यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लघुकथा :वर्तमान -६

मेरो  नेपाल 


मालीहरू र ताली मिलेर एकान्त ठाउँमा गोप्य वार्ता गरिरहेछन् । तालीले मालीहरूको बिचारलाई मिलाइ एउटा दस्ताबेज तयार पार्दछ । तालीको दस्ताबेजलाई सबैले समर्थन गर्दछन् । जसको फलस्वरुप मालीहरू बिचमा सम्झौता हुन्छ । सम्झौता अनुसार मालीहरूले ठुलो मालीले देशमा अत्याचार र जनभावनाको कदर नगरेकोले  आन्दोलन गर्ने भनि गालीहरूलाई सामेल भैदिन आह्वान गर्दछन , आन्दोलन शुरु गरेकोमा गालीहरू मख्ख पर्दै होस्टेमा हैसे गर्दै दिनको भोक रातको निन्द्रा नभनीकन आन्दोलनमा भाग लिन्छन । आन्दोलन चलिरहन्छ .... , गालीहरू मरिरहन्छ । अन्त्यमा आन्दोलन सफल भएको घोषणा गरिन्छ । ठुलो मालीले सत्ता त्याग्छ ।
केहिसमय पछि,
मालीहरूमा सत्ताको लागि हानथाप हुन्छ । तालीले रिमोट कन्ट्रोल जसरी मालीहरूलाई आश्वासन दिदै सत्ता फेरिरहन्छ । सबै मालीहरू आफ्नै एकाघरका हुन या अर्को घरका, झगडा गरिरहन्छन् । सोही अनुसार आ आफ्नै स्वार्थ अनुरुप देश बिखन्डन मा जाने स्थिति देखिन्छ । गालीहरू बस निरिह बनी गाली गरिरहछन् । उता ताली आफ्नो योजना अनुसारको सपना पूरा भएकोमा ताली पिटिरहेकोछ । बस फुटाउ  र राज गर ।


मेरो नेपाल
२०६८/०९/२०

Posted by Unknown on 9:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लघुकथा :वर्तमान -६

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011