'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

कथा "त्यो तारेभिर"I


बिना तामांग 'सुनागाभा'

 " यिनिहरुको आमा नभएर के भो त म नै आमा म नै बाबा बनेकै छु क्यारे ! ल हेर्नुस् त बिहानै यिनिहरुसंगै म त्यो डाँडा देखि झरेकै हुं । बिहान एक्छिन् उसु खेल्छन् , त्यसपछि ट्युसन् अनि त्यस पछि स्कुल जान्छन् । भरे चाँहि साथीहरुसंग फर्किन्छन् ।" बडो शानका साथ कमानसिहं आफ्ना साथीभाई संग भन्दथ्यो दुई छोराहरुलाई अघिपछि राखेर । यसो भनिरहदाँ उस्को आँखाहरु भने फिटिक्कै साथ दिदैन्थ्यो । गम्भिर देखिन्थे ती जोर नयन । कता कता आफ्नो जीवनसंगीनीको अभाव त्यो निलो दहमा छचल्किन्थ्यो । बोलीमा उ जति नै कठोरता प्रस्तुत किन नगरोस् भावहरु मुहारभरि सल्बलाईरहन्थ्यो स्मृतीका कथा व्यथाहरु बोकेर । यस्तो लाग्थ्यो मानौ उ भित्र पीडाहरुको ज्वारभाटा उम्लिरहेकोथ्यो जसलाई उसले कहिल्यै मौखिक् रुपमा अभिव्यक्त गरेन  ।

     जोरपाटीबाट  सुन्ताखानको मन्द मन्द उकालो हुदैं  पुगिने त्यो ठाडो भिरमा बसेको रमणिय बस्ती तारेभिरको रैथाने कमानसिहंको बिहे सानैमा भएको थियो । यस्तै १७ ,१८ को हुदों हो गाउँकौ श्रीसानीसंग उन्को विवाह हुदाँ । बाबुआमाको एक्लो छोरो, वंश धान्ने निहुँमा  गरेको बिहे भएता पनि कमानसिहं श्रीसानीलाई औधी माया गर्दथ्यो ।खुबै मिलेको थियो तिनिहरुको जोडी ।  आफ्नै प्रसस्तै जग्गाजमिन भएकोले उन्निहरु कहिल्यै अर्काको बनिबुतो गर्न गएनन् ।तर आफ्नै खेतबारीमा भने खुबै मिहेनत गर्दथे । बिहे भएकै वर्ष श्रीसानीले छेवाङलाई जन्माएकी थिइ । कम्ता कष्ट भएन छेवाङ जन्मिने समयमा । लगभग आधा घण्टा त  श्रीसानी बेहोस भएकी थिई । अत्यधिक रक्तश्राव हुन थालेपछि भने डोकामा हालेर रातारात उन्लाई अत्तरखेलको मेडिकल कलेजमा पुर्‍याईएको थियो । धन्न ढिला भएनछ। अलिक समय लगाईदेको भए सायद श्रीसानी बाँच्दिन थिई ।  मानो सकिएको रहेनछ क्यारे श्रीसानी होसमा आई । त्यतिबेला कमानसिहंको मुटु भने जोड जोडले उफ्रिरहेको थियो मानौ त्यसलाई अब एक्छिनमा नसमात्ने हो भने  शरीरबाट बाहिरै निस्कनेछ ।
उ एकदमै कहालिएको थियो सायद त्यो प्रसव पीडा खपेकी श्रीसानी भन्दा पनि बढि । श्रीसानी होसमा आए पछि  कस्तरी अंगालोमा बेरेको थियो कमानसिहंले । श्रीसानी लाजले रातो पिरो भएकी थिई। डक्टर जो नजिकै थियो ।


   दिनहरु बित्दै गए । श्रीसानीको स्वास्थ्य स्थितिमा पनि क्रमिक रुपले सुधार आएको थियो । लगभग  दुई वर्ष पछि एकदिन श्रीसानीले " छेवाङला आबा  ङादाम गोर्की आङा याङ्गे मन्जी होइ ।" ( छेवाङको बाबा मलाई एउटा नानी पाउने रहर लाग्यो ।) भनिन् ।
 तर श्रीसानीको कुरा सुनेर  कमानसिहंको अनुहार भने अध्याँरो भएर गयो । उ केहि बोलेन । उस्लाई सम्झना थियो छेवाङ पाउने समयमा डक्टरले " श्रीसानी अर्को पटक् आमा बन्नु खतरनाक हुन सक्छ ।" भनेको  र उ कुनै पनि हालतमा श्रीसानीलाइ गुमाउन चाहदैनथ्यो । तर श्रीसानीको एकहोरो लिडेढिपीको अगाडी कमानसिंहको केहि चलेन । अन्तत: श्रीसानीले माघको त्यो चिसो रातमा दोश्रो सन्तानको रुपमा ग्याल्बोलाई जन्म दिईन् ।  छोरी पाउने रहर गरेकी थिइन् श्रीसानीले तर छोरो जन्मिएको थियो यदयपी ती जोडी खुसी नै थिए । तर त्यो खुसी धेरै बेर त्यहाँ अडिएन । एउटा सानो छिद्रबाट पसेको खुसी ठूलो ढोकाबाट गिज्याई गिज्याई निस्केर गयो । त्यो ठण्डीले कट्कटिएको  रात  सारा बस्ती मस्त तातो न्यानो सिरकभित्र निदाईरहदाँ श्रीसानी भने बेजोड्ले दाँतहरु बजाएर किट्किटाउँदैथिन् । उन्को हालत हेर्न लायकको भएको थियो । विस्तारै विस्तारै वेहोसीको गर्तमा पुगिन् । आँखाहरु पनि फुस्रा अनि पल्टिएका  थिए । कमानसिहं पर्सिएको बोका झै तर्सिएको थियो ।के गरौ कसो गरौं भयो । अत्तालिएर घरबाहिर निस्किएर वरिपरि छिमेकी गुहार्न थाल्यो  । एकैछिन्मा मानिसहरु भेला भए । अस्पताल लैजानलाई डोका नाम्लाको व्यवस्था गरे । तर बिडम्बना अस्पताल पुग्दा नपुग्दै श्रीसानीले धर्ती छाडिन् ।उन्को श्वासप्रश्वास बन्द भएको थियो ।  त्यतिखेर सम्म पनि श्रीसानीको हातले कमानसिहंको जरिकोट समातिरहेको थियो ।श्रीसानीको  मृत्युसंगै कमानसिहं डाँको छोडेर रोएको थियो  । त्यसरी केटा मान्छे बिरलै रुन्छन् ।सायद आफ्नोको विछोडमा त्यति बिघ्न पीडा हुदोंरहेछ ।

      साँच्चै कमानसिहंको  धर्ती भासिएको थियो । सुन्दर वगैचाँ उजाडिएको थियो । कमानसिहंको लागि त्यो पाखो बारी र गहुँको बाला बयली खेल्ने खेतहरु मरुभूमिमा परिणत भएको थियो ।यहि मरुभूमिमा कमानसिंहको दुईवटा सुन्दर फूलहरु फुल्दै थिए । तिनै फूलहरुको स्याहार सुसारमा कमानसिंह तल्ल्लिन हुनुपर्ने भएको थियो ।आखिर श्रीसानीको अन्तिम निशानी भनेकै ती फूलहरु थिए ।त्यसैले उ ती फूलहरु फक्राउन मलजल,गोड्मेल र सिचिंत गर्न तिर आफूलाई एकाग्र गर्न थाल्यो ।समयको वहाबसंगै उसले आफ्नो आँखामा छुट्टै सप्नाहरु भर्न थाल्यो ।पढेलेखेको ,जागिरे छोरा ,शुसिल बुहारी ,केहि केटाकेटी आँगनमा ,यस्तै यस्तै स- सानो सप्नाहरु साँच्न थालेको थियो ।

    त्यसैले त उ सबेरै छोराहरुसंगै त्यो एक घण्टाको ओरालो ओर्लेर बजार आउंथ्यो । छोराहरुको रहर पूरा गर्न उसु सिकाउने  ट्रेनिङ् सेन्टर पुग्थ्यो अनि १० बजे स्कुल पुर्‍याईराखेर आफू फेरि त्यहि उकालो असिन पसिन हुदैं घर पुग्थ्यो । घर पुगेर त्यो थकित शरीरलाई एकैछिन पनि लडाउन नपाई आगो फुक्न भान्छातिर पस्थ्यो । खाना खाईवरी धन्दा सकाउँदा त घामले शिर टेकिसकेको हुन्थ्यो । बल्ल उ सुस्ताउंथ्यो । गोठमा बाँधिएको एक हल गोरु र  बाख्राहरु डुक्य्राउन र छटपटाउन थालेपछि भने उ जुरुक्क उठेर सबै वस्तुभाउ फुकाएर हँसिया र नाम्लो बोकेर लाग्थ्यो त्यो तारेभिरको डाँडातिर । वर्षौं देखि  उसको दिनचर्या  यस्तै थियो। बेलुका भने छोराहरु साथीभाईसंग घर आईपुग्थ्यो ।

उमेर छदैंमा स्वास्नी मरेकी हुदाँ दोस्रो विवाह गर्न उक्साउनेहरुको हुल आउँथ्यो कमानसिंहको घरमा ।तर कमानसिंहले कहिल्यै दोस्रो विवाहको लागि स्वीकारोक्ती जनाएन  ।वास्तवमा उ तृप्त थियो श्रीसानीको प्रेमले । अचाक्ली कचकच गरेपछि भने कमानसिंह शिरको टोपी फ्यात्त भुईंमा फालेर  टाउको कन्याउँदै  घर मास्तिरको तारेभिर हेर्दै फिस्स हाँसेर "अँ गर्नु पर्ला उ त्यहि डाँडोमा पुगेपछि । श्रीसानी पनि त त्यहि छे ।"भन्थ्यो । त्यतिखेर भने उ गम्भिर मुद्रामा देखिन्थ्यो । त्यहि माथि त थियो श्रीसानीको चिहान । उ देख्दथ्यो श्रीसानी त्यहि भिर पहरामा आज पनि घाँस दाउरा गर्दैछे ,टाउकोमा रातो रुमाल बांधेर गीत गुनगुनाउँदैछेअनि कमानसिंहलाई देखेर बडो मज्जाले खित्खिताएर हाँस्दैछे । वास्तवमा त्यतिखेर कमानसिंह मुसुमुसु पनी हाँसिरहेको हुन्थ्यो । तर जब उ कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ओर्लिन्थ्यो तब भने अत्यन्तै दुखित देखिन्थ्यो । सायद श्रीसानीको मायाले लफ्रक्कै भिजाएको शरीर खस्रो तावलले नियतिले पुछिदिएको थियो ।

         श्रीसानीकै  यादमा सारा जीवन निछावर  गर्न तम्तयार कमानसिंह आफू जति नै दुखे पनि छोराहरुलाई भने हँसिलो रसिलो देखाउन सकेको कोशिस गर्दथ्यो । पढ्छु भनुन्जेल पढाईदिए । ठूलो भएपछि भने बजारमै बसेर पढे  तिनिहरु । आवश्यक राशन पानी ,लत्ताकपडा ,कलेजको फि सबै कमानसिंहले भर्ताल गरेकोथियो ।  आखिर  उसको सप्ना जो पूरा हुन गैरहेको थियो । अब दुईचार वर्षमा ठूलो छोराको बिहे गरिदिने ,घर बसाईदिने , घरधन्दा सघाईदिने बुहारी आउँछे ,स साना नाता नातिनीसंगै गाउँ घुम्ने यस्तै यस्तै ।

    समय र उमेरको तकाजासंगै कमानसिंहको  कपाल तिलचामले भएकोथ्यो ।बुढ्यौलीले समातिसकेको थियो ।उमेर त यस्तै ४५ जतिको भाकोथ्यो । गाला भासिएर खोपिल्टा पर्न शुरु गरेको थियो । सायद जवानीमा बढी घामपानी सहेकोले होला उ आफ्नो उमेर भन्दा लगभग १५ वर्ष जति नै बढि पाको देखिन थालेकोथ्यो ।यदयपी उ सानो बालक जस्तै खुसी रहन्थ्यो ।
           जीवन सोचे जस्तो नभए पनि के त्यान्द्रा तुन्द्री आशाहरुमा झुण्डिएर बाँच्दैथ्यो । तर उसको त्यो आशाका लहराहरु थामिनसक्नुको भारले चुडिंएर गयो ।नसोचेको पलहरु उसले व्यहोर्नु परेकोथ्यो । दुवै छोराहरु पढ्न भनेर विदेश भासिका थिए । "सन्तानकै लागि त हो साँचेर राख्नुपर्ने सम्पती ।यहि सम्पती उनिहरुको लागि काम लाग्छ र आवश्यक छ भने उनिहरुले भने जस्तै वेचिदिन्छु र विदेशमा पढ्न जाने रहर पूरा गरिदिन्छु ।" भन्ने सोचले कमानसिंहले बेसिंको खेत पुरै वेचिदिएको थियो । खेत वेच्ने समयमा कागजमा सहि गर्दा भने उस्को गला अवरुद्द भएको थियो ,हातहरु कामेको थियो । आँखाहरुबाट वर्षे भेल बगेको थियो ।तर पनि छोराहरुको जीन्दगी सप्रिन्छ भन्ने सोचेर मुटु बलियो बनाएको थियो ।

   दुवै छोराहरु विदेशिए पछिका दिनहरु भने कमानसिंहलाई बडो कष्टकर लाग्न थाल्यो ।आजभोली गर्दागर्दै दिनहरु फेरि बित्दै गयो । छोराहरु फर्किएला अनि आफूले सोचे जस्तै सुन्दर घर सजाउलान् भन्ने  आशामा कमानसिंहको रात अनि दिन बित्न थाल्यो । तर बिस्तारै बिस्तारै अकल्पनिय परिवर्तनले कमानसिंहमा हलचल ल्याउन थाल्यो ।पहिले पहिले त  पालै पालो छोराहरुले फोन गर्थे । तर पछि पछि भए पछि फोन आउन पनि बन्द हुन थाल्यो । सायद व्यस्त होला भन्ने सोचेर आफ्नो मनलाई सान्त्वना दिन्थ्यो ।यस्तोमा उ श्रीसानीलाई सम्झेर रुन्थ्यो । साथै ति दुई सुन्दर फूलहरुलाई पनि सम्झन्थ्यो जसले आफूलाई फुलाउने मालीलाई बिस्तारै  बिस्तारै बिर्सेर गएको थियो ।एकदिन अचानक ठूलो छोराको फोन आयो । हर्षले विह्वल भएर कमानसिंहले फोन उठायो र भन्न थाल्यो " बाबु अब घर आईजो। बिहे गर । म एक्लै छु भन्ने नबिर्सी ।"
 " बाबा मैले यहिको नागरिकता पाएं। अब म घर फर्किन्न । सानो भाईले पनि यतैको केटी बिहे गरेको छ ।उ पनि फर्किदैन सायद। तपाँई पिर नगर्नुस् ।हामी तपाँईलाई राशन पानी भर्छौ  यतै बसेर पनि । " ठूलो छोराको यति कुरा सुनिसक्दा कमानसिंहमा हलचल गर्ने शक्ती लगभग हराईसकेको थियो । उ जडवत भएको थियो । बिस्तारै थर्थराएका हातहरुले फोन राख्यो ।
          त्यस पछि केहि दिनहरुमा  उस्ले केहि खाएन, कसैसंग पनि बोलेन, घरवरपर कहिं कतै गएन । बस् पिढिंमा एक्लै बसिरहन्थ्यो । वल्लोघर पल्लोघरकाले आएर नसम्झाएको पनि हैन । सबैले  आश्वासन दिन्थे " भैगो नि उनिहरु उतै बस्छन् भने बसुन् न पैसा पठाइहाल्छन् । बुढ्यौलीमा बसी बसी खानु नि । के को पिर सुर्ता  लिएको ।" भनेर । साँच्चै कतिपय बाबुआमा यसै गरि आफ्नो जीवन बिताईरहेका थिए  तर कमानसिंहलाई त्यो संग सरोकार थिएन । उसलाई पैसा भन्दा पनि आफ्नोको न्यानो साथ, ओत अनि ईज्जत चाहिएको थियो  जुन कुरा आफ्नै छोराहरुले त बुझ्न सकेनन् अरुले  झन् के बुझ्थ्यो? उ वेदनाको स्वरहरु उराल्न चाहन्थ्यो तर सुनिदिने कस्ले? सारा जीवन विउँझिएर देखेका  सप्नाहरु भेट्न चाहन्थ्यो तर लगिदिने कस्ले? धेरै ठूलो पनि थिएन उस्को सप्ना ,आशा । यदयपी तिनै स साना सप्ना पूरा नहुदाँ उस्मा वितृष्णा पैदा भएको थियो । धुम्म बादल जस्तै भैईरह्न्थ्यो जतिखेर पनि वर्षिन सक्ने ।

                 श्रावणको महिना थियो । रातै भरि पानी  परेकोले वातावरण धुमिल थियो ।चिसो चिसो त्यो बिहान कमानसिंह खुर्पा र नाम्लो भिरेर तारेभिर चढेकोथ्यो  ढोकामा बडेमानको ताल्चा लगाएर । सायद गाईवस्तुलाई घाँस सोत्तर लिन गए। तर त्यो दिन उ फर्किएन । भोलिपल्ट पनि फर्किएन ।पर्सिपल्ट पनि फर्किएन ।अहं कमानसिंह कहिल्यै फर्किएन। मानिसहरुले अनुमान लगाए " सायद आत्महत्या गर्‍यो , सायद बाघभालुले खायो ,सायद.....................  यस्तै यस्तै । तथ्य कुरा कसैलाई पनि थाहा थिएन।
                 "कमानसिंह कहाँ गयो? उसंग के भएकोथ्यो? " यि सब प्रश्नहरुले त्यहाँको मानिसहरुमा कौतुहलता पैदा गराएको थियो ।प्रश्नहरुको जङ्गल खडा भएकोथ्यो तर यसको सहि उत्तर कसैसंग पनि थिएन । यसको उत्तर त कि अदृश्य रहने भगवानलाई थाहा थियो कि त त्यहि तारेभिरलाई थाहा थियो जस्ले कमानसिंहलाई आफ्नो गर्भमा लुकाएको थियो  

आज पनी  उ अज्ञात हुनुको रहस्य गर्भमै राखेर तारेभिर अझै ठडिएकै छ । कमानसिंहको घरको ढोकामा त्यो ठूलो ताल्चा अझै झुण्डिएरहेकोछ । सायद कमानसिंहको प्रतिक्षामा त्यो ताल्चा कुरिरहेछ  वर्षौं कमानसिंहले आफ्नो छोराहरुलाई कुरे जसरी ।

Posted by Unknown on 7:14 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

2 comments for कथा "त्यो तारेभिर"I

  1. hajur admin jyu letter sanao bhayar hern garho bhayo hai sir ke garnu parne ho turunt garnu hola .

  2. संजय जी अब शायद ठिक भयो होला अलि फन्ट साइज बढाएको छु ...धन्यवाद !

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011