यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

न्वागी संस्कृति र रैनादेवी


—शिवहरि ज्ञवाली 


पृष्ठभूमि
कृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छन् । ‘न्वागी’ पर्व पनि यसै अन्तर्गत पर्दछ । संस्कृतको ‘नवात्र’ शब्द नेपालीमा ‘नुवागी’ हुँदै हाम्रो जनजीब्रोले ‘न्वागी’ उच्चारण गरेको पाइन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रही आएको छ ।हाम्रा प्रत्येक संस्कृतिहरूले मूल रूपमा आध्यात्मिक संस्कृतिलाई नै वरण गरेका हुन्छन् । यसभित्र मानवताको महत्व, आस्था, विश्वास र सामूहिक हितको पक्ष प्रबल बनेर उभिन पुगेको पाइन्छ । देवता र पितृहरूलाई नचढाई केही कुरा नखाने हाम्रो आस्था र विश्वासलाई यो संस्कृतिले पनि स्वीकारेको छ । नयाँ धान भित्र्याई तुलसी, राधा, दामोदरको विधिर्पूवक विवाह सम्पत्र गरी न्वागी खाने गरिन्छ । कृषि पेशामा आश्रित सबैका लागि न्वागी पर्व जीवनशैलीकै रूपमा विकसित हुँदै आएको देखिन्छ । खासगरी ग्रामीण क्षेत्रका कर्मयोगी किसानहरूले प्रत्येक वर्षविशेष हर्ष उमङ्ग र उल्लासर्पूवक मनाउने यो पर्वलाई नेपाली समाजको एउटा नितान्त बेग्लै किसिमको पर्व मात्र सकिन्छ । हाम्रा धर्मग्रन्थ र पुराणहरूले आषाढ शुक्ल एकादशी तिथिका दिन पर्ने हरिशयनी एकादशी तिथिदेखि कार्तिक शुक्ल एकादशीको तिथिसम्मको चार महिनाको समयावधिलाई ‘चर्तुमास’ को रूपमा परिभाषित गरेको पाइन्छ । असार महिनामा धान रोपिसकेपछि चर्तुमासका चार महिना कर्मयोगी किसानहरूले आप्mनो व्यस्त जीवनबाट केही मात्रामा मुक्ति पाउँछन् । विशेष गरी यो चार महिना उनीहरूका लागि विभित्र किसिमका व्रत, उपासना, यज्ञ, अनुष्टान आदि गर्ने र विभित्र किसिमका जात्राहरू चलाउने, पर्वहरू मनाउने अवसरका रूपमा पनि देखापर्दछ । न्वागी पर्व मनाउनासाथ किसानहरू आप्mनो उब्जनीमा आधारित सामग्रीको व्यवस्थापन, त्यसको परिचालन र व्यवसायमा केन्द्रित हुन थाल्दछन् । उनीहरूको जीवन पुनः अत्यन्त व्यस्त हुनपुग्छ । यसरी उनीहरूको जीवनलाई कर्मका प्रति पुनः समर्पित हुने भावना जाग्रत गराउने भएकोले पनि हाम्रो जनजीवनमा न्वागी परम्पराको विशेष सामाजिक महत्व रही आएको पाइन्छ ।नेपालको सबैजसो क्षेत्रमा नयाँ अन्न भित्र्याउने आ—आफ्नै परम्परा छन् । पूर्वी नेपालको किराँत समुदायभित्र पर्ने राई, लिम्बु, सुनुवार, याख्खा जातिहरूले यो चाडलाई ‘चासोक तङनाम’ को रूपमा मनाउँछन् भने पश्चिम नेपालमा यस पर्वलाई ‘न्वागी’ पर्वकै रूपमा मनाउने गरिन्छ । किराँत संस्कृतिमा ‘तागेरा निवाफुमा’ले मानिसलाई धान, जांै र कोदोको बिउ दिएर अत्र बाली लगाउन र बाली पाकिसकेपछि पकाएर खान सिकाएको भन्ने किंवदन्ती पाइन्छ । यसरी नयाँ बाली पाकिसकेपछि युमा साममांग, थेबासममांग, थुंग थान्ग्बा, चोखोबा, मिक्सामको पूजा—अर्चना गरी बाली भित्र्याउने परम्परा छ । यस पर्वलाई लिम्बु जातिले चासोक तङनाम, राई जातिले साकेला, याख्खा जातिले चोसोवा र सुनुवार जातिले फोलष्यादरको रूपमा मनाउने गर्छन् । मङ्सिर पूर्णीमामा पर्ने यस पर्वलाई उधौली पनि भत्रे गरिन्छ । किराँतहरूले मङ्सिरे पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मात्रे गर्छन् । परम्परागत रूपमा मनाइँदै आइएको किराँत उधौली र उभौली पर्वलाई नेपाल सरकारले वि.सं. २०५८ देखि राष्ट्रिय पर्वको मान्यता दिएको छ । पश्चिम नेपालका आदिवासी जनजाति समुदायमा हरेक वर्ष नयाँ बाली भित्र्याउँदा सिमे, भूमे, नाग, खोलापारेलगायतका देवी देवताको पूजा—अर्चना गर्ने परम्परा छ । नेपालको सुदूर, मध्य र पश्चिमाञ्चल विकास क्षेत्रका धेरैजसो स्थानमा प्रायः हरिबोधिनी एकादशी तिथिको भोलिपल्ट अर्थात् कार्तिक शुल्क द्वादशीका दिन यो पर्व मनाइने गरिन्छ । तर, पश्चिम पाल्पातिर मनाइने न्वागी पर्वले वेग्लै बिशेषता बोकेको पाइन्छ । यहाँ पश्चिम पाल्पामा मनाइने न्वागी पर्वको चर्चा गर्ने प्रयास गरिएको छ ।

 रैनादेवी र न्वागी  

पाल्पा जिल्ला भाषा, कला र संस्कृतिमा निकै धनी मानिन्छ । यहाँको सांस्कृतिक विविधताको एउटा महत्वपूर्ण अङ्ग हो रैनादेवीको न्वागी पर्व । पश्चिममा पाल्पामा पर्ने भुवनपोखरी गाविस—९, गोखुङ्गामा अवस्थित रैनादेवीको मन्दिर पाल्पा, गुल्मी र अर्घाखाँचीलगायत यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको संगमस्थलको रूपमा रहेको यो मन्दिरको उत्तरमा गुल्मी जिल्लाको दांैघा गाविस, दक्षिणमा अर्घाखाँची जिल्लाको पणेना र खिदिम गाविस त्यस्तै पूर्वमा पाल्पा जिल्लाकै छहरा, सोमादी र सिद्घेश्वर गाविस पर्छन् । अधिकांस मगर समुदायको वाहुल्यता रहेको भुवनपोखरी गाविसमा ब्राह्मण, क्षेत्री, कुमाललगायत अल्पसङ्ख्यक दमाई, कामी, सार्की र चुँदाराहरूको बसोवास रहेको छ ।पाल्पा जिल्ला सदरमुकाम तानसेन देखि करिब ३८ किलोमिटरको दुरीमा अवस्थित रैनादेवी मन्दिर महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत समुद्री सतहदेखि करिब १,६०० मिटरको उचाइमा रहेको छ । मन्दिर क्षेत्र प्राचीन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वका हिसाबले जिल्लामै सम्पन्न मानिन्छ । नेपालकै प्रसिद्ध तीर्थस्थल भैरवस्थान मन्दिरको बाटो हुँदै यहाँ पुग्न सकिन्छ । गुल्मी जिल्लाको पवित्र तीर्थस्थल रुरु क्षेत्र, ऋष्य शृङ्गको तपोभूमि श्रृङ्गा, र गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि पुगनपुग पाँच घन्टाको पैदल यात्रापछि पनि यो क्षेत्रमा पुग्न सकिन्छ । अर्धाखाँची जिल्लाको ऐतिहासिक स्थल पाणेनि तपोभूमि र दुर्वासा भूमी यो मन्दिर क्षेत्रबाट करिब दुई घन्टाको दूरीमा रहेका छन् । चाँप, गुराँस, कटुस, सौर, काफल, श्रीखण्डलगायतका दुर्लभ एवं बहुमुल्य वनस्पतिको घना जङ्गलको बीच भागमा रहेको यस मन्दिरमा वर्षैभरि पुजापाठ गर्ने र पशुपंक्षीको बली चडाउने गरिन्छ । दशैंको नवदुर्गाभर र न्वागी पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । दशैंको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिकाको पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच यहाँका प्रमुख आकर्षण हुन् । जङ्गलभित्र रैनादेवीको शक्ति पीठ, सत्य देवी र कालिकाको मन्दिर रहेकाछन् । मन्दिरमा आठ सय वर्ष पुरानो घन्ट रहेको स्थानीय बुद्धिजीवी चन्द्र लम्साल बताउनुहुन्छ । घन्टमा उल्लेख भएअनुसार मन्दिरको नाम पहिले ‘रोइन देवी’ रहेको र पछि सजिलोका लागि रैनादेवी रहेको उहाँले बताउनुभयो । यस मन्दिरमा ब्राह्मण र छहरी मगरहरूलाई प्रवेश निषेध छ । यसै मन्दिरको नामबाट दैलेखको विन्ध्याबासिनी गाविसमा समेत रैनादेवीको मन्दिर स्थापना गरिएको छ । त्यसैगरी भारतको राजस्थानको जोधपुर क्षेत्रमा पनि रैनादेवीको पुजा गर्ने प्रचलन रहेको पाइन्छ । लुम्बिनी अञ्चलका धेरैजसो जिल्लाहरूमा गोखुङ्गाको रैनादेवीको स्थान स्थापना गरेर पुजा गर्ने गरेको पाइन्छ । र, नयाँ अन्न भित्र्याउँदा यहाँकै न्वागीलाई मान्ने गरिन्छ । यस्ता तथ्यहरूले परापूर्वकालमा रैनादेवीको प्रचार—प्रसार पश्चिम नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत रहेको देखिन्छ । तर पछिल्लो समयमा प्रचार—प्रसारको कमीले यो क्षेत्र ओझेलमा परेको स्थानीय जगलाल नेपाली बताउनुहुन्छ । मन्दिरमा पृथ्वी नारायण शाहकालीन हातहतियार र खड्ग, ताम्रपत्र र रैनादेवीको आफ्नै मालश्री रहेको स्थानीय फर्सबहादुर खाम्चा बताउनुहुन्छ । मन्दिरमा अक्षता कुट्नको लागि जङ्गलको बीचमा ढिकी राखिएको छ भने धुपका लागि कोलको व्यवस्था गरिएको छ । मन्दिर सञ्चालनार्थ परापूर्वकालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगरजातिका पुजारीले पूजाआजा गर्ने व्यवस्था छ । मन्दिर क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ«े लगायतका दर्जनौ हिमश्रङखलाहरूको मनमोहक दृश्यावलोकन गर्न सकिने यो स्थान अत्यन्त सुन्दर एंव प्राकृतिक सुन्दरताले परिपूर्ण छ । यस मन्दिर सतहको पश्चिम—उत्तरबाट रिडी खोला र वाक्लीे खोला बगिरहेका छन् । रैनादेवी जङ्गल क्षेत्रमा कालिज, तित्रा, लुइँचे, काँडेभ्याकुर, मृग, जङ्गली खरायो, नियाली बाघलगायतका दूर्लभ चराचुरुङ्गी तथा वन्यजन्तुहरूको बासस्थान रहेको छ । यस गाविसको वरिपरि दुरदराजका गाउँहरूसम्म कात्र्तिक महिनामा धानबाली स्याहारी नयाँ अन्नको प्रसाद(अक्षता) देवीलाई चढाई मात्र दही चामल मिलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा चलिआएको छ । सोही अक्षता देवीलाई चढाउने पुजा कार्यक्रमलाई न्वागी पर्व भन्ने गरिएको छ । न्वागी मनाउने परम्परा यसक्षेत्रमा कहिले देखि सुरुभयो भन्ने कुनै प्रमाण नभेटिएपनि अन्न भित्र्यान कार्तिक १७ गतेका दिन विधि पूर्वक धामी झाँक्रीद्वारा देवीसँग सोधी प्रत्येक कार्तिक २३, २५, २७ र २९ गतेमध्ये एक दिन धान काटने (मुठी लाने) गरिन्छ र सोही दिन देखिे ११ औं दिनका दिन  देवीलाई पशुपंक्षीको भाकल दिइन्छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ । यस अवसरमा राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुति रहँदै आएको छ । यस वर्षको न्वागी महोत्सव मङ्सिर ७ गते परेको छ । 

Posted by Unknown on 9:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for न्वागी संस्कृति र रैनादेवी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011