
नोभेम्बर २८/ अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा नियमित हुँदै आइेरहेको नोभेम्बर महिनाको कबिगोष्ठी कार्यक्रम यही शनिबार २७ तारिखका दिन बोल्डर स्थित कबि तथा गजलकार भुपेन्द्र महतको निवासमा सफलता पुर्वक सम्पन्न भयो । अध्यक्ष पदम विश्वकर्माद्वारा संचालन गरिएको उक्त कबि गोष्ठिमा बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी ज्युको सदा झैं उपस्थिती रहेको थियो ।

उक्त कबि गोष्ठीमा कबि लेखकहरुको मात्र उपस्थिती नरहेर साहित्य अनुरागीहरुको पनि प्रशस्त उपस्थिती रहेको थियो । सधैं झैं सो कार्यक्रमलाइे साहित्यमय बनाउँन निम्न कबिहरुले आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो । १ ) मनु ब्राजाकी २ ) केशब आचार्य ३ )आचार्य प्रभा ४ )डा.बिजय राज शर्मा ५ )प्रमिला शर्मा ६ ) निर्मला अर्याल ७ )निर्मल प्याकुरेल ८ )क्रिष्ण मुरारी ढुङेल ९ ) दिनेश कार्की,१० )बासुदेव खनाल ११ ) भुपेन्द्र महत १२ )राजु सिटौला १३ )क्रिष्ण कुमार घिमिरे १४ )श्री राम लुइँटेल १५ ) पदम विश्वकर्मा १६ )दीप्ती आचार्य ।
बिभिन्न कबिहरुको निवासमा र बिभिन्न स्थानहरुमा उक्त कबिगोष्ठी हुने कारणले साहित्यलाइे माया गरेर लेखन क्षेत्रमा रुची राख्दै गर्नेहरुले पनि यो साहित्य सँगममा दिनानुदिन भाग लिँदै उक्त कबिगोष्ठीलाइे सफल पार्न थप मदत् गरिरहनु भएको छ । कार्यक्रमको अन्तिम समय सम्म नै श्रोताहरुको उपस्थिती भैरहेकोले यो महिनाको कार्यक्रममा अधिक सहभागिता रहेर कार्यक्रम रमाइलो बातावरणमा टुँगिएको थियो ।
अध्यक्ष पदम विश्वकर्माले आफ्नो छोटो भनाइेमा आगामी आउँने यो कार्यक्रमलाई अझ कसरी प्रभावकारी बनाउँने भन्ने बारे छोटो टिप्पणी पनि प्रस्तुत गर्नु भएको थियो । उक्त कबिगोष्ठीलाइे सम्पन्न गर्न आफ्नो निवास स्थान उपलब्ध गराउँनु भएर आभारी बनाउँनु हुने कबि भुपेन्द्र महत तथा श्रीमती इेनु महतलाइे अध्यक्ष पदम विश्वाकर्मा ज्युले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो गोष्ठी पछी महत परिवारले मीठो रात्री भोजको पनि ब्यवस्था गर्नु भएको थियो । यसरी कोलोराडो साहित्य सँगमले यो माटोलाई साहित्यमय बनाएर नेपाली साहित्यको भण्डार भर्न थप मदत् पुर्याएको छ ।

सधैं झैं भिडियो तथा तस्बिरहरु लिइे दिएर क्यामेरा म्यान शैलेस पोख्रेलले कोलोराडो साहित्य सँगमलाइे ऋणी बनाइे दिनु भएको छ । उक्त गोष्ठीमा रचना हरु श्रवण गर्न निम्न ब्यक्तिहरुको उपस्थिती थियो । मेघ मणी घिमिरे ,सूर्य राज ओझा,पवित्रा ओझा,कुशुम थापा,इेन्दिरा ओझा,पारु घिमिरे,लक्ष्मी श्रेष्ठ,अर्पणा श्रेष्ठ,मनसुबा,बिशेश्वर के .सी हुनुहुन्थ्यो ।यसरी कबिहरुलाइे थप् प्रेरणा दिन कोलोराडोबासीले पनि सहयोग गरिरहनु भएको छ ।