यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शायद अर्को अंक देखि १ महिना तरही मुसायरा राख्न असमर्थ हुनेछु किनकि नेपालमा गएपछि नेटको सहज उपलब्धता नहुन पनि सक्छ ! र २ वटा गज़ल संग्रह प्रकाशन गर्नु पर्ने व्यस्तता पनि रहनेछ ! आशा गरौँ त्यो एक महिनाको अवधिमा तरही मुसायाराले एउटा नयाँ इतिहास कायम गर्नेछ !संधै झैं यहाहरुको सकृय सहयोग र सद्भाव रहने नै छ भन्ने आशा गर्दछु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

नव राज घिमिरे  जीको जन्म स्थान ललितपुर र  हाल काठमाडौं सुकेधारामा बस्नु हुन्छ  ! २०४० सालमा जन्मनु भएका उहाँले  भ्याली सेकेण्डरी स्कुल हुँदै पाटन सयुक्त क्यापसमा अध्यान गर्नु भएको हो र  रोजगारीको सिलसिलामा करिब  ५ बर्ष दुबई हुँदै हाल  युके हुनु हुन्छ !२ कक्षा देखि नै उहाँलाइ साहित्यमा रुची थियो ! हाल  सम्म बिभिन्न पत्र पत्रीकामा फुट्कर कबिता, गजल र लेखहरु प्रकासित भएका छन् र भबिष्यमा नेपाल फर्के लगतै गजल एल्बम र संग्रहसँ गै निकाल्ने योजनामा हुनु हुन्छ  ! मेरा निकट मित्र.खरो तथा स्पष्ट साहित्यिक बक्ता पनि हुनु हुन्छ, हो आज उनै प्रतिभाशाली गज़लकार नव राज घिमिरे ज्युको गज़लको यो मिसरा-ए-सानी  'मान्छे, मान्छे हुन खोज्दा अपमान भईरह्यो' लाइ 'घायलको तरही मुसायरा-३८' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुकको कमेन्ट बक्समा पोस्ट गर्नु वा, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०८ मार्च २०१२ रातको १०:०० बजे (टाइम जोन +४ अनुसार)

गजल: नव राज घिमिरे 
मिसरा: मान्छे, मान्छे हुन खोज्दा अपमान भईरह्यो 
काफिया:  अपमान 
रदिफ:  भईरह्यो 
लय: मान्छे, मान्छे/ हुन खोज्दा //अपमान/ भईरह्यो 
लय:- ४+४+४+४=१६ 

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा, वेबसाइटमा पोस्ट गर्ने वा इमेल बाट प्रेषित गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

फेसबुकको लागि तल क्लिक गर्नु होला
https://www.facebook.com/note.php?note_id=356793321010915

Posted by Unknown on 3:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for घायलको तरही मुसायरा-३८

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011