परिचित छ जीवन पराजयसँग बिजयसँग
गज़ल By रोहित राना
परिचित छ जीवन पराजयसँग बिजयसँग
तैपनि चल्न निकै गाह्रो छयो समयसँग
बेपत्ता पारिएको छोराको खबर देउ मलाई
यहि प्रश्न छ आमाको सरकार महोदयसँग
यहि प्रश्न छ आमाको सरकार महोदयसँग
हो मेरो नाता बच्पनदेखि जोडिएको छ
मेरा गुरुबा आमासँग अनि विद्यालयसँग
मेरा गुरुबा आमासँग अनि विद्यालयसँग
कहिले आक्रोश देखाउछौ कहिले घमण्ड
आश्चार्यछु तिम्रो नाटकिय अभिनयसँग
आश्चार्यछु तिम्रो नाटकिय अभिनयसँग
बुटवल
