'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75192

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

आतंककारी


कथा
--दलबीर सिंह बराइली ‘घायल’

तीन दिन भइसक्यो । कोठामा फर्केर आएको छैन । कमसेकम खबर त गर्नु पर्छ । कस्तो रहेछ यो हर्के ? घर गएको भए त हामीलाई भन्नु पर्ने हो । कस्तो एक वचनसम्म जानकारी नगराई निस्फिक्री भएर बसेको होला ?
सर्पले भ्यागुतोलाई निलेभैंm विशाल दिनलाई लिखुरे रातले सुलुत्तै निल्न लागेको छ । सानो पच्चीस वाटको बत्ती अन गर्छ बिर्खे । कोठाभरि मधुरो उज्यालो पैmलिन्छ । असनको साँगुरो गल्लीभित्र छिंडीको सानो कोठा । दिनमै पनि अँध्यारो हुन्छ । पश्चिमको दुर्गम पहाडी जिल्लाबाट आएका थिए बिर्खे र हर्के अनि पूर्वतिरबाट काले र आईते । उनीहरूको चाहना एउटै थियो । उच्च शिक्षा हासिल गर्ने । तर निम्न वर्गीय परिवार । बिहान बेलुकी हातमुख जोर्न पनि धौ धौ पर्ने । काठमाण्डौको महंगीमा उनीहरूलाई आवश्यक पैसा पठाउनै मुश्किल थियो । त्यसैले घाम र पानी छल्नकै लागि मात्र त्यो छिंडीमा बस्दै आएका थिए ।
पुरानो स्टोभमा दम दिन लाग्यो काले । अलि भिंmजिन्छ ऊ । भाँडा सधैं कालो हुन्छ के गर्ने ? मरम्मत गर्न पनि पैसा छैन । ल ! चामल पनि आजैको छाकलाई मात्र बाँकी रहेछ । भोलि बिहान के खाने ? पसलमा उधारो पनि दिंदैन । बिर्खे गुनासो पोख्छ । आजको छाक जेनतेन टारौं, भोलिको लागि त शायद आईते आइपुग्छ होला । कतै पैसा खोज्न पो गएको हो कि ? खै के गर्ने ? मेरो घरबाट चाँडै पैसा आउने सम्भावना छैन । अस्ति पनि आमाको कानमा लगाएको मारवाडी बेचेर खर्च पठाउनु भएको थियो । बाख्रा, खसी, कुखुरा, चल्ला बेचेर दुईचार पैसा जम्मा हुन्थ्यो । त्यो पनि बन्द छ आजभोलि । बाख्रा, कुखुरा बढ्नै पाउँदैन । अरूले नपुगेर गोरु नै काटेर खाने हुलहरू पनि देखेका थिए उनीहरूले । काले, बिर्खे, हर्के र आईते सबैको हाल यस्तै थियो । गाउँबाट उनीहरू आफ्नै ज्यान बचाउनका लागि काठमाडांै आएका थिए । गाउँमा बस्दा पटक–पटक क्रान्तिको पाठ पढाउने टोलीहरूसँग जम्काभेट भइसकेको थियो । संगै नगए भौतिक कार्वाहीको उर्दीले आधा रातमा नै आ–आफ्नो गाउँ छाडेका थिए उनीहरूले ।
हिजो मात्रै हर्केलाई चिठ्ठी आएको थियो घरबाट । हर्केका बाउ–आमालाई छोरा भगाइस् भनेर बस्नुखानु भएको छैन रे । ....तर हामी डाँडाको जून–घामजस्तो छौं । जसरी पनि जाने बेला भएको, हामीलाई कुनै चिन्ता छैन । बाबु हर्के ! धेरै पढेर ठूलो मान्छे बन्ने सपना पूरा भएको देख्न चाहन्छौं । राम्रोसँग पढेस् । यस्तै भावले भरिएका पत्रहरू आउँथे अन्य सबैका ।
झ्याप्प बत्ती गयो । हत्तेरीका बत्ति पनि खाना खाने बेलामा नै जानु पर्ने ? बचेको मैनबत्तीको ठुटो जलायो कालेले । छामछुम गरी खाना खाई चिसो भूँईमा लहरै पल्टिए उनीहरू । आईते अभैmसम्म नआएकोले सबै चिन्तित थिए । आधा रात भइसकेको थियो । वरिपरि टोलभरि भुस्याहा कुकुरहरू रोएको आवाज आइरहेको थियो । त्यसरी कुकुर रुँदा अनिष्ठ हुन्छ रे भन्थे बूढापाकाहरू । किन किन सबैको मनभित्र एउटा अञ्जान भयले बास गरेको थियो । रातको त्यो निष्पट्ट अँध्यारोलाई चिर्दै कोही मान्छे हिंडेको आवाज उनीहरूको ढोका नजिक आउँदै थियो । कोही बोलेभैंm पनि । त्यो हिंडाइको पदचाप उनीहरूकै ढोका अगाडि आएर रोकिन्छ । उनीहरूको आङ सिरिङ्ग हुन्छ । ढक्ढक्....ढक्ढक्.... डराउँदै बत्ती बाल्छ हर्के । को हो यति बेला आउने ? थर्थराएको आवाजमा भित्रैबाट भन्छ । म आईते । बाहिरबाट आवाज आउँछ । ए आईते पो रहेछ, व्यर्र्थैै डराएको । ढोका खोल्छ हर्के । ढोका खोल्नु मात्र के भ्याएको थियो एक हुल हतियारधारी बिजुली चम्किएभैंm भित्र पसे । उनीहरू हतियारको निशानामा परिसकेका थिए ।
“हातमाथि गर् शाला आतंकवादीहरू ! यताउति मात्र गरिस् भने गोली खान्छस् ।”– कसैले कड्केर आदेश दियो, “केटा हो ! लौ यिनीहरूको हात–खुट्टा बाँधेर लडा अनि खानतलासी गर् ।”
आईतेको हात बाँधिएको थियो अनि आँखामा पट्टी । शायद कोठा चिनाउन र ढोका खोल्नको लागि मात्र उसकोे प्रयोग गरेको हुन सक्छ । थोत्रो स्टोभ सिल्बरका जुठा थालहरू, कुचिएको डेक्ची र भाँच्चिएको कराईबाहेक केही पनि फेला परेन ।
“लौ हिंड्, यी आतंककारीहरूलाई पनि गाडीमा हाल्”– आदेश हुन्छ ।
हर्के काले र बिर्खेलाई हात खुट्टा बाँधेर आँखामा पट्टी बाँधी गाडीमा लात मार्दै कोचिन्छ । आँखामा पट्टी, त्यसमाथि रातको अन्धकार, गाडी कता गयो उनीहरूलाई केही थाहा हुँदैन । आधा घण्टा जतिको यात्रापछि गाडी रोकिन्छ । उनीहरूलाई घिसार्दै लात हान्दै गाडीबाट ओरालिन्छ र एउटा कोठाभित्र कोचिन्छ । त्यसपछि कडा यातनासहित सोधपूछ शुरु हुन्छ, “ल भन् तेरो आगामी योजना के छ ? तेरा साथीहरू कहाँ कहाँ छन् ? हतियार गोलीगट्ठा कहाँ राखिएका छन् ? अस्ति सुन्धाराको संचयकोष भवन, बानेश्वर, कालीमाटी र जावलाखेलको बिष्फोटनमा कति जनाको संलग्नता थियो ?”
“हजुर ! हामी त सीधासाधा मान्छे, त्यस्तो आतंककारी गतिबिधिमा कहिल्यै पनि लागेका छैनौं । गाउँमा हामी बस्न नसकी यहाँ आएर ज्यान जोगाई पढ्दैछौं । हामीलाई छोडिदिनोस् ।” अनुनय बिनय गर्छन् उनीहरू ।
“अभैm ढाँट्छस् ?” लात बज्रिन्छ । दिन बित्दै गए । उनीहरू आपसमा कुराकानी गर्न पाउँदैन थिए । अलिकति समय मिलेको बेलामा आईतेले बतायो अस्ति काठमाण्डौको विभिन्न ठाउँमा बिष्फोठन भएलगत्तै उसलाई वीर अस्पतालअगाडिबाट कोठातिर आउँदै गर्दा समातिएको थियो रे । त्यही बिष्फोटनमा संलग्न भएको आरोपमा उनीहरूलाई समातिएको रहेछ । चार दिन बित्यो । उनीहरूबाट केही पनि कुरा खुलेन ।
“आतंककारीहरू एक शब्द पनि ओकल्दैनन् । यिनीहरू ठूलै नेता हुनु पर्छ । अब के गर्ने साप ?” अलि सानो स्वरमा चार–पाँच जना खासखुस कानेखुशी गर्छन् । केही क्षणमै दुई वटा गाडी आइपुग्छन् ।
चारै जनालाई पुनः गाडीमा हालिन्छ । गाडी कता जाँदैछ उनीहरूलाई केही थाहा हुँदैन । गाडी रोकिन्छ । आँखामा लगाइएका पट्टीहरू खोलिन्छन् । हात पनि खोलिदिन्छन् । सुन्दरीजलतिर हो भन्ने लाग्यो उनीहरूलाई । “लौ तिमीहरूलाई हामी छोडिदिन्छौं । जति सक्दो चाँडो भागिहाल यहाँबाट ।” अब ज्यान बच्ने भो भनेर हस्याङ फस्याङ गर्दै आठ दस कदम मात्रै के अगाडि बढ्छन् उनीहरू, अचानक गोलीको बर्षा हुन्छ । ऐय्यासम्म भन्न नपाई चारैजना ढल्छन् । क्षणभरमै उनीहरूको प्राण पखेरु उडेर जान्छ । सीधासाधा गरीबका छोराहरूको सपना र उनीहरूका बाउ–आमाका ईच्छाहरू हावामा बिलीन हुन्छन् ।
भोलिपल्ट राजधानीका हरेक पत्रिकाको मुख्य पृष्ठमा समाचार छापिएको थियो । सुन्दरीजलमा गस्तीमा रहेका टुकडीमाथि हमला गर्ने चार आतंककारीको घटनास्थलमै मृत्यु । ठूलो मात्रामा हतियार, गोलीगठ्ठा, बन्दोबस्तीका सामानहरू बरामद ।
पत्रिका अन्य दिनभन्दा ज्यादा बिक्री भयो । चार आतंककारी मारेकोमा उनीहरूलाई तक्मा, प्रोमोशन मिल्ने निश्चित थियो तर ती निर्दोष युवाहरूको बारेमा सत्यतथ्य कुरा अब कहिल्यै आउने छैन किनकि उनीहरूलाई आतंकबादीको बिल्ला जो भिराइएकोछ ।


गुप्तेश्वर–३, रामेछाप
हालः– अबुधाबी,यूएई
साभार:-कथा संग्रह 'अँध्यारो' बाट 

Posted by Unknown on 1:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आतंककारी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011