'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा 
-दलबीर सिंह बराइली 'घायल'

पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्माण्डौ तिर नै स-परिवार बसोबास सरेकोले गाउँ जाँदा हिंड्नु पर्ने दुख हुने छैन साथै यात्राको क्रममा हुने आनन्दनुभुति पनि प्राप्त हुने छैन ।
गतसालको दशैमा झरि पानी परेको कारण कच्ची बाटोमा बस चलेको थिएन । जिरीदेखि करिब एक दिनको बाटो हिड्नु कम चुनौतिपुर्ण थिएन म जस्तो यो खाडीमा लागेको फोक्से मासुको शरिर भएको मान्छेलाई...। गाउँबाट मेरो भारी लिन आउँने मान्छेको व्यबस्था गर्न करिब ४-५ दिन नै लाग्यो । अनि बल्ल गाउँबाट मान्छे आउँने पक्का भएपछि म जिरीको गाडी चढें । सुपर बसले जिरी १२-१ बजे पुराउँनु पर्ने तर बिबिध कारणबस बेलुकी ४ बजे मात्र जिरी पुगें । म कतिबेला आई पुग्छ भनेर गाउँबाट आएका तारा पर्खिरहेका रहेछन् । गाडीबाट सामान उतारेपछि दिउँसै भएकोले त्यहाँबाट करिब २ घण्टा टाढा धारापानी भन्ने ठाउँ सम्म पुग्ने र बास बसि भोलि खाना खानु घर पुग्ने सल्लाह भयो र हामी अगाडी बढ्यौं । हामी हिंड्दा करिब ५ बजिसकेको थियो र सात बजे धारापानी पुग्ने योजना अनुसार अगाडी बढी रह्यौ । तर खाडीमा लागेको मेरो फोक्से ज्यान ब्रोईलर कुखुराको जस्तो भयो । रित्तो हिंड्दा पनि तारालाई भेट्न सकिन । मेरो हिडाई अनुसार हामी धारा पानी पुग्दा रात पर्ने पक्का भयो र बाटोमा बास बस्ने सोच्यौं तर कतै पाईएन । अब हामीसँग अगाडी बढ्नुको बिकल्प थिएन । टर्च लाईट किन्ने बिचारले बाटोमा भेटिएका दोकानहरुमा सोध्यौ, पाईएन । मसँग भएको दुईबटा मोबाईल बालेर बिस्तारै अगाडी बढ्दै थियौ छाँगेभन्दा तल सिउरेनीको ओरालोमा पुगेपछि खोलाखर्क तिरका दुईजना बैनीहरु पनि थपिए । दुईजनालाई बाटो देख्नु हम्मे हम्मे परेको बेलामा अर्को दुईजनालाई पनि बाटो देखाउँनु पर्ने भएपछि झन गाह्रो भयो । जेनतेन ओरालो झर्दै थियौ मेरो स्यामसुङ मोवाईलको ब्याट्री सकियो । अब झन आपत पर्यो । सानो नोकिया मोवाईलको नाम मात्रको उज्यालोमा पानी परेर चिप्लो भएको बाटो अलिकति खुट्टा चिप्लियो भने सिधै खिम्ति खोलामा पुगिन्थ्यो । चारहात खुट्टा टेकेर ओरालो झर्दै थियौं मेरो खुट्टा चिप्लिएर लडिहालें । सबैको मुखबाट चिच्याहट निस्कियो । धन्न तलतिर ऐसेलुको झाङमा अड्किएँ र मात्र नत्र सिधै खिम्तिमा माछा मार्न पुगेको । मोवाईल पनि कता उछिट्टियो थाहा भएन । उठेर यसो हेर्छु चारैतिर अँध्यारो मात्र छ । अलि त...ल हेरेको त मेरो नोकिया C1 मोडेलको फुच्चे मोवाईल अझै बल्दै रहेछ । घस्रिंदै गएर मोवाईल ल्याएँ । बल्ल रोडमा निस्कियौं । रोडै रोड खिम्तिखोलाको पुल पार गर्यौं । त्यहाँबाट ठोसे हुँदै प्रिति अनि भण्डार जानेबाटो बायाँ तर्फ र बेलाली र मेरो गाबिस गुप्तेश्वर अनि भुजी जाने रोड दायाँ तर्फ लाग्छ । त्यहाँ केहि होटेलहरु पनि थिए । तर हामी त्यहाँ पुग्दा साँढे आठ बजिसकेको थियो र सबै होटेलमा खुट्टा हाल्नै नमिल्ने गरि मान्छे थुप्रिएका थिए । अब हाम्रो बास बस्नेे सम्भावना त्यहाँ भन्दा आधाघण्टा जति अगाडी हर्के दाईको होटेलमा मात्र सम्भब थियो । त्यसैले दायाँ तर्फ रोडै रोड अगाडी बढ्यौं ।
करिब रातको ९:१५ मा हर्के दाईको होटेलमा पुग्दा दोकान बन्द गरेर सुत्ने तरखरमा रहेछन् । हामी पुगेपछि सबै उठ्नु भयो । साधारण कुराकानी भयो । मेरै गाबिसबाट आएर त्यहाँ होटेल चलाएर बस्नु भएकोले चिरपरिचित हुनु हुन्थ्यो । उज्यालोमा हेरेको शरिर पुरै हिलो थियो । अघि पारिपट्टी पाखामा लडेर ऐसेलुघारीमा पर्दा काँडाले कोतरेर रगतपक्ष भएछ । थकाईको त कुरै नगरौं । खाना पाकुन्जेल बियर पिउँने बिचार गर्यौं । पिउँन थालेपछि थोरैले कहाँ चित्त बुझ्नु? तारा र मैले ६ बटा बियर सिध्याएछौं । खाना तयार भयो । खिम्ति खोलाको माछासँग भात खानुको मज्जा नै अलग भयो । भोलिपल्ट आँखा खुल्दा सात बजिसकेको थियो ।
खाजा खाएर उकालो लागियो । बिच बाटोमा रमाईलो गर्दै बुर्के, भुजी डाँडा, पात्ले हुँदै झिलमिले (डढुवा होटेल पनि भनिन्छ) होटेलमा पुगेर कोदोको छनुवा तान्दै खाना खायौं । १२ बजे भित्रिखानी निस्किएर उकालो काटेको खुशियालीमा २/२ बटा बियर रित्याएको पत्तै भएनछ । अब बाटो तेर्सै तेर्सो र ओरालो मात्र थियो । बाटोमा कमेरो र रातो माटो ओसार्नेको चहलपहलले पनि दशैै नजिकै आएको संकेत दिईरहेको थियो । करिब ३ बजे घरमा पुग्यौं ।
दशैं भब्य रमाईलो भयो । दिदी बहिनी भान्जा भान्जीहरु दशैंमा आउँने जाने क्रम चलिरह्यो । एक महिना बिदा सकिएको पत्तै भएन । फेरि फर्किनु पर्ने दिन नजिकियो । बर्षाको कारण यो पटकको दशैंमा बस संचालन हुन सकेन । एकदिन हिंडेर जिरी पुग्नु पर्ने पिरलो थपियो । साथमा आफ्नो दैनिक उपयोगका सामान पनि लानु पर्ने । तारालाई बोलाउँनु पठाएको लिखु एफ एमको सामान लिन गएछन् । अन्तिममा केहि नलागेपछि अर्कै मान्छेलाई लिएर जाने तयारी गरें । घर पुगेको छब्बिसौं दिनमा फेरि फर्किएँ । करिब ३० किलोको भारी बोकाएर हिंडेको बिचरा सानो घाँटीको मान्छे परेछन् । हिंड्नै पो सकेनन् । करिब आधा घण्टा लाग्ने उकालो चढ्न दुई घण्टा लाग्यो । यो हिसाबले जिरी तिनदिनमा पनि पुग्न सकिन्न थियो । अनि सँगै आएकी भान्जीलाई त्यो ब्यक्तिसँग आउन लगाएर म अगाडी आएँ अर्को मान्छे खोज्न । संयोगले तारा पनि केहि क्षण पहिले मात्र आई पुगेको रहेछन् । मेरो कुरा सुन्न साथ उ मसँग जान तयार भयो । उ मलाई लिन र छोड्न जिरी आउँन भनेपछि हुरुक्कै हुन्थ्यो । मलाई झन ढुङ्गा खोज्दा देउता पाए झैं भयो । त्यतिन्जेल भारी लिएर आई सकेको थियो । उस्लाई तिन सय दिएर फिर्ता पठाई दिएँ । उकालो निक्कै थियो । पानी पाउन कठिन हुने भएकोले आमाले कोदोको रक्सि एक पेप्सी बोतल हालिदिनु भएको थाहा थियो र घाँटी भिजाउन पर्यो भनेर हेरेको त छैन । हामी अचम्ममा पर्यौ कहाँ गयो भनेर ? उस्तै रमाईलोसँग बुर्के भुजीडाँडा सम्म पुग्यौं र भोलि बेतालीबाट आउँने बसको टिकट भान्जीले फोन गरेर बुकिङ गरि सकेकोले त्यो रात त्यहि बस्यौं । घरमा सकुशल आइ पुगेको बारेमा जानकारी गरायौं अनि अघि फर्किने मान्छे आयो भनेर सोध्दा पो बल्ल थाहा भयो साथीले त जम्बो पेप्सी बोतलको चिज बाटो मै झिकेर लुकाएको रहेछ र त्यहि खाएर लडिरहेको थियो रे । रिस सँगै हाँस उठ्यो उसको छोटो बुद्धि देखेर । गफ गर्दै बियर र सुकुटी खान थालेको राती दश बजे सम्ममा एक दर्जन बोतल खाली भई सकेछ । यसपाली ताराले मसँग निक्कै गुनासो गर्यो 'तपाईले खुवाउँनु र मैले खानु अब यहि नै अन्तिम हो' तपाईहरु काठमाण्डौ सबै परिवार सरेपछि गाउँमा आउँनु हुन्न न मैले तपाईको भारि लिन आउँनु पाउँछु न यसरी तपाईले दिएको खान पाउँछु । त्यसैले आज म सकुन्जेल खान्छु है मामा..!' मैले जति खान सक्छौ खाऊ केहि छैन तर म परिवार सहित गाउँ छोडे पनि बेला बेलामा आउँछु नि... आएको बेलामा तिमीलाई नै बोलाउँछु । उ खुशीले अलिकति हाँस्ने प्रयास गरेको थियो । करिब २०४७-४८ सालपछि केहि बाहेक हरेक पटक म गाउँ जाँदा मलाई लिन तारा नै आउँथ्यो । त्यति मात्र होईन । मेरो बाबा सिकिस्त बिरामी हुँदा उसैले बोकेर जिरी सम्म ल्याएको थियो । उस्लाई मानव ट्याक्टर भने पनि फरक पर्दैन थियो । सय किलोको भारी बोकेर हिंड्दा हामी रित्तो हिंड्नेले भेट्न गाह्रो हुन्थ्यो । गरिब थियो तर ईमान्दार थियो । उस्लाई सामान जिम्मा लगाएपछि त्यो कतै हराउला भन्ने चिन्ता थिएन ।
स्कुलमा क ख मैले भन्दा पनि केहि पछि चिनेको हो । तर गरिबिको कारण ३-४ कक्षा भन्दा माथि पढेन । अझ दायाँ हातको हत्केला भन्दा माथि बच्चा हुँदा नै जलेकोले औंला थिएन । तैपनि उस्ले नगरेको काम केहि थिएन । सिलाङ पुगेर केहि बर्ष कोईला खानीमा काम पनि गरेको थियो रे । धेरै पटक सँगै हिड्दा बाटो भरि बिबिध दुख सुखका कुरा हुन्थे । मसँग भन्थ्यो 'मामा मेरो हात मात्र सद्दे भएको भए म पनि बिदेश गएर तपाईहरु जस्तै कमाउँथें अनि छोरा छोरीलाई राम्रोसँग पढाउँथें अनि मेरो जस्तो दुख गर्नु पर्दैन थियो' । उस्को बर्पौटे सातवटा बच्चा तर्फ औलाउँदै आफ्नो भाग्यलाई धिक्कार्थ्यो ।भोलि पल्ट बिहानै उसका साथीहरु गाउँ तर्फ जाने तयारीमा थिए र उसलाई पनि जाउँ भन्दै थिए तर उ जानु मानेन । म त मामा र दिदीलाई गाडी चढाएर मात्र फर्किन्छु भनेर बस्यो । करिब ९ बजे बेतालीको गाडी भुजी डाँडा आइ पुग्यो । हामीलाई गाडी चढाउँदै गह्रुङ्गो मन लिएर 'हामीलाई नभुल्नु है मामा' भन्दै बिदाईको हात हल्लाएको थियो !
आज करिब १० महिना पछी फेरी नेपाल जाने तयारीमा छु । त्यसैले आज बिहान गाउँमा छिमेकी बैनी डम्बर कुमारीलाई के कस्तो छ गाउँमा भनेर फोन गरेको थिएँ । बहिनीले हतास हुँदै भनिन् दाई आज राती ताराले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेछ । म छाँगाबाट खसेको जस्तो भएँ ... चारैतिर अन्धकार छायो ! मलाई अझै पनि बिश्वास लागेको छैन । यो खबर असत्य भैदिए हुन्थ्यो जस्तो लागिरहेछ !........... तर जे नहुनु पर्ने हो भै सकेको छ ! मेरो बिशेष आत्मिय सहयोगी मान्छेले यो संसारबाट अकालमै बिदा लिई सकेको छ । आज दिनभरी म यहि प्रश्नको उत्तर खोजेर एकोहोरिएको छु .... आखिर किन ताराले आत्महत्या गर्यो ? किन त्यति हिम्मतिलो मान्छेले आत्महत्या जस्तो कायरतापूर्ण बाटो रोज्यो ? अब ती सातवटा कलिला मुनाहरुको हातमुख जोर्ने व्यवस्था कसरी होला ? आफुले जस्तो दुख भोग्नु नपरोस् भनेर नानीहरुलाई पढाउने उसको इच्छा कसले पुरा गरिदेला ? मनलाई थाम्न सकिरहेको छैन । यो लेख टाइप गर्दा गर्दै पनि कति पटक हिक्क हिक्क छुटिरहेछ र आँसुले परेलीको बाँध तोडेर अविरल बगिरहेछ ।
तिमीले कस्तो दिनमा बोलेछौ 'तपाईले खुवाउँनु र मैले खानु अब यहि नै अन्तिम हो' !!!
तारा ! तिमीले जुन बाटो नरोज्नु थियो कायरतापुर्वक रोज्यौ ! तिमी इमान्दार थियौ र दुनियाँको सेवा गर्यौ ... तिमीले दिएको सेवाको ऋण अब यो जन्ममा तिर्न सकिन्न । मैले दिएका केहि रुपैयाको महत्व छैन तिम्रो सेवाको अगाडी ! तिम्रो आत्माले चिरशान्ति पाओस भगवानसँग यहि प्रार्थना छ अनि शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना छ !

गुप्तेश्वर-३,रामेछाप 
हाल:अबुधाबी,युएई 
०८ सेप्टेम्बर,२०१४ 

Posted by Unknown on 1:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आखिर किन ताराले आत्महत्या गर्यो ?

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011