मुग्लानी सौगातको दोस्रो वाचन श्रृङखला सम्पन
भोला थापा क्षेत्री अल्खोर कतार
समाज बिकाशमा प्रवासिको योगदान भन्ने मुल नारालाई लिएर अगाडि बढेको सन्ध्यागु्रप कतारको उपसमिति साहित्य बिधा मुग्लानी सौगातले आफ्नो कार्य बिधालाई समाबिस्ट गर्दै पाठकहरु माझ दोस्रो वाचन श्रृङखला गत १३ अक्टुवर २०११ मा सम्पन भएको छ ।
“साहित्य जिवन र जगतको दर्पण हो । ” समयको गतिसिल पावन्दि संग सगै आफ्नोे पालुवाको परिवर्तन यसरी मोफसोलमा रहेर पनि साहित्यिक श्रष्टाहरुको मनोभावनालाई यस प्रकारका कार्यक्रमले समेटिने र हौसला प्रदान गर्दै आफ्नो गतिमा समेत तिव्रता आउने भविस्य रहेको पाईन्छ । साहित्य वाचन श्रृङखलाको संयोजक तथा कार्यक्रमको सञ्चालन साहित्यकार दिलिप अबिरले गरेका थिए भने कार्यक्रममा सभापति सस्थाका अध्यक्ष थर्चा लामा , प्रमुख अतिथिमा कान्तिपुर साप्ताहिक प्रवासका राजेश्यर ढकाल, बिषेश अतिथि गजलकार गोविन्द भावुक, र अतिथि संन्ध्या ग्रुप द्धतिया उप अध्यक्ष चिन्तमणि बि क , नवोदित मोवाइल पुस्तकालयाका सागर अजनवी, राम प्रसाद ढङ्गेल,सन्ध्या ग्रुप नि वर्तमान अध्यक्ष बिरेन्द्र कु गाक्थुम्वा,तनहँु खबर डट कम का भोला थापा क्षेत्री लगायतका अतिथिगणको उपस्थिति उक्त कार्यक्रममा सागर अजनवी, गोविन्द भावुक , राम प्रसाद ढुंगेल , राजेन्द्र खनाल , भोला थापा क्षेत्री ,दिलिप अविरल , राजेश्वर ढकाल,बुद्धीलाल श्रेष्ठ, चन्द्र कु थापा लगायतका सर्जकहरुले आ आफ्ना कविता रचना प्रश्तुत गरेका थिए ।
उक्त कार्यक्रमा संन्ध्या ग्रुप द्धतिया उप अध्यक्ष चिन्तमणि बि क ले स्वागत मन्तब्य राख्नु भएको थियो कार्यक्रम अन्त्यमा संस्थाका अध्यक्ष थर्च लामाले आगमी दिनहरु मा अनेसास , नबोदित मोवाइल पुस्तकालय को सहर्कायमा दोहा मा नै बाचन श्रृुङखला राख्ने जानाकारी दिदैै आउदै गरेको दिपावाली को सम्पुर्ण साहित्यकार अनुरागी सर्जकहरु तथा सम्पुर्ण नेपाली दाजुभाईलाई मेरो शुभकामना भन्दै कार्यक्रम समाप्त भएको जानकारी दिए ।


