यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

महंगीले नेटो काट्यो, बाँच्नै गाह्रो भयो हजुर !

गज़ल by टिका खड्का (राष्ट्रप्रेमी) 

महंगीले नेटो काट्यो, बाँच्नै गाह्रो भयो हजुर ! 
ओठभरि खुशी फूलाई, हाँस्नै गाह्रो भयो हजुर ! 

बग्छ आँसु सिसासरी चर्किएर दुख्दा छाती , 
परेलीमा स्वप्नसुन्दर साँच्नै गाह्रो भयो हजुर ! 

पहाड जति तेरो भन्छन्, तराई सबै मेरो भन्छन् 
सिंगो देश छाती माथी, टाँस्नै गाह्रो भयो हजुर ! 

अविश्वासको फाटो बढ्यो, नेपालीमै आज यहाँ 
भावनाको एउटै माला, गाँस्नै गाह्रो भयो हजुर ! 

सम्झनामा रोदी आउँछ, मारुनीको तालमा घुम्छु 
गाउँमा जस्तो सहरमा, नाँच्नै गाह्रो भयो हजुर ! 


मधुमल्ला-४ 
मोरंग ,

Posted by Unknown on 10:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for महंगीले नेटो काट्यो, बाँच्नै गाह्रो भयो हजुर !

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011