सुवासिलो फूल बनून् प्रवासका अक्षरहरू
सुवासिलो फूल बनून् प्रवासका अक्षरहरू
गज़ल कै मूल बनून् प्रवासका अक्षरहरू
अवसर र अभावले छारिंदै छौं विश्वभरी
यी मन जोड्ने पुल बनून् प्रवासका अक्षरहरू
चिनारी होस् जताततै स्तर अँझै बढाओस
खारिएका हुल बनून् प्रवासका अक्षरहरू
बेल्चा गैंती हान्ने मात्र हुन्छ भन्छन् प्रवासमा
तिनका लागि शुल बनून् प्रवासका अक्षरहरू
'घायल'को बाध्यता थ्यो सहभागी भएन ऊ
त्यही ठुलो भुल बनून् प्रवासका अक्षरहरू
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
गज़ल कै मूल बनून् प्रवासका अक्षरहरू
अवसर र अभावले छारिंदै छौं विश्वभरी
यी मन जोड्ने पुल बनून् प्रवासका अक्षरहरू
चिनारी होस् जताततै स्तर अँझै बढाओस
खारिएका हुल बनून् प्रवासका अक्षरहरू
बेल्चा गैंती हान्ने मात्र हुन्छ भन्छन् प्रवासमा
तिनका लागि शुल बनून् प्रवासका अक्षरहरू
'घायल'को बाध्यता थ्यो सहभागी भएन ऊ
त्यही ठुलो भुल बनून् प्रवासका अक्षरहरू
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
