यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

यहाँहरू सबैलाई दशैंको हार्दिक शुभकामना ........!





सबैको घर घरमा यो सालको दशैंले भित्रिन थालि सकेको छ तर हामी प्रवासीलाई यो दशैंले खासै छुन सक्दैन... किनकि यहाँ काम भन्दा अर्को कुनै चाडवाड हुन्न.... त्यहि भावनालाई मैले गज़लमा उतार्ने कोशिष गरेको छु .....!

यहाँहरू सबैलाई दशैंको हार्दिक शुभकामना ........!


पिर नगर यस्तै भयो हिंड ड्युटी जाम साथी
प्रवासमा दशैं भन्दा ठूलो हुन्छ काम साथी

सयपत्री ढकमक्क फूले होलान् कन्लाई भरि
छैनौं तर लाखौँ युवा सुन्य होला गाम साथी

चाडबाड सम्झिँदै छौं याद उस्तै आफन्तको
छुट्टै भाषा संस्कृति याँ अर्कै हो यो ठाम साथी

भ्रस्ट सरकार दुष्ट नेता बेरोजगारी महँगी छ
नेपालीका दुख हर्न खै त आको राम साथी

सुख शान्ति सम्बृद्धिको कामना छ 'घायल'को
नवदुर्गा भवानीको लिउँ सबले नाम साथी

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Posted by Unknown on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यहाँहरू सबैलाई दशैंको हार्दिक शुभकामना ........!

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011