यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छ
जे जे लेखें सबै साँक्षी यो जमाना भएको छ ।

प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छ
घरबाट बेघर छौं आकास छाना भएको छ ।

शिक्षा नीति अचम्मै छ अरु म के नाम दिउँ?
बेरोजगार थप्ने ठुलो कारखाना भएको छ ।

पिडितहरु कहाँ जाने न्यायधिस बिक्छ यहाँ
अपराधी खेल्ने ठाउँ चौकी ठाना भएको छ ।

मौरीजस्तै पौरखी थ्यौं भयौ आज बिचल्लित
आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई
©घायल

Posted by Unknown on 9:07 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011