नाली भरिएसरि फोहोरले दूषित भो ।
हावामा छैन सुगन्धितपन उदासी जीवन भो ।।
हिमालका बुटी विचित्र थिए सुकेझैं लाग्दै छ ।
कोइली-भाका दर्ुलभ भयो त्यो कतै भाग्दै छ ।।
- सम्भिmए देश
आगाको ज्वाला उठेझैं लाग्छ डँढेलो लाग्छ कि ।
र्फकन देऊ स्वदेशमै भोलि त्यो भाग्य जाग्छ कि ।।

- उर्लिएको भावना

यसरी कवयित्री सुमित्राले विम्ब, प्रतीक र अलंकारको समेत सहज प्रयोग गरेकी छन् । यस्ता विभिन्न विम्ब, प्रतीक र अलंकारको प्रयोग भएका ठाउँमा उनको कलापक्ष कमनीय बनेको छ र उनका कविता भावसंवेद्य बनेका छन् । यसमा अन्त्यानुप्रास अलंकारको र्सवाधिक प्रयोग भएको छ भने यसको अभावमा पनि अनुप्रासको मिठास पाइन्छ । यही नै नेपाली लोकछन्दको विशेषता हो । उनका कवितामा यस प्रकारका विम्ब, प्रतीक र अलंकारको प्रयोग काव्यात्मक चमत्कारका निम्ति नभएर भावसम्प्रेषणका सर्न्दर्भमा आफैं सिर्जना भएको अनुभव हुन्छ ।

ङ. भाषा-शैली

कवयित्री सुमित्रा पौडेलको भावमय भाषा र लालित्यमय शैलीमा सरलता, सरसता र नवीनताजस्ता विशेषता पाइन्छन् । सुललित भाषशैलीका साथै विषयवस्तु र भावभूमिबीच समन्वय गरी कवितालाई रोचक, लयात्मक र अर्थपर्ूण्ा बनाउन उनको भाषाशैलीले महत्वपर्ूण्ा भूमिका खेल्न थालेको पाइन्छ ।
सुमित्रा पौडेलका कविताभित्र प्रयुक्त भाषाशैलीमा तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग पाइन्छ । स्पष्ट अभिव्यक्ति, लोकलयात्मक भाषा र सुललित शैलीशिल्पले उनको भाषा कठिन नभएर सम्प्रेषणीय बनेको छ । उनले आफ्ना कवितामा आवश्यकता हेरी पर्ूण्ाविराम, अल्पविराम, प्रश्नवाचक र योजकचिन्हको प्रयोग गर्नै विभिन्न स्रोतका शब्दहरुको चयन गरी भावपक्षलाई धनीभूत र सबल बनाउने प्रयास गरेकी छन् । यसमा 'पयर, बहार, नजर'जस्ता आगन्तसक शब्दको सट्टा लोकजीवनका शब्दहरुको चयनतर्फउनी आकषिृत बन्दै गएको पाउन सकिन्छ । उनका कवितामा वर्ण्र्ाात्मक, सूत्रात्मक र प्रश्नात्मक भाषाशैली पाइन्छ । कवितामा मूलतः प्रथम पुरुष वा आत्मपरक शैलीको प्रयोग प्रशस्त पाइन्छ भने उनको अभिव्यक्तिकला सरल, सरस रस्वाभाविक छ ।
च. निष्कर्षप्राकृतिक स्रोत, साधन र सौर्न्दर्यको खानी अनि लोकगीत र संगीतको उर्वराभूमि लमजुङ जीता देउराली- ३ को उकालीओरालीका ममतामा हर्ुर्किएकी सुमित्रा पौडेलका कवितामा निरन्तर छङछङाउने जीता सातधारेको छाँगा छहरा तथा रिस्ती, मादी र मर्स्याङ्दी नदीको अविरल बहने संगीतमय तरंगजस्तै सुसाएको लोकछन्द पाइन्छ । जीताकोटको लालीगुराँस देखिन्छ । घरदेश र परदेशको अन्तरमा अभाव, पीडा, बिछोड, विरह, वेदना, विडम्बना, अर्चना, सिर्जना र आनन्दको अनुभूति अनुभव हुन्छ । यिनै परम अनुभूतिलाई मूल विषयवस्तु बनाई आत्मपरक शैलीमा उनले गीति कविता रचेकी छन् । उनले आफ्ना गीति कविताको मूल विषयका रुपमा प्रकृति, संस्कृति, राष्ट्रियता, युगबोध र युगीन समजसँगै आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा देखिएका कुरीति, विकृति, विसंगतिका साथै शान्ति, आशा, भरोसा, युद्ध, बुद्ध, क्रानित, विनाश, विकास, विश्वबन्धुत्व र परस्पर पारिवारिक भाव प्रभाव प्रस्तुत गरेकी छन् । उनका सबै गीति रचना पढेपछि पाठकभित्र सिंगो गीति काव्यको अनुभूति हुन्छ ।
प्रभावका दृष्टिले हर्ेदा कवयित्री सुमित्रा पौडेलका कवितामा कविशिरोमणि लेखनाथ पौड्यालको मर्यादावादीभाव, महाकवि लक्ष्मीप्रसाद देवकोटाको आत्मपरक शैली र 'मुनामदन' खण्डकाव्यको प्रभावका साथै यी दुवै भाव र शिल्पका सिद्धहस्त राष्ट्रकवि माधव घिमिरेको प्रभाव परेको पाउन सकिन्छ । सुमित्राका कविताको निजत्व आध्यात्मिक आलोक, पारिवारिक संवेदना, सुललित गीति चेतना, राष्ट्रिय भावना, प्रकृतिको माया र ममतामा अडेको छ भने प्रस्तुत पुस्तक पढेर सक्दा नसक्दै कुनै पनि पाठकका आँखा आँसुले भरिन्छन् । यही नै उनको उल्लेखनीय उपलब्धि हो । दर्शक र्सवनाम -यो, त्यो आदि) को प्रयोग कम गरी अझै सरल, सुललित र लोकसम्मत शब्द खेलाउन सके सुमित्राको गीति कविताले नेपाली लोकसाहित्यका फाँटमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने देखिन्छ । यही योगदानको अपेक्ष र बधाईका साथ कवयित्री सुमित्रा पौडेलको समुन्नत भविष्यका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा समीक्षकको अनुभूति-

नेपाली लोक छन्दमा मीठा कविता पढियो
बिछोड श्ाृंगार, करुण रसमा ममता अडियो ।
कविताभित्र बाँसुरी सुनें, घन्केको मादल
शब्द र संगीत कलामा पाएँ सुमित्रा पौडेल ।
आँखामा आँसु भरिए मेरा करुण कथाले
भक्कानो फुट्यो मुटुमा मेरो बिछोड व्यथाले ।
भावना त्रि्रो धारिलो रै छ छिनाल्यो हियारा
आमा र बाबु, छोरा र छोरी छन् त्रि्रा पियारा ।
पतिको प्रेम छाडेर गयौ भविष्य खातिर
स्वदेश सम्झी कविता रच्यौ तिमीले आखिर ।
आँसुको मूल्य महँगो हुन्छ सित्तैमा पाइयो
अमर कृति जन्मायौ धन्य अरु के चाहियो ।

Posted by Unknown on 10:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

1 comments for ‎'ममताको आँचल' नियाल्दा

  1. मामाता आँचल समिक्षा पढि मलाई भो खुल्दुली
    कसरी पढ्नु पाएको छैन हेर्दै छु टुल्तुली |
    मामाताको रसमा डुब्ने साह्रै नि धोको थ्यो
    पढनलाई मेरो सम्भब थेन काँधमा डोको थ्यो ||
    मलाई यहाँ समिक्षा पढेर "ममताको आचल " पढ्ने इच्चा जागेर आयो कहिले पुर हुने हो हेरौ |
    सञ्जय कुमार खड्का

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011