'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

कथा: “नुर”

  • कुमार श्रेष्ठ "यात्री"
साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात  बोक्राले ढाक्दैन तर उनीहरुको  शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।
आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ । हामी मतलब राज र म ।हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ ।  रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् । राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।।।
नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।
एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । उनको मुस्कान अझै पनि कायमै थियो । भोली मर्दैछु भन्ने थाहा हुँदा हुँदै पनि उनको मुस्कानले उसको माया प्रतक्ष झल्किन्थ्यो । राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले ।
मेरी नुर
जुनी जुनी जिउनु ल ।
तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।
तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ ।प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ ।तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।)
हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ ।तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ....... भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीयनको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे ।उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ?
तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।

हाइयाक्अल्ला या नुर,मासलाम, 
राज
दाइ के छ हो आजको हट न्युज ?
म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि ।
नुरले आत्महत्या गरीछे यार ।
को नुर ? राजकी नुर ?
अँ हो ।
त्यसले यतीका पछी किन आत्महत्या गरी त ?
थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?
उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ?
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।
नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?
मैले राजको बारेमा आज मात्र थाहा पाँए ।मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे ।बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ?त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।
उही हजुरको हुन नसेकी,हजुरले फोनमा जिस्काउने,हजुरकी भाउजु
नुर

कुमार श्रेष्ठ "यात्री"
रामेछाप,कठजोर-६

Posted by Unknown on 3:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कथा: “नुर”

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011