'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

“भयवादः वैचारिक चिन्तन” – एक चर्चा


- सरण राई
“भयवादः वैचारिक चिन्तन” ‘आदिवासी’ (उपन्यास÷भयवाद) को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ–आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपूर्ण र आफैमा पूर्ण छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका भए पनि तिनीहरुको पनि आफ्नै महत्वपूर्ण विशेषता रहेको छ । पुस्तकमा रहेका सबै चिन्तहरुका चर्चा गर्नुपर्ने आवश्यकता भएपनि समय सीमितताका कारण जुन जुन चिन्तनहरुमा मतैक्यता, एकरुपता र सामञ्जस्य छ, त्यसलाई नदोहो¥याई फरक भएका विचार, तर्कहरु र दृष्टिहरुमा मात्र यस संक्षिप्त चर्चा गरिने छ ।

आवरण – सज्जा र स्केच
आवरण–सज्जा बसन्तराज अज्ञातले आकर्षक ढंगले गर्नु भएको छ । आवरणमा (आदिवासी मानव मानेर नै?) अर्धकदको मूर्तिचित्र राखिएको छ । ‘आदिवासी’ मा उक्त मूर्तिचित्र पश्चिमतर्फ फर्केको छ भने ‘भयवाद वैचारिक चिन्तन’ मा पूर्वतर्फ फर्केको छ । मूर्चिचित्रले पाठकको मनमा एउटा अज्ञात सजीव भाव पैदा गर्न सक्षम भएको छ । मूर्तिचित्रमूनि आवरणको १÷४ भागमा गाढा निलोमा धर्का, लिङ्गो वा रेखाहरुको स्केच गरिएको छ । झट्ट हेर्दा मान्छेजस्तो पनि देखिने त्यो स्केचले आवरण आकर्षक र विषयवस्तुसँग मिल्ने भाव बोकेको प्रतित हुन्छ ।

आवरणमा भएको मूर्तिचित्रबारे कृष्ण बरालले ‘(यलम्बर? प्रकृति? कली?)’ कसको चित्र हो प्रश्न उठाउनु भएको छ । डा. टंक न्यौपानेकै शब्दमा “हिन्दु धर्मशास्त्रले भन्ने गरेको कलिको मूर्ति सम्भवतः आदिवासीको मूर्ति हुनुपर्दछ, जसले लिच्छविकालिन स्वर्णयुगको प्रतिनिधित्व गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्षक भएको छ ।” त्यसैगरी अर्जुन माबुहाङले “राज्यको परिभाषाभित्र ‘विरुपाक्ष’ लाई आदिवासी मान्न सकिँदैन । भाषा वंशावलीअनुसार उनी अन्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राह्मण धर्म शर्माका पुत्र विपाक थिए ।” भनी सो आवरणको मूर्तिचित्रलाई आदिवासीको हो भन्ने अस्वीकार गर्नुभएको छ ।

त्यो मूर्तिचित्र बारे यकीन भन्न नसकिए पनि डा. टंक न्यौपानेको भनाई “यसले गर्दा पुस्तक आकर्षक भएको छ” भन्ने सित सत प्रतिसत सहमत हुन सकिन्छ ।

पुस्तकमा नौ जना लेखकहरुका स्केचभित्र बिल्कुल आधुनिक प्रविधिबाट मेख लिम्बूले तयार गर्नुभएको छ, जुन स्केच चित्रहरुले पुस्तकको सौन्दर्य, स्तर र आकर्षणमा सुनमा सुगन्ध् बनाएके छ । सम्भव, नेपालका पुस्तकहरुमा यस प्रकारको स्केच चित्र पहिलोपल्ट प्रयोग भएको छ ।

भयवाद

“जन्म, जीवन, मृत्यु... सभ्यता, ... यी सबै चेतना हुन् । सबै चेतनामा भय छ । ... ब्रम्हाण्ड, नक्षत्र, भुगोल, तारा सै भयभीत छन् । वनस्पति, प्राणी, जीव र मान्छे सबै भयभीत छन् ... ती भयभीहरुको ‘त्व’ बोकेर आएको ‘वाद’ हो भयवाद (जीवन–चेतना–ज्ञान–भय–भयवाद)” देश सुब्बाले धन्यवाद ज्ञापनको क्रममा भयवादको सार संक्षेप खिच्नु भएको छ ।

मुनाराज शेर्माको दृष्टिमा भयवाद ‘विचारको निरन्तरता’ हो । त्यस्तै कृष्ण बरालकै शब्दमा “जीवनजगतलाई हेर्नै एउटा मजबुत दृष्टिकोण भयवाद हुन सक्तछ तर उसले जीवनजगत्को सम्पूर्ण पाटो पहिल्याउन भने सक्दैन कि?” अर्जुन माबुहाङले पनि “तन्तु तुम्याङ, फेदाङमा, सामहरु र युमादेवी आदिको मिथकहरु प्रस्तुत गरेर भयको उत्खनन् भएको देखाउनु भएको छ” भन्नुभएको छ । शिव रेग्मी ‘प्रणत’ अनुसार “भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । ... भय मानसिकताले तयार गरेको आकार हो ।” वहाँले साहित्यमा भय÷भयवादको चर्चामा कृष्ण धरावासीले हरि खनाल भन्ने पात्रलाई रोयल्टी तिरेर भयमुक्त भएको उदाहरण प्रस्तुत गर्दै भय/भयवाद राजनीति, समाज र साहित्यमा कति उपयोगी वा प्रभावकारी हुन सक्छ भन्ने व्याख्या गर्नुभएको छ ।

डा. टंक न्यौपानै भन्नुहुन्छ “भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहिँ पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो ।”

डा. गोविन्दराज भट्टराईका अनुसार “भयवादभित्र धेरै कुरा समेटिएका छन् । दर्शनबाट अलिकति, विज्ञानबाट अलिकति, साहिल्य सिद्धान्तबाट अलिकति, इतिहास संस्कृतिबाट अलिकति विचारहरु लिएर निर्माण गरिएको अन्तरविषयक (ईन्टर डिसिप्लिनरी) चर्चा हो । यो नितान्त नौलो कुरा चाहिँ होइन .... यसको औचित्य स्थापना हुन एउटै मात्र तर्फ छ – डेरिडाको शब्दमा एब्सेन्सेज र ग्याप्सभित्र प्रवेश अनुपस्थितिबाट नयाँ ज्ञानको खोजी । शब्दले हेलिएका शब्दहरु विचार छलिएका व्यवहारहरु । ज्ञान नहुन्जेल थाहै भएन, अन्धकार पल्टाएर हेर्दा त्यो त्यही थियो, त्यही छ । भयवादले त्यही देखाउँछ । ...अस्तित्वमा नआएका कुरा एकदिन प्रकट हुन्छ र अनि त्यसपछि त्यो बेगर चल्नै नसक्ने हुन्छौ । ... भयवाद त्यस्तै एउटा सामग्री वा आविष्कार वा जीवनजगत् र लेखन हेर्ने नयाँ औजार जस्तै लाग्छ । अनेक विकल्पको संसारमा यो विकल्प हो न प्रथम न अन्तिम । .... भयवाद जीवनजगत् हेर्ने थप दृष्टिकोण हो ... यसको उपयोगिता हुन सक्छ, परन्तु सृष्टिलाई यसैले मात्र हेर्दा हुन्छ भन्ने चाहिँ सक्तिन । यो एक आंशिक झस्काई हो ... एउटा नयाँ चौतारी, एक वैकल्पिक बिसौनी ।”

आदिवासी: उपन्यास÷भयवाद

‘आदिवासी’ डा. खेम दाहालका अनुसार प्रथम दृष्टि लिई आत्मवृतान्त प्रकाश गरिएको उपन्यास हो । “यस कृतिको निरीक्षण गर्दा माक्र्सवादी चिन्तक पियेर मार्सेरीले ठानेझैँ हाम्रा पाठहरु सधै अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरु छाडिएका हुन्छन् ।”

अर्जुन माबुहाङले उपन्यासका बारेमा आदिम रुखको नामक हुनुपथ्र्याे, चकसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतिक भएकोले चिहानमा नभेटिने कुराहरु रीतिको रुपमा औलाउनु भएको छ । शिव रेग्मी ‘प्रणत’ का अनुसार ‘आदिवासी’ भयवादको ‘सिद्धान्त र साहित्य’ दुवै हो र ‘स्वरकल्पनाको मिहिन बुट्टे तन्दाले’ भरिएको उपन्यास वा भयवादको कृति हो ।

ज्योति जङ्गलको मूल्याङ्कनमा “उपन्यासले नयाँपन दिएको छ । विद्रोह, लैङ्गिक कोकोहोलो, सामाजिक दुर्घटनाको दर्दनाक बयान, शोक, द्वन्द थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।” भन्ने बाट उपन्यास ‘नयाँ संरचनाको स्वादिलो कृति हुन गएको देखिन्छ ।

मनु मन्जिलले निसामलाई भी.एस. नयपालका पात्रहरुसँग तुलना गर्नुभएको छ र ‘रहस्यवादीहरुले भन्ने गरेको एक्चुअलाइजेसको अर्थ बुझिन्छ निसामको छट्पट्टि र प्राप्तिमा । उपन्यास रमाइलो छ ।” भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।

कृष्ण बरालको दृष्टिमा ‘आदिवासी’ छुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो’ छ । भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।

कृष्ण बरालको दृष्टिमा ‘आदिवासी’ छुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो’ छ । आत्मापरक शैलीमा लेखिएको उपन्यासको कथावस्तु फाल्गुनन्दको बाल्यकालको कथा जस्तो पनि छ, झाक्रीले सुनाउने आफ्नो कथा जस्तो पनि छ । ... आञ्चलिकतालाई जात र भाषा समातेर जुन संवेदनशीलता समाउन खोज्नुभएको छ – त्यसैले एउटा मार्गचित्रको प्रसस्ती गरिदिएको छ’ भन्ने वहाँको दृष्टि रहेको छ ।

‘आदिवासी’ मा सिरिजङ्गा, सुम्निमा आदि नामहरु उल्लेख नभएपनि मुनाराज शेर्माले कथाक्रममा आउने गाउँ ‘सुम्दो’ आठ राईको उत्तरवर्ती गाउँ हो र आदिम रुख सिमलको रुख भएको, तन्तु फाल्गुनन्द र बालिका सुम्निमा र ओडारबासी सिरिजङ्गा भएको उल्लेख गर्नुभएको छ । साथै आदिमरुख मानव सभ्यताको विम्ब ‘नौ तला घर’ भएको र नामसामी र केसामीको कथा पनि आफ्नो चिन्तनमा उल्लेख गर्नुभएकोले उपन्यासका पात्रहरुबारे थप चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ ।

उल्लेखनीय घटना र पात्रहरुको अभाव भएकोले ‘आदिवासी’ आख्यानिका भएको छ भन्ने कुरा डा. टंक न्यौपाने बताउनु हुन्छ ।

‘आदिवासी’ का लेखक

डा. गोविन्दराज भट्टराईका अनुसार “जगत् दृष्टिकोणहरुको जङ्ग हो ... भयवाद एउटा स्पेसिज थपिएको मात्र हो... देश सुब्बा स्वर्ट अथवा उनको लेखन पनि थप स्पेसिज मात्र हो ।” स्पेसिज हुन सक्नु ठूलो कुरा हुन जाने निश्चित छ ।

मुनाराज शेर्माको दृष्टिमा “देश सुब्बा एउटा राम्रा विचारका खेलाडी हुन् । धेरै गोल गर्ने क्षमता छ उनमा । मिथकीय खेलाडी हुन उनी ।” देश सुब्बाले सिद्धान्त र सिर्जना एक साथ दिएर हाम्रो साहित्यलाई गुन लगाएको मान्छ ।” भन्दै मन मन्जिल देश सुब्बालाई एक साथ ‘सिद्धान्त र साहित्य’ सृजना गर्न सक्ने लेखक मान्नु हुन्छ ।

देश सुब्बाको अझ बढी प्रगतिको कामना राख्नु हुने डा. खेम दाहाल देश सुब्बा “लिङ्ग, वचन र क्रिया पदका नियमहरु, ठाउँठाउँमा चिप्लिएका” कुराहरु उठाएर परिष्कृत लेखनका लागि सजग पार्नुहुन्छ ।

“नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भयका मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरु खोतल्न सक्ने’ लेखक भए ज्योति जङ्गल बताउनु हुन्छ ।

डा. गोविन्दराज भट्टराई बताउनुहुन्छ – ‘लेखक’ सर्वसमन्वयवादी देखिन्छन् ।
बिसौनी

‘भयवाद ः वैचारिक चिन्त’ ‘आदिवासी’ उपन्यास÷भयवादको विषयमा पूर्णतया स्पष्टताहरु देखाउन÷स्थापना गर्न सफल भएको छ । साथै आफ्नो उद्देश्य परिपूर्तिमा पनि पुस्तक सफल देखिन्छ । कृष्ण धरावासी र डा. गोविन्दराज भट्टराईको भनाइहरुलाई उद्धृत गर्नु विसौनीमा पुग्ने मेलो भएको छ । कृष्ण धरावासी “खास गरी नेपालभित्र रहेका जातजाति र भाषाभाषीहरुका समस्या र संवेदनशीलता लेखनमा रमाउन सकेको छैन । यस्तो बेलामा लेखनले आञ्चलिकतालाई समात्न सक्नुपर्ने हो । ... आफ्नो समाज र जीवनको जटिलतालाई बुझ्नमा पश्चिमी शैलीका विकसित सोच र चेतलाई जागृत गराउन खोज्दा कतिपय साहित्यिक कृतिहरु सीमित समुदायका बुद्धिरञ्जनको साधन मात्र बनेका देखिन्छन् भन्ने भनाई सान्दर्भिक देखिन्छ ।

त्यस्तै डा. गोविन्दराज भट्टराईको भनाई – “यसले (उपन्यासले) अन्तरजातिय प्रेम र सहिष्णुता बढाउन सहयोग गर्दछ । यसले हाम्रो मेनस्ट्रिम लेखनको एकलता र रेखायीताको अन्त्य गर्न सहयोग पु¥याउँछ ... नेपालमा पनि खसेत्तर संस्कृतिका सर्जकको स्वागत हुने बेला आएको छ । ...” सकारात्मक देखिन्छ साथै विश्राम लिनुभन्दा अगाडि पुनः वहाँलाई नै उद्धृत गर्नुपर्ने भएको छ “लेखकलाई अन्तमा भएको आत्मज्ञान बडो सुन्दर छः ‘जति नै सुन्दर फुल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउदैन । सबै जात र रङ्गको फूलबारी सुहाउँछ ।’ लेखकको यी वाणीलाई यो राष्ट्रले ध्यान दिएर सुन्नुपर्छ । यस कृति मार्फत लेखकले दुइ कुरा सँगसँगै लाँदैछन् – जातीय अस्तित्वको पहिचान र राष्ट्रिय एकता हार्माेनी, सहअस्तित्व र बहुलताको अपरिहार्यता ।”

साभार:

Posted by Masti Entertainment on 5:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for “भयवादः वैचारिक चिन्तन” – एक चर्चा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011