यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

मकैको खेती अब जताततै

टीका भट्ट
मन्थली, पुस १७ -
राणाकालमा 'मकैको खेती' कृति लेखेका सुब्बा कृष्णलाल अधिकारीलाई धेरैले साहित्यिक सहिदका रूपमा चिन्छन् । उनलाई जेलमै मृत्युवरण गर्न बाध्य तुल्याउने त्यो ऐतिहासिक कृतिमा के कुरा उल्लेख थियो, त्यसको ज्ञान कमैलाई छ ।

'मकैको खेती' त्यस बेला एक हजारप्रति छापिएको थियो । तत्कालीन राणाशासक चन्द्रशमशेरले ९ सय ९९ प्रति जफत गरी सिंहदरबारअघि नष्ट पारेका थिए । बचेको एउटा कृति मदन पुस्तकालयका हर्ताकर्ता कमलमणि दीक्षितसँग सुरक्षित रहेछ । दुई वर्षअघि महाकवि देवकोटा शतवाषिर्की समारोहमा भाग लिन आएका बेला दीक्षितले मन्थलीमा तिनै साहित्यिक सहिद कृष्णलाल अधिकारीको सालिक देखेछन् । त्यसले उनलाई आफूसँग रहेको 'मकैको खेती' को स्मरण गराएछ । उनले त्यसको पुनःप्रकाशनको साइत जुराए ।

दुई वर्षअघिको त्यो योजना अहिले सार्थक भएको छ । जगदम्बा प्रकाशनले बजारमा ल्याएको उक्त कृति रामेछापकै माटोमा लडिबडी गरेका साहित्यकार जगदीश घिमिरेले सम्पादन गरेका हुन् । 'मकैको खेती' को नयाँ संस्करण शनिबार मन्थलीमा सार्वजनिक गरिएको छ । साहित्यकारहरू दीक्षित र घिमिरेले त्यसको घुम्टो खोलेका थिए ।

सुब्बा अधिकारी रामेछापको कठजोरमा जन्मेहुर्केका

हुन् । सरकारी सेवामै रहँदै उनले 'मकैको खेती' प्रकाशन गरेका थिए । त्यसका केही सन्दर्भको गलत व्याख्या गरेर उनलाई चन्द्रशमशेरले १९७७ मा ६ वर्ष जेल सजाय सुनाएका थिए । प्रकाशित प्रतिमध्ये एउटा हराएको अभियोगमा उनलाई थप ३ वर्ष जेल बस्नुपर्ने सजाय पनि सुनाइएको थियो । तर अधिकारीले पूरा जेल जीवन बिताउनै पाएनन् । हतकडी र नेल दुवै लगाएर यातना दिइएका कारण जेल जीवनको ३ वर्षपछि १९८० मा उनको मृत्यु भयो ।

'मकैको खेती बिगार्नेमा काला टाउके र राता टाउके कमिला हुन्छन्...' भन्ने उल्लेख गरिएकाले नै अधिकारीलाई उनका विरोधी कुरौटेहरूले फसाएको आरोप साहित्यकारहरूले लगाउने गरेका छन् । मन्थलीको कार्यक्रममा साहित्यकार रोचक घिमिरेले भने, 'सुब्बा तहमा पुगेका कृष्णलाललाई सेखी झार्नका लागि रामेछापमै घर भएका खरिदार भोजराज काफ्ले पछि परेका थिए ।' कृष्णलाललाई उकासेर कृति लेख्न लगाउने अनि रातो टाउके सरकारलाई भनेको, कालो टाउके सरकारको भाइलाई भनेर लेखेको भन्दै भोजराजले चन्द्रशमशेरलाई कुरा लगाएकै कारण अधिकारीलाई राणाहरूले

जेलमा सडाएको घिमिरेले बताए ।

सुब्बा अधिकारी क्रान्तिकारी थिए । राणकालमा सरकारी जागिरमा रहँदा पनि उनले भारतीय स्वतन्त्रता संग्रामीहरू गोखले र गान्धीका क्रान्तिकारी पुस्तक झिकाएर अध्ययन गर्ने गरेको साहित्यकार जगदीशले बताए । जुन बेला जनतन्त्रको कल्पनै गर्न सकिँदैनथ्यो, त्यसबेला कृष्णलालले एक दिन जनतन्त्र आउँछ भनेर कवितामा उल्लेख गरेका थिए । उनले त्यस बेला लेखेका थिए ः संसारमा कृति छ धेर ठूलो कीर्तिबिना बन्दछ जीव लुलो संसार छोडे पनि हेर क्यै दिन

आउनेछ यौटा जनतन्त्रको दिन... शुक्रबारदेखि मन्थलीमा आयोजना भइरहेको कोक -कोठे कवि) सम्मेलनमा उपस्थित नाम चलेका दुई दर्जनभन्दा धेरै साहित्यकारहरूबीच रामेछापकै प्रजातान्त्रिक योद्धा हृदयराज शर्मा लिखित नाटक संग्रह 'निषिद्धा' पनि विमोचन गरियो ।

Posted by "कुमार यात्री" on 4:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मकैको खेती अब जताततै

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011