यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी
(१)
गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य
छोटो मीठो भावना, खुल्छ खुबै लालित्य
पाल्पाली,
ढाकाटोपी, शीरै नेपाली ।

(२)
सम्विधान बन्दैन, कैलेसम्म पर्खिने ?
उँभो लाग्ने बाटो छ, उँधै कति फर्किने ?
देखियो,
नेपालीको, भाग्य रेटियो ।

(३)
उहिले त मलाई नि, नेता बनौँ लागेको
धन्न गल्ती गरिनँ, बुद्धि कता भागेको
नेपाल,
नेता देख्दा, दुख्छ कपाल ।


(४)
मनभरि मायाँ छ, सुनिदिने को होला
यो मनको भावना, बुझिदिने जो होला
छायाँमा,
बाँच्छ मान्छे, दया-मायामा ।

(५)
भनौ भनौ ला'को छ, मन त्यतै गा'को छ
कुरा राखुँ कसोरी, कसम नै खा'को छ ?
बन्धन,
माया भए, हुन्न नभन ।

(६)
तिम्रै लागि जन्मेछु, जुनी-जुनी तिम्रै म
तिम्रै लागि बाँच्दैछु, मरे पनि तिम्रै म
सरर,
तिमी पाए, मनै भरर ।
-विराटनगर, नेपाल

Posted by Unknown on 9:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आधा दर्जन रुपक गेडी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011