बिदेशमा हराएकी आमा * कथा
इन्द्रेणी शर्मा “जलद“
ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग राम्रो सम्बन्ध नभएपछि , कानुनी रुपमै छोड पत्र भएको थियो आफ्नो जायजेथा लिएर तिन सन्तानकी आमा कृष्णमाया एक बर्ष सम्म आफ्नो गाउँघरमै बसेपछि एक दिन एक जना दिदीको सम्पर्कमा पुगे पछी आफ्नो संचित पैसा र आफ्नी बहिनी दिदीको सहयोग लिएर विदेश जाने बिचार आउछ , रातभरी निन्द्रा लाग्दैन , लोग्नेका आगनमा अहिले सुनसान छ , सासु आमाले छोरा नभएको बेला भेटेकी हुन्छिन नाति नातिनाको सामु रुदै आफ्नो छोरालाई सराछिंन ,हुने हुनामी भै सकेको थियो
आफ्ना छोरा छोरीलाई एक बोर्डिंगस्कुलमा राखेर आफ्ना सन्तानको भाबि जीवनको लागि उनी विदेश जान बिबश थिइन् , लोग्ने जुवा जाड र रण्डीरमितामा मस्त भए पछिहार मान्थी ऊ कति सम्झाएकी हो , तिन तिन जना सन्तानको बाबु हुनुको कुनै दायित्व बोध थिएन उसलाई , लाचार थियो , लाग्दथ्यो उ कसैबाटपिडित थियो / आफनै जहान संग ऊ टाढा हुदै थियो ,आफ्नी जीवन संगिनीको प्रेम संसारबाट टाढिदै थियो उसका आखाँ नरसाएका अनि होइनन् उसको चेतनाको बिरुवा कोही जनावरले चपाउदै थियो,
समाजका बुर्जुक सम्झिन्थे आफूलाई,रत्न किशोर शर्मा , जो हेर्दा राम्रा देखिन्थें ब्यबहारमा शकुनीमन्त्रथिए, उनले चाहे भने सारा गाउँ नै ध्वस्त पार्न सक्थे
उनको राजनीति बेग्लै थियो , सिद्दान्त अर्कै थियो ,नैतिकता र बिबेकका कुरा माटोमा हराएका थिए , तैपनि उनको कुटिल जालमा सबैले डराई डराई हजुर हजुर भन्थे
कृष्णमाया राम्री , मिठो बोलिबचन थियो , समाजका हरेक सामाजिक काममा अग्रसर हुन्थी / एक जना भलाद्मी भनाउदोसंग उसको भनाभन भएदेखि उसलाई शनिले छोएको थियो/ समय प्रतिकुल बन्दै गएको थियो ,
एक दिन ऊ बिरामी परी उसलाई बोलाउन कोहि आएनन , आखिरी उसले सोची यो स्वार्थि समाजमा बस्नुको के तुक ? मसंग धन हुन्थ्यो भने दुनिया मेरा घरमा रयाळ चुहाउदै आउथे , ठिक छ मैले अब केहि गर्नुपर्छ भनि सोचेकी थिइ ,
ऊ जिल्लामा पुगी , कागजात बनाइ पासपोर्ट तयार भयो सारा कुरा मिलाई , भिसाको लागि सम्बन्धित स्थानमा अपिल गरि ,नभन्दै उसले विदेशजाने अनुमती /भिसाको कागज पाए पछि ऊ आफना आफंतिलाई भेटि , अहिले गोहीका आशु चुहाउदै छिमेकीले भन्दै थिए , ऊ पनि के कम उस्तै नाटक गरि , अचानक उसको भेट आफ्नो परित्याग गरेको लोग्नेसंग भयो , आजभोली ऊ अझै बिरामी भएको अनुमान गरि रक्सि र जुवा छोडेछ ,कता कता नारी मन पग्लिएर आएको अनुमान गरि , सुदेशका बाबा ल यो पैसा राख्नु आफ्नो औषधि गर्नु ,फेरी कसैलाई पनि नभन्नु नि , ऊ एकोहोरो कृष्ण मायालाई हेर्यो , ऊ बिहल देखिएको थियो , ऊ आफुलाई समाल्न सकेन , मेरो देबी भनेर घोप्टियो , ऊ आफुलाई समाल्दै बजार तिर लागि
रातभरी निद्रा थिएन ,छोरा छोरी भोलिदेखि बोडिंगमा हुनेछन ,आफु परदेश .कस्तो हुनेहो धेरै नारीका दुखद समाचार सुनेकी पनि थिइ ,आमाको अनुहारमा देखिएको कुरा छोराछोरीले बुझ्ने भै सकेका थिए
सुदेश १५ बर्षको ,रोमी १३ बर्षकी र कान्छो छोरा संदेश ९ वर्ष का थिए , राम्रा बानि ब्यबहार थियो एक आपसमा मिलेर बस्थें अनुशासित थिए, आफ्ना मुटु भन्दा प्यारा छोरा छोरीलाइ छोडेर जानुको पिडा हरेक ममता बोकेका हरेक आमालाई हुन्छनै ,
जीवनका आधिबेहरी संग जुद्दै ऊ आफ्नो गन्तव्यमा पुगी , काम भनेको जस्तै मिल्यो , ऊ हरेक महिना आफ्ना छोरा छोरीलाई खुन पसिना गरेर जम्मा गरेको रकम आफ्नो दाइको खातामा पठाएकी हुन्थी , आमा हुन्जेल सबै ठिकै थियो आमा बिते पछि दाइले आफुले पठाएको रकम हिनामिना गरेको बुझी र आफै राख्न थालि , सिधै बाबु नानि पढ्ने बोडिंगमा सम्पर्क गरि सारा खर्च भुक्तानी पुग्ने गरि रकम पठाई दिई
ऊ अलिक हल्का भै आफुले खाइ नखाई पठाएको रकम आफंतिले हिनामिना गरेपछि कसलाई दुख लाग्दैन , ऊ माइतिघर लाइ पनि भुल्न बिबश भइ /
समय बित्दै गयो ,नानि बाबु पनि ठुला भै सके आफ्नी आमाको अभावमा तड्पिएका हुन्थे , सबैका आफन्ती आमा बाबा आउदा आफ्ना नआउदा भारि दुख मानेका हुन्थें बुझकी थिए बुझाउथे एक अर्कोलाई आपसमा , संसार यसरि नै चल्दै थियो ,
आज धेरै समय पछि छोरा छोरी संग फोनमा कुरा गरि , मनको बह पोखी मन हल्का भयो , अर्को साल आउने कुरा गरेपछि छोराछोरी पनि हर्षित हुदै बिदा भए ,
समय नारायणीको पानी झैँ बग्दै थियो , अर्को साल भनेकी थिइन् कुनै खवर नै आएन , छोराछोरी आत्तिन थाले , न पैसा आउछ न आमाको खवर आउछ , उनीहरु आफ्नो घर फर्के घर पुरानो भै सकेको थियो , आफ्नो जन्मदाता लाइ पनि आफ्नो सन्तानको याद हुदो रहेछ भन्ने कुरा यो घटनाले साबित गर्यो , ऊ आफ्ना छोरा छोरीलाई आफ्नो घरमै ल्यायो , भएको जायजेथा बैकमा राखी उनीहरुको पढाइ सुचारु राख्यो , बल्ल आफ्नो बाबा प्रति दोहोरो मायाको पुल बन्दै गयो / मामाघर अनि जान छोडेका थिए , किनकी आमाले पठाएको पैसा मामाले दिएका थियेंनन , आफ्नो आमाले करिब एक लाख असि हज्जार रकम मामाबाट पाउनु थियो तर दिएका थिएनन, माइज्युले एक दिन आफ्ना भान्जा भान्जीलाई भेट्न उनीहरुको घर पुग्छिन , उनलाई आत्माग्लानी हुन्छ , आफ्ना छोडेका छोरा छोरीलाई ल्याएर आफ्नो कर्तब्य पुरा गरेको देखि भोलि हामीले के जवाफ दिने उनीहरुकी आमालाई ,भएन अब जे जसरि हुन्छ पैसा फिर्ता नगरे सम्म म पनि घर जान्न ल जा , माइज्युको यो कुराले मामाको सारा कारोबार नै उथल पुथल भयो
नानि हो म पापी हुँ , मेरै कारणले तिमीहरुले आमा गुमायौ ,आज तिम्री आमाको के हाल भएको होला , जाने बेलामा पनि मलाई माया गरेर उपचार गर भनेर ३ हजार रुपिया छोडेर गएकी हुन् उनी देबी हुन् म दानव ह, आज तिमीहरुलाई साथमा पाए देखि पुन्य र आत्मा शान्ति मिलेको छ ,कर्तब्य पनि जागेको छ , कत्ति दुख्ख नमान म तिम्रो लागि आफ्नो ज्यान बाजी राखेर पनि तिम्रो चाहना पुरा गर्ने छु
आज कृष्ण माया विदेशमा गएको पनि ७ बर्ष पुगेछ , छोरा छोरी कलेज पढ्न थाले , हजुर आमाको धुकधुकी
आफ्नी बुहारी कृष्णमायाको आगमनलाई कुरेको अनु,मान हुन्थ्यो
आज घरमा बिशेष चहल पहल छ , ८ बर्ष पछि आफ्नी हराएकी आमाको मिलन भएको छ, खुसीको एक खवर यो पनि छ आज उनर बिबाह हुदैछ कृष्ण माया र नरदेवको , आफ्ना सन्तानको यो खुशीको अगाडि कृष्णमाया भाबुक भइ आफ्नो लोग्नेलाई हजार हजार सम्झी , मेरोअभाव मा गरेको सन्तानको माया सारा स्वार्थि संसारलाई शिक्षा मिलेको बताई आफु केकसरी भूमिगत हुनुपरेको कुरा नेपालीले अर्को नेपालीलाई गरेका सारा कुरा बताई ऊ रुदै सुनाएकी थिइ
आफ्नी आमाका यी कुरा सुने पछी आफ्नो डायरीमा लेखेका थिए , नेपाली हो आफ्नो कर्तब्य कदापि नभुल यदि तिमीले भुलेको भए हामीले हाम्री ममतामयी लाइ भेट्ने थियेनौं ,
……………….
यो कथा काल्पनिक हो कोहि कसैको जीवनमा मिल्न गएमा सन्जोग मानिदिनुहोला , जलद
इन्द्रेणी शर्मा “जलद “
प्रगतिनगर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
दिनांक २९ अप्रिल २०१३ लिस्बोन सान्तोस

