'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

दिल्लीमा चार दिन-४ (यात्रा संस्मरण)


टेकेन्द्र अधिकारी 

(केही दिनअघि एक कार्यक्रमका सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली भ्रमणको यात्रा संस्मरणको चौथो भाग यहाँहरू समक्ष बाँडेको छु । ब्यस्तताका कारणले पोष्ट गर्न ढिला भएकोमा तथा ट्याग लिमिटका लागि क्षमाप्रार्थी छु । धन्यवाद)
        ....दोस्रो दिन कार्यक्रमको अन्त्यतिर दिल्ली मेट्रोबारेको कार्यपत्र प्रस्तुति सबैभन्दा चाखलाग्दो थियो । कार्यपत्रका प्रस्तोता थिए- दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएम्आरसी)का डेपुटी चिफ इन्जिनियर एस्ए बर्मा । बर्माले 'क्लिन डेभलपमेन्ट मेकानिज्म एण्ड दिल्ली मेट्रो रेल' शीर्षकको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा क्लिन इनर्जीबारे तालिकासहित विस्तृत अध्ययन र विश्लेषणको तुलनात्मक विवरण समेटिएको थियो ।
       दिल्ली मेट्रो वातावरणीय सन्तुलनका हिसाबले विश्वकै नमुना परियोजनामध्ये एक हो । खासगरी यो परियोजनाले सहरी क्षेत्रमा यातायातका साधनको बढ्दो चाप कम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ । त्यसबाहेक वातावरणीय सन्तुलन जोगाउँदै सन्तुलित विकासमा समेत परियोजनालाई नमुना मानिदो रहेछ ।
            राष्ट्रिय आयमा वृद्धिसँगै सहरको झण्डै ६० प्रतिशत सवारी चाप घटाएर दिल्ली मेट्रोले छिटो र भरपर्दो सेवाद्वारा जनताको विश्वास जित्न सफल भएको रहेछ । सायद् दिल्ली मेट्रो विश्वकै नमुना परियोजना बन्नुको मुख्य कारण पनि यही हुनुपर्छ । घण्टौं सवारी जाममा परेर आम नागरिकको दैनिकी चौपट भएको राजधानी काठमाडौंलगायत नेपालका कतिपय सहरमा दिल्ली मेट्रोजस्तै परियोजना सबैभन्दा उत्तम विकल्प हुनेमा शंका छैन । तर, नेपालमा यस्ता परियोजना सफल हुने दिन आउने हो कि नआउने हो ? यसै भन्न सकिने अवस्था छैन ।
          अर्कातिर डेपुटी चिफ इन्जिनियर बर्माको कार्यपत्रबाट जलवायु परिवर्तनको विषय वातावरणीयमात्र नभएर जल्दोबल्दो राजनीतिक मुद्दासमेत रहेछ भन्ने पनि प्रष्ट भयो । दक्षिण एशियामा भारतले सबैभन्दा बढी कार्बन उर्त्र्सजनका परियोजना सञ्चालन गरिरहेकाले यो विषयले उच्च प्राथमिकता पाउने नै भयो । त्यसमाथि छिमेकी देश चीनले विश्वभरिमा ५८ प्रतिशत क्लिन इनर्जीका परियोजना हात पारेको अवस्थाले भारत चिन्तित हुनु स्वाभाविकै हो । जबकि भारतले मात्र साढे १५ प्रतिशत यस्ता परियोजना सञ्चालन गरिरहेको अवस्था रहेछ ।
          यसबाहेक सेन्टर फर साइन्स एण्ड इन्भाइरोनमेण्ट (सीएस्सी) का निर्देशक सुनीता नारायणद्वारा प्रस्तुत 'द च्यालेन्ज अफ लो कार्बन इकोनोमी ह्वाई एण्ड ह्वाट' पनि निकै महत्वपूर्ण थियो । त्यस्तै भारतका विभिन्न प्रान्तमा सञ्चालित वातावरण संरक्षणसहितको सन्तुलित विकासका नमुना परियोजनाबारेको सचित्र प्रस्तुति झनै रोचक थियो ।
          दोस्रो दिनको अन्त्यमा भारत सरकारका वातावरण तथा वन राज्यमन्त्री जयन्ती नटराजनको सम्बोधनको कार्यक्रम थियो । तोकिएको समयभन्दा आधाघण्टा पहिले नै मन्त्री आइपुगेको देख्दा अनौठो लाग्यो । नेपालमा भए मन्त्री आउँदा अर्कैखाले तामझाम हुन्छ । अघि-पछि कार्यकर्ताको ओइरो लाग्छ । तर, त्यहाँ त्यस्तो केही थिएन । सुरक्षा गार्ड पनि देखिएनन् । बाहिर निस्किएका बेलामा हेर्दा मन्त्रीको गाडी पनि सामान्य पार्किङमै राखेको देखिन्थ्यो । त्यस्तै मन्त्रीले लेखेर ल्याएको भाषण पढेको देखिएन । सम्बोधन सुन्दा जलवायु परिवर्तनजस्तो प्राविधिक विषयमा राम्रो दख्खल राख्ने विशेषज्ञ बोलेजस्तो लाग्थ्यो । यी दृश्यहरू नेपालभन्दा निकै फरक थिए ।
           साँझको ६ बजे निर्धारित समयमै कार्यक्रम समापन भयो । नेपालका अन्य सहभागी मित्रहरू 'सपिङ'का लागि भन्दै टेम्पो चढेर बजारतिर हान्निए । चिसोका कारण खोकीले धेरै दुःख दिएकाले हामी भने कोठामै आराम गर्ने विचारले बस चढेर विश्व युवक केन्द्रमै फर्कियौँ । एकछिन आराम गरेपछि बेलुकाको खानाका लागि तल झरियो । खाने क्रममा बंगलादेशी र श्रीलंकाली मित्रहरू सँगै परिएछ । गफिँदै खाना खाई कोठामा पुगेर सुतेपछि ब्यूँझिँदा बिहान भइसकेको थियो ।
            मंसिर २ गते सोमबार अर्थात् १८ नोभेम्वरका दिन दिउँसो हामीले युवक केन्द्र छाड्नुपर्ने थियो । काठमाडौं फर्किने टिकट मंसिर ३ गते (१९ नोभेम्वर)को भएकाले एकदिन दिल्लीका मुख्य ठाउँ घुम्ने योजना थियो । अघिल्लै दिन भीमजीले कान्तिपुर पब्लिकेसन्सका दिल्ली सम्वाददाता महेश आचार्यलाई फोन गरेर 'हामी आउँदैछौँ' भन्नुभएछ । उताबाट सकारात्मक जवाफ पाएकाले युवक केन्द्रबाट बिहानको खाजालगत्तै निस्कियौँ । हामीलाई जङ्गपुरा स्टेसन पुग्नु थियो । टेम्पोमा जाँदा सस्तो पर्ने भएकाले युवक केन्द्र अगाडिको बस बिसौनीमा पुगेर कुर्न थाल्यौँ । बल्ल-बल्ल सय रूपैयाँमा त्यहाँसम्म पुर्‍याउने एउटा टेम्पो भेटियो ।
            जङ्गपुरा स्टेसनमा पुगेपछि 'सेक्टर बी'को १९ नम्बर घर खोज्न समय लाग्यो । फोन गरेर सोध्नलाई फोन सुविधा भएको ठाउँ भेटिएन । नितान्त नयाँ ठाउँ भएकाले धेरै प्रयासपछि बल्ल १९ नम्बरको घरमा पुग्यौँ । महेशजीको इन्टरनेटसहितको आतिथ्यले मन खुसी भयो । धेरै दिनपछि इन्टरनेट संसारमा रमाउन पाएकोमा खुसीले उफ्रिन मन लाग्यो । घुम्ने योजना बताएपछि महेशजीमार्फत एउटा ट्याक्सीको बन्दोबस्त भयो । आठ घण्टाका लागि भाडामा लिइएको ट्याक्सी ९ बजे आइपुग्यो । हामी साढे ९ बजे ट्याक्सी चढेर दिल्ली घुम्न निस्कियौँ ।
         ट्याक्सीमा बसेपछि परिचय गर्ने क्रममा थाहा भयो ट्याक्सी चालक पनि हाम्रो नेपाली दाइ रहेछन् । बोली र पहिरनका आधारमा झट्ट हेर्दा भारतीय लाग्ने वेदप्रकाश दाइ झापाबाट धेरै वर्ष पहिले दिल्ली पुगेका रहेछन् । गफिँदै अगाडि बढ्ने क्रममा उनले 'हुमायूँका मकबारा' हेर्नुहुन्छ ? भनेपछि हामीले मुण्टो हल्लायौँ । अलि अगाडि पुगेर ट्याक्सी रोकिएपछि हामी ओर्लियौँ । 'म पार्किङमा हुन्छु, तपाईंहरू घुमेर आउनु होला' भन्दै वेदप्रकाश दाइले ट्याक्सी घुमाए । हामी अघि बढ्यौँ । गेटबाट भित्र छिरेपछि थाहा भयो- 'हुमायूँका मकवारा' त पुराना नवाब (राजा) को दरबार पो रहेछ ।
           भित्र छिर्नका लागि टिकट काट्नुपर्ने रहेछ । विदेशी र स्वदेशीका लागि भिन्दा भिन्दै प्रवेश शुल्क तोकिए पनि नेपालीका लागि भारतीय नागरिक सरहकै शुल्कमा हुँदो रहेछ । हामी भित्र प्रवेश गर्दा भारतीयसँगै विदेशी पर्यटकहरू पनि उल्लेख्य नै थिए । एउटा गेट पार गरेर अलि पर पुग्दा अर्को गेट देखियो । त्यो गेटभित्र प्रवेश गरेपछि निकै पर एउटा फरक शैलीको भवन देखिन्थ्यो । वरिपरीको बगैँचा र हरियालीले त्यहाँको वातावरण निकै रमाइलो थियो । गेट प्रवेश गरेपछि तस्वीर खिच्नेहरूको तँछाडमछाड हेर्न लायक हुँदो रहेछ । हामी पनि केही तस्वीर खिचेर बाहिर निस्कियौँ ।

(भीमजी=भीम घिमिरे, फोटो पत्रकार, कान्तिपुर, विराटनगर)
(उद्घोष दैनिक, विराटनगर, २०६८ पुस १ गते शुक्रबार तदनुसार 16 December, 2011)

Posted by Unknown on 1:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दिल्लीमा चार दिन-४ (यात्रा संस्मरण)

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011