बिधा --- सामाजिक युगल प्रेम कथा
इन्द्रेणी शर्मा ´´जलद´´ का कथाहरु (रूपाको नाटक रुपेशको कोशेली )
बिधा --- सामाजिक युगल प्रेम कथा
´´रुपाले नखरा पर्दै भनी ~~´´ हेर न आज तिमीलाई के गर्छु´´ /(रुपेश उसको केटा साथी सानी दिदीको घर जादा बाटोमा कुराकानीको सिलसिलामा परिचय भएको थियो दुवैको कलेज र पढ़ाई पनि समाज शास्त्र थियो साहित्य दुबैको रूचि थियो एक अर्कालाई कुनै कुरा लुकाएका थिएनन )
रुपाको नजिक पुगेर सम्झाउन पुग्छ रुपेश---´´आज अब तिमीलाई के भन्नु ? भनन नानू ? किन बोल्दिनौ ? बोल न प्रिया ,कुनै गल्ती भयो कि ? ख्याल राख अब मलाई तिम्रो नजिक कहिल्यै देख्ने छैनौ ´´--- रुपेशले यत्ति के भनेका थिए रूपा लाइ आफैलाई समस्या भयो
रूपा डाको छोडेर रोहिन केही भन्ने शाहस आएंन भाबुक नजरले रुपेशको नजिक पुगिन दाया हातले रुपेशको बाया हात समाएरआफ्नो सिरमा राख्दै रुदै भनिन ... रुपेश मलाई माफ गर म पापिनी हूँ मेरो भूल सम्झेर एक फेर मेरो भावना बुझ्ने प्रयास गर रुपेश तिमी बिना मेरो जीवन कस्तो हुनेछ तिमीले सोचेका छौ?´´----
- (व्याकुल देखिएका थिए रुपेश र रूपा , अरु केही नबोली रुपेश बाजार तीर लाग्यो/ रूपा आफ्नो जीवनलाइ धिकार्दै गोठ तीर लागिन )
हरि माष्टरका साहिला छोरा जगतले पनि रूपालाई मन पराएका थिए रुपा र रुपेश संगको सम्बन्ध बारे थाहा थिएन/ रुपाका बाबाले हरि माष्टरकाबारेमा सारा कुराको जानकारी थियो र आफ्नी छोरी कुनै डर नमानी भने हुन्छ भनि खवर पठाए /
रुपेशले आफ्नो डायरीमा धेरै कुरा लेख्यो जीवनका मिलन बिछोड र यथार्थ को धरातलमा एक अभिन्न मित्र हुने गरि आफ्ना तिता मिठा सम्झनाको रुपमा सम्झ्यो र भन्यो एक अतित थियो /आखिरी उसले मेरो जीवनको अन्तिम उपहार हो भन्दै रुपाको नाममा एक खाम पठायो / पत्र हुलाकबाट पठाउनु जरुरि ठान्यो र राजिष्टरीमै दाखिला गर्यो /
रुपाले खाम खोलिन एक डर लाग्दो भबिष्य उनको नजिक आयो त्यसपछि उनि उनको बाक्य निस्केन , सबैले सम्झाए उनि आफ्नो आवाज निकाल्न सक्दिन भन्दै कागजमा लेखिन
शहरका ठुला ठुला अस्पिताल्मा पुराएपनि कुनै उपचार हुन् सकेन
आज अचानक रुपेशकोपुस्तक हेरिन र लेखिन
मेरो रुपेश
असिम सम्झना
म अब बाच्न सक्दिन रुपेश तिमी बिना / तिमीले पठाएको कोशेली देखेंपछि म बिहोश भएँ ,त्यति बेला मेरो बिबाहको कुरा चल्दै थियो / मेरो बाबाको चिने जानेका मानिस माष्टर हरि शर्माका छोरा जगत संग गरि दिने पक्का पक्कि भै सकेको थियो / जब सुनें ,मेरो जीवनको अन्धाकार भेटेको महसुश गरेकी थिएँ आखिर म दोहोरो भिडन्तमा परेको घाइते जस्तै भएकी थिएँ ,मेरो कुरा कस्ले सुन्ने ? तिमीलाई सम्झें अरु पुरुषको जीवनको खुशीमा म रम्न कठिन थियो ,किनकी तिमीले मेरो अन्तर- मनलाई खिची सकेका थियौ . आखिरी म पागल्नी जस्तै बनेर नाटक गरें केवल तिमीलाई पाउनको लागि हेर जब तिमीलाई सम्झिन्छु बाच्ने जमर्को गर्छु तर तिमी अहिले कता छौ म त्यहि रुपा नै हुँ अरुले अन्यथा मान्लान भनेर यो कला गरेकी हुँ छिटो भन्दा छिटो मलाइ भेट्नु नै हामि दुबैलाई भलो हुनेछ /
यदि तिमीले मलाइ अपनाउदैनौ भने मेरो ज्यान होइन चिहान देख्नेछौ ~/
तिम्री उही
रुबिना शर्मा उर्फ रुपा
दिनाक ........००---००---००००
रुपेशले इमेल खोल्यो ऊ आफैलाई धिकार्यो र इमेलमा धेरै कुरा टाईप गर्यो
मेरी रुपा म छिट्टो आउछु म तिम्रो जीवनको लागि पनि आउछु तिमी धैर्य गर
रुपाले हेरी मुस्कुराई र बोलि मेरो नाटक पुरा भयो .....
समाप्त
मोहन /इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपरासी
लिस्बोन पोर्तुगल
दिनांक २९/०९/२०१२
Posted by Unknown
on 1:18 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0