थोपा-थोपाका भित्र बाहिर
मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्ने दर्दनाक मानवीय पीडाहरु । २०४५ सालमा ठूलो भूँइचालो गयो । त्यतिबेला त्यो भँुइचालोले ठूलो धनजनको क्षती सहित जनजीवन तहसनहस नै बनाइ दिएको थियो । त्यो दर्दनाक परिस्थितिले मेरो कलिलो बाल मस्तिष्कलाई पनि गहिरो सँग छोयो । त्यसैबेला मेरो कलमबाट पहिलो पल्ट केही शब्दहरु लेखियो । त्यतिबेला म १२ बर्षको थिएँ । थुप्रै गीतिकविताहरु लेखेको सम्झना छ मलाई । आफ्ना थुप्रै साथीसगीहरु भेला पारेर साँझमा भाका हालेर गाउथेँ ती बाल कविताहरु । त्यतिबेलाको बालसखी जीवन लेख्नलाई उक्साइ रहन्थ्यो मलाई तर ती लेखाइहरु केवल लेखाइ मात्र थियो ।
आफू पनि अलिकती लेख्न लागेपछि रेडियो नेपालको साहित्य संसार र गीत सङ्गीतका अन्य कार्यक्रमहरु भनेपछि मरिमेट्न थालेँ । कति चोटी मेरो यही बानीले छोरो बिगि्रयो पढेन भनेर घरमा गाली पनि खुवाएको थियो तर पनि म गीत सङ्गीततिर तानिदै गएँ । रेडियोमा त्यति बेला बज्ने प्राय सबै गीतहरुको गायक गीतकार सङ्गीतकारहरुको अझै सम्झना छ मलाई । पुष्प नेपाली बच्चु कैलाश फत्तेमान नारायण गोपाल र भक्तराजका गीतहरु खुबै सुन्थेँ । अनि हरिभक्त कटुवाल रत्न शम्सेर थापा गोपाल योाजन र काली प्रसाद रिजाल जस्ता गीतकारहरुका शब्दहरु भनेपछि हुरुक्क हुन्थँे । वास्तवमा मेरा अदृष्य गुरुहरु पनि वहाँहरु नै हो । वहाँहरुका गीतहरु सुन्दै केलाउदै मैले गीत लेख्न सिकँे । बाबाको जागिर र मामाघर त्यतै भएको हुँदा मेरो बाल्यकाल रामेछाप जिल्लामै बित्यो । जब स्कुले शिक्षा सकेर उच्च शिक्षाको लागि काठमाण्डौ आएँ त्यतिबेलाको मेरो दिनचर्या नै बनेको थियो रेडियो नेपालको प्राङ्गणमा हाजिर हुनु । कलाकारहरु भेट्नु नै ठूलो कुरा जस्तो लाग्दथ्यो । बिहानको क्याम्पस खाना खाने बितिकै रेडियो नेपाल धाउथेँ । गयो घाम ताप्यो बस्यो हेर्यो फर्कियो । त्यसपछिका समयमा आएर अब भएन आफँै केही गर्नु पर्छ भन्दै केही गीतहरुमा धून भर्न थालँे । केही नयाँ कलाकारहरुको स्वरमा केही गीतहरु रेकर्ड पनि भयो । यसरी म सङ्गीतकार पनि भएँ । बाबा पनि सङ्गीतको जानकार भएको हुँदा केही सजिलो पनि भयो । त्यसताका गीतहरु रेकर्ड त भयो तर
बजारमा आएन । लाग्याे मेरा गीतहरु त अझै रेकर्डयोग्य रहेनछन् । अनि केही समय लेखनतिर मात्र लागिरहँे । यसै बिचमा मैले केही गजल र कथाहरु पनि लेखँे । त्यसपछि साथीभाइहरुको सरसल्लाह र सुझावमा आफूलाई मन परेका केही गीतहरु समेटेर मैले ँयाद” एल्बम २०५६ सालमा निकालँे । त्यही एल्बमले चिनेजानेका साथीभाइ शुभचिन्तक अनि मेरै आफ्नै पारिवारिक सदस्यहरुको लागि पनि सुनिल सङ्गम एउटा गीत लेख्ने मान्छे रहेछ भनेर बल्ल चिनायो । त्यसपछिका समयमा थुप्रै गीतहरु रेकर्डिङ्ग भयो । याद एल्बम निक्लिएको एक वर्ष पछि फेरि इच्छा एल्बम निकालँे । ती गीतहरुको श्रोताहरुबाट राम्रै मुल्याङ्कन पाएको छु । त्यसपछि सङ्गीतकार जुगल डङ्गोल गोपी उदास लगायतका मित्रहरुले गीतहरु धेरै भइसक्यो इज्जतको लागि भए पनि एउटा पुस्तक निकाल्नु पर्छ भनिरहनु भयो तर खै त्यतातिर मेरो ध्यान कहिल्यै गएन । यी त भए देशभित्र रहँदाका कुराहरु ।
प्रवासमा रहदा देशको माया अझ प्रगाढ हँदो रहेछ । देशको लागि केही गरुँ र केही दिऊँ जस्तो लागि रहँदो रहेछ तर मैले दिन सक्ने भनेकै मेरा गीतहरु त हो जस्तो लाग्यो । अनि मेरा शुभचिन्तक र मित्रहरुको पुस्तक निकाल्नु पर्छ भन्ने बचन पूरा गर्न मन लाग्यो र थोपा-थोपा नाम दिएर तयारीमा जुटेँ ।
मेरा गीतहरुका बारेमा मैले नै भन्नु पर्दा मलाई जहाँ जसरी जहिले जुन विषयले प्रभाव पार्यो मैले त्यही विषय बस्तु माथि शब्दहरु उतारँे । मैले मेरा गीतहरुमा धेरै थरीका जीवनहरु लेखेको छु । मान्छेको जीवनलाई प्रेमले गहिरो प्रभाव पार्दो रहेछ । मैले प्रेमका त्यही गीतहरु लेखेँ । त्यस्तै प्रेममा प्रेमीहरु पागल पनि बन्दा रहेछन मैले तिनै पे्रमीहरु लेखेँ । मैले त्यागी दयालु र मायालुहरु लेखँे । जालीझेली र निष्ठूरीहरु पनि लेखेँ । कतै छायाँ लेखेँ कतै मायाँ लेखेँ । कतै माटो लेखेँ त कतै बाटो लेखेँ । देश लेखेँ अनि भेष पनि लेखेँ र सुन्दर मनमोहक प्रकृति झनै लेखेँ तर थाहा छैन के कस्तो लेखेँ यसको मुल्याङ्कनको लागि तपाईँ पाठकहरुलाई थोपा-थोपा मार्फत सुम्पेको छु ।
कति गीतहरु धूनहरु म्युजिक ट्रयाकहरु मा पछि शब्द भरेको छु । तसर्थ पनि ती केही गीतहरु संरचनागत रुपमा अनौठो या कमजोर देखिएलान यो स्वभाविक हो । पहिले धून तयार भैसकेका गीतमा शब्द पछि लेख्दा त केही सम्झौता गर्नै पर्दो रहेछ । जे होस् थोपा-थोपा मेरो लेखाइ अनि अनुभव मात्रै होइन
सङ्गीतकार जुगल डँङ्गोल गोपी उदाश र बालशखी जीवन श्रेष्ठ जस्ता मित्रहरुको घचघच्याइ पनि हो । आज थोपा-थोपा गीतसङ्ग्रह जे जसरी पाठक समक्ष आइ पुगेको छ त्यसमा विभिन्न साथीभाइ शुभचिन्तकहरुको सरसल्लाह सुझाव र सहयोगको पनि उत्तिकै ठूलो भूमिका छ । विशेष गरी यो थोपा-थोपाभित्र समेटिएका गीतहरु पढेर यो पुस्तककै लागि केही शब्दहरु लेखि दिनु हुने आदरणीय गीतकार डा। कृष्णहरि बराल वहाँ मेरो गजलका गुरु पनि हुनुहुन्छ ज्यू यसै गरि अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष तथा गीतकार ज्ञानेन्द्र गदालज्यू यसै गरि गीतकार रमेश पौड्याल ज्यू मेरो सङ्गीतकार मित्र जुगल डँङ्गोल पत्रकार तथा गीतकार दीपक विहिन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । त्यस्तै मित्र कृष्णपक्ष जस्ले यो पुस्तकको आवरण देखि लिएर कम्प्युटरका सम्पूर्ण कामहरु गरी सहयोग गर्दै शुभकामनाका शब्दहरु पनि कोरिदिनु भएकोमा वहाँ प्रति पनि हार्दिक धन्यवाद । त्यस्तै प्रकाशनका विभिन्न क्षेात्रमा विशेष सहयोग गर्नुहुने मित्र उमा सुवेदी, यादब भण्डारी, केदार भट्टराई, घनेन्द्र ओझा र भााजा सन्तोष वैद्यमा पनि म आत्मा देखि धन्यबाद दिन चाहान्छु । त्यस्तै यस पुस्तकका निम्ति सम्पुर्ण गीतहरु टाइप गरेर सहयोग गर्ने मङ्गल चौधरी साथै मलाई सहयोग सुझाव दिनु हुने मित्रहरु नयन्द्र चेम्जोङ्ग, सोमेन्द्र घिमिरे ,यस जी र कुमार पौड्याल लगायत अन्य मित्रहरुप्रति पनि हार्दिक आभार । र अन्त्यमा विशेष गरि मलाई सधँै सहयोग सुझाबका साथै जीवनका हरेक सुखदुःखमा साथ दिँदै यो पुस्तक प्रकाशन गरी मेरो साहित्यिक कृति पाठक समक्ष पुर्याउने मेरी जीवन सङ्गिनी बिजी श्रेष्ठलाई पनि हृदय देखि धन्यवाद ।
सुनिल सङ्गम
sunilsangam@yahoo.com

