लोभी मान्छे पापी मन -----
सामाजिक कथा
सुमित्रा पौडेल 'आँचल'
समय परिवर्तन सँगसँगै .भनिन्छ हाम्रो देश हाम्रो समाज पनि परिबर्तंनशील छ ! हामीमा नयाँ जोस्, नयाँ जाँगर ,नयाँ उमंग र उत्साह थपिएका छन् ! व्यक्ति शिक्षित छन् ,घर शिक्षित छ ,समाज शिक्षित छ ! आज बाहिरि रुपमा हेर्दा लाग्छ हाम्रो देश नै शिक्षित छ ! सतप्रतिशत नेपाली स्वाभिमानी छौं ! अन्यायलाई उजागर गर्दै देशको लागि चिन्तनशील छौं न्याय प्रेमी व्यक्तित्वको रुपमा प्रदर्शन हुन सकेका छौं ,एक आपसमा मिलान्शारिता छ ! देशको अस्तित्व बचाउँन हामी निरन्तर लागि परेका छौं तर परिवर्तन... कस्तो र कसरी ?? हाम्रा अगाडी हजारौं प्रश्न बाचक चिन्हहरु खडा भै रहेका छन् ! हाम्रो नेपाली समाजमा अझै लोभ ,लालच ,ईर्ष्या ,डाह ,घृणा आदि जस्ता कुबिचार , अब्यहारिक र अज्ञानताका कालो पर्दा हट्न सकेको छैन ! चाहे राजनैतिक होस् , चाहे सामाजिक ,आर्थिक नै किन नहोस् कुनै यस्ता परिवार पनि छन् आफ्नो सामाजिक मन प्रतिष्ठालाई बिर्सिएर लोभ लाचनमा नडुबेका पनि होईनन् !
नेपाली उखान छ '''लोभले लाभ ,लाभले बिलाप ''बनाउँछ भन्ने ! हुन पनि हामीले देख्दै पनि आएका छौं ! अनैतिक गरेर कमाएको धन सम्पत्तिले घर परिवारमा बाहिरि रुपमा सुख शान्ति देखिए पनि भित्री रुपमा असन्तुष्टिका कारक तत्वहरु जन्मिरहेका हुन्छन् ! त्यस्तै अरुको आशा गर्नु र लोभ गर्नु कत्तिको उचित र त्यसको औचित्य होला त ? हामी आफैले मनन गर्न सक्ने कुराहरु हुन् ! जब मान्छे लोभी बन्छ कता कता त्यो भित्र अरू माथिको आसक्त बढेको हुन्छ अर्थात आध्यात्मिक दृष्टिकोणबाट पाप कर्मको लालचमा फसेको हुन्छ ! जुन मान्छेलाई अमानबीय चरित्र बोधको संज्ञा दिन सकिन्छ !
समाजको एउटा प्रतिष्ठित परिवार भित्र बाबु समाजको चर्चित र बिशिष्ट व्यक्ति , छोरा मास्टर डिग्री गरिसकेको हुन्छ ! छोरी पनि उच्च शिक्षा हासिल गरी स्वेच्छाले बिबाह गरि शिक्षित परिवारमा सुखी र खुशी जीवन व्यतित गरिरहेकी हुन्छिन् भने आमा बिद्धान कुलकी छोरी र ब्यबहारी पनि हुन्छिन् ! त्यो परिवार हेर्दा एउटा आदर्श परिवार देखिन्छ ! यता छोराको उमेरले जगाएको इच्छा ,आमा बाबुको बुहारी भित्र्याउँने रहरले छोराको बिबाह गर्ने निर्णय भै सकेको हुन्छ !
हाम्रो नेपाली संस्कार र परम्परा केटा र केटि एक आपसमा मिलेर बिबाह गर्नुलाई आफ्नो धर्म र सामाजिक मान्यता बिपरितको कार्य मानिन्छ अझै पनि ! यद्यपी हाम्रो नेपाली समाजमा केटा पक्ष र केटि पक्षको परिवारको रोहबर तथा केटा केटाको देखादेखको आधारमा बिबाह हुनुलाई मान ,प्रतिष्ठा र सम्मानको बिबाह मान्ने गरिन्छ ! त्यस्ता बिबाहहरुमा सामाजिक बाध्यता र इज्जत र नैतिकतालाई हेर्ने पनि गरिन्छ ! जब केटिको बिबाह हुन्छ , नयाँ घरमा भित्रिएकी नयाँ दुलही आफ्नो जन्म घर ,जन्म दिने बाबु आमा छाड्दाका उनका पीडा एका तिर हुन्छन् भने अर्को तिर पराइको घर ,नयाँ ठाउँ ,नयाँ परिवार श्रीमान तथा घर परिवारसँग घुल्मेल्को असहजताले पीडा थपिरहेको हुन्छ ! बिद्धानकी छोरी भएर पनि आफ्नो धर्मलाई बिर्सदै रुढिबादी संस्कारमा अग्रिम भूमिका खेल्न पछि हट्दैनन् आमा ! समय कति परिबर्तित छ , समाज परिबर्तन छ,परिवार शिक्षित छ र पनि त्यस्ता परिबर्तनहरुलाई धाक , रबाफ र आफ्नो हैकममा निर्दिष्ट गर्न चाहन्छन् बरिष्ट समाज सेवी बाबु पनि ! छोरा माष्टर डिग्री गरिसकेको छ ! आजको नव युगमा शिक्षित र नव युवा पिडी भए पनि रुढिबादी संस्कार पट्टि झुकेका लोभ, लाचल र आशाबादिमा बाँचेका आमा बाबुलाई परिवर्तित युगका बारेमा सम्झाउँने सामर्थ्य छोरामा हुँदैन !
गरिब भएपनि स्वाभिमानी बाबु आमाको सन्तान मध्येकि कान्छी छोरी थिईन् रिता ! केटा केटिको खुशी राजिका साथ दुवै घर परिवारको सहमति र सामाजिक परम्परा अनुसार कृष्णसँग बिबाह बन्धनमा बाँधिई एउटा आदर्श परिवार निर्माणको शिक्षालाई ब्यवास्था गरी लोभ ,लालच ,इर्ष्या ,डाह र घृणित पारिवारिक शिक्षा ग्रहण गर्न बुहारी बनेर त्यो घरमा प्रवेश गरी समाजको ठुला बडाकी बुहारी बन्न पुगिन् ! केही समय पछि परिवारका अरू सदस्य आफूसँग त्यति खुशी नभएको महसुस गर्न थालिन् ! समय समयमा सासु आमाले धन सम्पत्ति र दाइजोको कुरा उठाउँदा रिताले एक प्रकारको लोभी र आशाबादी परिवारको संज्ञा दिने गर्थिन् ! सामान्य घरायसी कुरामा बिनाकारण गालीगलौज गर्न सासु आमा अग्रसर हुँदा पनि शिक्षित , ब्यबहारिक र नैतिकवान नारी भएका कारण संयमित हुने गर्थिन ! उनी त्यस्ता सामान्य कुराहरुलाई वास्ता पनि गर्दैनथिन् ! बिस्तारै कृष्ण र रिताको सम्बन्ध घनिष्ट हुँदै गएको थियो ! बिबाह पश्च्यात समय समयमा रिताले माईत जाने प्रस्ताब राख्दा कृष्णले सहज स्विकार गर्दै एक आपसमा खुशी भएर उनको जन्म घर जाने गर्दथे.! उता रीताका बाबु आमा छोरी जुवाईको प्रेम र एकापसमा खुशी देख्दा आफुहरुलाई छोरी भाग्यमानी भएको अनुभूति गर्न थालेका थिए !
भोली पल्ट हाँसी खुशीका साथ उनीहरु घर फर्किदा रिताले सामाजिक परम्परा र आफ्नो गच्छ अनुसार सासु ससुरालाई सम्मानका लागि माइतबाट कोसेली पात ल्याउँदा सासु आमाले इन्कार गर्दै उल्टै मेरो हिरा जस्तो छोरालाई आफ्नो बसमा पारेर हामीबाट टाढा बनाई भन्दै फनफनिदै भित्भुताउन थाल्दा पनि रिताको अनुहारमा नैराश्यता पटक्कै देखा पर्दैनथ्यो किनकि उनी धेरै सहनशील नारी थिईन् ! एक दिन सबै परिवार खाना खाइरहेको बेला सासु आमाले थोरै दाइजो ल्याएकी भन्ने कुरा निकाल्दा समाज सेबी बुवाले स्वरमा स्वर मिलाउँदै त्यही त ! भनेपछि रितालाई ससुरा प्रति केही घृणाको भाव जागेर आयो तै पनि कृष्णले आमा बुवाको कुरामा चित्त नदुखाउनु तिम्रो लागि म छदैछु भन्ने गरेको हुँदा आफ्नो श्रीमान प्रतिको माया र बिश्वासमा उनी अडिक हुन थालेकी थिईन् ! ससुरा बुवाको जिल्लाको कार्यक्रम बिशेषले बाहिर विदेश जाने दिन तय भयो ! सासु आमा कृष्ण र रिता घरमा हुने भए ! ससुरा बाहिर देश गए पछि सासु आमाको रिता प्रतिको ब्यबहार झन क्रुर बन्दै गयो ! केही दिन पछि उनले पकाएको खाना पनि नखाने निर्णय गरि आफै पकाएर खान थालिन् ! तै पनि उनी सासु आमालाई श्रीमानले सम्झाउँने अनुरोध गरिन् ! आफैले पनि गल्ति भएमा माफ माग्दै धेरै अनुरोध गर्दा पनि उनको मन फर्किएन !
रिता गाउँ कै स्कुलमा शिक्षिका थिईन् ! दिन यसरी नै चल्दै थियो ! बिबाह गरेको २ बर्ष बितिसक्दा पनि उनीहरुको बच्चा हुन सकेको थिएन ! उसो त घरमा सासु ससुराबाट दाइजोको निउमा खेप्नी परेको अभद्र व्यवहार र छुद्र बचनहरु मन मुटुमा भिजिरहेको थियो अझै दुई दुई बर्षसम्म बच्चा नहुँदा थारी नाम सम्म सुन्नु पर्ने अबस्थाहरु आईरहेको थियो ! यता कृष्णको माया ,बिश्वास र भरोषामा बाँचिरहेकि रिता उनको श्रीमान पनि केही टाढा हुन थालेको महसुस गर्न थालिन् ! बिबाह भएको करिब तीन बर्ष हुन लाग्दा उनको पेटमा बच्चा आएको शंका लागि डाक्टरकोमा जाँदा हो भन्ने भए पछि उनलाई एउटा साहराको महसुस हुन थालेको थियो ! उता सासु आमा मेरो छोराको लागि त ठिक छैनस् ,मेरो छोराको जिन्दगीलाई तैले बिगार्ने भईस ! तँ थारी होस् आफ्नो बाटो लाग र मेरो छोरालाई छाडिदे भन्न सम्म पछि नपर्ने भईन् ! सासु आमाको यस्तो ब्यबहार र स्थितिले घरमा तनाव बढ्दै गयो ! टेन्सन हुनु पनि स्वभाबिकै थियो ! तर ससुरा बुवा त्यो समाजका सम्मानीय व्यक्ति सासु आमाले बुवा कै अगाडी निकृष्ट ब्यबहार गर्दा पनि चुप चाप हेर्ने गर्दथे ! रिता भने उनीबाट सहयोग तथा विश्वासको अपेक्षा गर्दथिन् ! रिताले सोच्ने गर्थिन् बुबाले यो घरको नराम्रो स्थितिलाई मिलाईदिए हुन्थ्यो तर ससुरा बुवा त्यो दुर्दशा हेरिरहन नै मनपराउँथे !
बिबाह गरेको लामो समयपछि रिता गर्भवती भईन् उनको पेटमा बच्चा बढ्दै गएको थियो ! यसैक्रममा उनको श्रीमानले अचानक पेटमा बढिरहेको बच्चा फाल्ने प्रस्ताव राखे । उनी झसंङ्ग भईन् । रुन थालिन् केही बोल्न सकिनन् । आफुलाई अभागी सम्झेर घरमा स्कुलमा जतिबेला पनि रुन मात्र थालिन् । उनी आफ्नो श्रीमानलाई भन्थिन् यो बच्चा मेरो र तपाईको लागि अनुपम उपहार हुने छ ।म जसरी पनि यो बच्चा जन्माउन चाहन्छु । तर उसले रिताको न रोदन सुन्न थाल्यो न अनुरोध ! उनलाई लाग्थ्यो बेलाबेलामा माइतीतिर गएर बच्चा जन्माउँ तर विवाह भैसकेकी चेली माइतीमा गई बच्चा जन्माउँदा सामाजिक प्रश्न उठ्थ्यो त्यसैले बिचरा ! रिताले हिम्मत गर्न पनि सकिनन् ।
यता कृष्ण उनका श्रीमान् बच्चा फाल्ने कुरामा अडिग रहिरहे । रिताको लाखौँ अनुरोधलाई उसले सुनेन ! आखिर उनीहरु एकदिन अस्पताल गए ! डाक्टरले उनीहरुको बारेमा सबै कुरा बुझेपछि पहिलो बच्चा नफाल्न नै सल्लाह दिए । उनी चाहन्थिन् श्रीमानको चित्त पनि नदुखोस्, र बच्चा पनि जोगाउन सकियोस् भन्ने सम्म कोसिस गरिन् ।
तर कृष्णले भने '''
'' हेर रिता ! हुन त हाम्रो बिबाह भएको ३ बर्षपछि तिम्रो पेटमा बच्चा रहेको छ म खुशी हुनु पर्ने हो तर अहिले मेरो राम्रो जागिर पनि छैन !
तिमी पढ्दैछौ र तिम्रो त्यो सानो जागिरले घर खर्च धान्न पनि धौ धौ हुने गर्दछ, तिमीलाई थाह नै छ , घरमा पनि यस्तो बबाल छ ! हामीलाई घरमा बुवा आमासँगै बस्नु पर्ने बाध्यता छ !
यदि मैले भनेको मान्छेऊ भने अझै १ बर्ष कुरौं मेरो प्रोजेक्टमा जागिर भएपछि बच्चा जन्माउँला सुखी र खुशी पारिवारिक बातावरणमा बच्चाको पालनपोषण गरौंला !
तिमी म भन्दा धेरै बुझ्ने पनि छौ । म तिमीसँग छँदैछु नि प्लिज मलाई साथ देऊ ।
बिचरा ! रिता अरु कुनै उपाय पनि थिएन । उनी बाध्य भइन् !
बच्चा फाल्नका लागि डाक्टरको सल्लाहअनुसार औषधिको प्रयोग गरिन् !
औषधि खाएपछि उनको पेटमा भएको बच्चा जाने क्रम शुरु भयो । बच्चा फालेको केही दिनसम्म श्रीमानले राम्रो व्यवहार गरे । उनको श्रीमानले एकदिन अचानक अब हामी सँगै बस्न सक्तैनौं अलगअलग बस्नुपर्छ भन्दा उनी छाँगाबाट खसेजस्तो भईन् । त्यस रात कृष्ण अलग्गै कोठामा सुत्न गए । अर्को रात उनी पनि श्रीमान सँगै सुत्ने तयारी गर्दै थिईन् सासु आमाले एक्कासी ‘यो केटीले के नाटक गर्दैछे भनेर गाली गर्न थाल्दा कृष्ण केही नबोली जुरुक्क उठेर आमाको कोठामा सुत्न गए ! त्यसपछि सासु आमाले रितालाई एकान्त पारेर धेरै फकाउन थालिन् ''गालि गरिन्
हेर रिता तँ पढेलेखेकी मान्छे ।
जति पनि केटा पाउँछेस् , अब तिमीहरुको त कोठा पनि अलग भैसक्यो सम्बन्ध पनि राम्रो छैन भन्दै मिठो र नरम स्वरमा भन्न थालिन्
रिताको आफ्नो श्रीमान प्रतिको माया अझै पनि गाढा थियो ! उनी आफ्नो श्रीमानलाई मायालु र नम्र स्वरले हिजो किन छुट्टै सुत्नु भएको भनी सोध्छिन् , खै आमाले भन्नु भएको ज्योतिषले तीन दिनसम्म हामीलाई सँगै नसुत्नू भनेको छ रे भन्ने जबाफ दिएपछि कारण सोध्न खोज्दा रीताका कुरा सुनिरहेकी सासु आमा अब यसरी चल्दैन यसका माइतीलाई बोलाइदिन्छु र छिनोफानो गरिदिन्छु भन्दा रिता डराएर भित्र भित्र विछिप्त हुँदै साँच्चै हजुरले मलाई छोड्न नै खोज्नु भएको हो र ? कृष्णलाई प्रश्न गर्छिन् ,
हो, तिमीलाई मैले केही दिन पहिले नै भनेको थिएँ तर तिमीले मजाक सम्झियौ सजिलै कृष्णको जवाफ आयो !
रिता दु;खी हुँदै भन्छिन्
''जिन्दगीको सवालमा पनि कसैले मजाक गर्छ र ?
रितालाई माइती बिलाएर सुम्पिदिने धम्कि आएपनि आफ्नु कारणले आमा बाबुलाई दु;खी तुल्याउन चाहन्नथिन् यद्धपी उनको धैरेताको बाँध फुट्न गई विदेश भएकि नन्दलाई झिनो आशा बोकेर रुँदै फोन गर्छिन् र घरमा सबैले उनी प्रति गर्ने व्यवहार र आफ्ना कथा र ब्यथाहरु आत्मियताका साथ पोख्छिन् , तिमी पढेलेखेकी मान्छे किन चिन्ता गर्छौ केही व्यवस्था भइहाल्छ नी मिलाउन त खै कसरी मिलाउनु र ? नन्दको यस्तो क्रुर बाक्यले उनी पट्टिको आशा र विश्वास ढल्न गयो र उनी निरासिदै झन् धेरै रुन थालिन् ,त्यहाँ उनको पीडा बुझ्ने र रोदन सुन्ने कोही थिएन !
नन्द उनको श्रीमान छबिलालको साथका परदेशिएको पाँच बर्ष भै सकेको थियो बिदेशी रहनसहन र भौतिकबादको संसारमा रम्दै गरेकि उषाको (रिताको नन्द )विचार ,बोलीचालीमा त्यो परिवारको संस्कारको गन्ध यथावात नै झल्किन्थ्यो !
छबिलाल उनको आमा बाबुका एक मात्र सन्तान थिए ! जमिन्दार बाबु आमाका एक्लो सन्तान भएपनि छोराको परदेशमा पढ्ने रहरलाई पुरा गर्न बाबु आमाले अनुमति दिएका थिए ! छबिलाल र उषाको १० कक्षा देखिको प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा रुपान्तरण गर्न अस्ट्रेलिया गएको २ बर्षपछि घरमा प्रस्ताब राख्दा छोराको खुशी आफ्नो खुशी देख्न चाहने बाबु आमाले केही नबुझी स्वीकृति दिएका थिए ! उषा सामाजिक अन्धविश्वास र रुढिबादीको हैकम चलाउँने बरिष्ट समाज सेवी बाबु र कुसंस्कारको माथि आधिपत्य जमाउँदै अर्काको धन सम्पत्तिको मोहमा लुप्त हुने आमाकि छोरी थिईन् ! तर कृष्ण भने शिक्षित भएका कारण आफु ,घर समाजलाई परिवर्तन गर्ने मान्यता पाल्ने नयाँ विचारक भएपनि बाबु आमाका अपाच्य र अप्रिय सोच र बिचारलाई परिवर्तन गर्न हर प्रयासको बाबजुत पनि बिफल नै थियो अन्तत ;ऊ आफ्नी प्राण प्यारी जीवन संगिनी रिताको रुप यौवन , सुशीलता , सलिन्ता र प्रेमको खानीमा ओत्प्रोत्तिनुलाई लत्याएर उनीहरुको चिन्तन ,भावना ,विचार र क्रियाकलाप नमिल्दा नमिल्दै पनि समाजलाई देखाउँने वहानामा कर्तब्यपरायण बन्दै मायाबी संसारको रंगिन जालो भित्र फसिसकेको थियो !
उषा जमिन्दारकि एक मात्र बुहारी उसोर परदेशी जीवन ! धन सम्पत्तिको लेखाजोखा नै थिएन ! यता छबिलालका आमा बुवालाई बुढेसकालले छोईसकेको थियो ! घर मधेश भएपनि काठमांडू शहरको बीचमा गगनचुम्बी दरबारिय महलमा केही बर्ष अघिदेखि बस्दै आएका थिए ! त्यति सुबिधा सम्पन्न घरमा बस्दा पनि उनीहरुको मन बेचैन बनिरहन्थ्यो सन्तानको अभावमा पलपल तड्पिदै भित्र भित्र डर त्रास मच्ची रहन्थ्यो ! उनीहरुमा शान्तिको अनुभूति पटक्कै थिएन ! नोकर चाकरको भरमा गुजेरा गर्नु परेका अन्धकारमय दिनहरु उनीहरुका लागि अभिशाप बन्दै गयो ! छोरा बुहारीलाई स्वदेश फर्कन लाख अनुनय बिनय गर्दापनि आफ्नो माटो र संस्कृतिलाई चटक्कै बिर्शिएर उषाले दिने गरेका ''जे गर्नु छ पैसाले गर्नु नेपाल आएपछि हाम्रा छोराछोरी तपाईहरुका संस्कार ,शिक्षा र रहनसहनले बिग्रनेछन् ''भन्ने पटक पटकका यस्ता कर्तब्य बिमुखका ठाडो जवाफले मरेतुल्य बनेका छबिलालका आमा बुवाको हालत दिनप्रतिदिन बिग्रदै गयो परिणाम स्वरुप हृदयघातबाट बुवाको मृत्यु भयो !
आमाले छरछिमेकी र आफन्तलाई गुहार गर्दै परम्परा अनुसार पतिको अन्त्येष्ठी र काजक्रिया गर्न छोरालाई तुरुन्त बोलाउँन अनुरोध गरिन् ! आफन्तले बुवा परलोक भएको खवर छबिलाललाई सुनाएपछि आठौं दिनमा आफु मात्र आएर छोराले गर्नु पर्ने क्रियाकर्मको कर्तब्य पुरागरे ! आमा छोरालाई बालकै सम्झेर हृदय देखिको ममता र स्नेह बर्साउँदै आखिर सम्पत्ति के नै रहेछ र ?? बाबु ''धनले लाभ लाभले बिलाप ''भनेको यही रहेछ भन्ने बुझे मैले ! जे जति सम्पत्ति हामीले आर्जन गरौं त्यो तिम्रो लागि नै हो तर तिम्रो विदेश गएर पढ्ने रहरलाई पुरागरिदिने हाम्रै ठुलो गल्तीले गर्दा आज बुवाको मृत्यु तिम्रो अभाब खड्किदा खड्किदै भयो ! यत्रो सम्पत्तिले नपुगेर तिमी धनको लोभमा पछि लाग्दै अझै मनमा वित्रीष्णाहरु पालिरहेका छौ ! जिन्दगीको संघर्ष ,कथा र व्यथाहरु तिमीलाई पोख्दै सुखी र आनन्दको जीवन बिताउँने हाम्रा कल्पना र सपना हावामा बिलिन भए भन्दै ममता र स्नेहले भरिएका शब्द रुपी अमृत रसले भिजाउँदैन कारुणिक आँशुका थोपाहरु छोरा सामु खसाउदै थिईन् उषाको फोन आयो ! आफ्ना छोरा छोरी साथमा हुँदा हुँदै पनि छबिलालको अभावमा छट्पट्टीएको गुनासो गर्दा श्रीमतिको बसमा आफ्नो जिन्दगीलाई होमेका छबिलालले भोलि पल्ट नै फर्कने कुरा गरेको सुनेर मनको चन्चलतामा बसिरहेकी आमा एक्कासी डाँको छोडेर रुन थाल्छिन् तर छोराले आमाका ती आँशु पुछ्ने कोसिस गरेन उल्टै भएको जायजेथा सबै बिक्री गरी पैसा बैकमा राखेर आमालाई गाउँ लगेर आफन्तलाई जिम्मा लगाउने निर्णय गर्यो र ऊ आफ्नो कार्य सकेर अस्ट्रेलिया फर्कियो !
यता रिताको गर्भपात भएको आसपासका दिनहरुमा पनि दुर्ब्यबहार गर्न अझै छाडेका थिएनन् !
रिताको केही सीप लागेन र ससुरा बुवासँग सबै कुरा खुलस्त राख्ने साहस गरिन् !
तर ससुरा बा ,
यो तिमीहरुको बीचको मामला हो, मैले कारण सोध्न मिल्दैन । तिम्रो भाग्यको कुरा पनि हो कसैकसैको यस्तै हुन्छ । मैले मेरो छोरोको बिहे रहरले गरेको थिएँ । तिमीहरुको यस्तै नराम्रो भयो । अब तिमीहरुले आ–आफ्नो भविष्य कसरी राम्रो हुन्छ त्यो सोच्नुपर्छ । मेरो दायित्व, तिमीलाई बिहे गरेर ल्याएकी बुहारी हौ, तिमीलाई थाह नै छ मेरो सम्पत्ति छैन ! हाम्रो देशमा आफ्नै पौरखमा बाँचेका महिलाहरु पनि छन् ! तिमी आफ्नो कर्तव्य गर !
ससुराले त्यति भने पछि रितालाई झनक्क रिस उठ्यो त्यसपछि उनले भनिन्
''म यस्तो संस्कारमा हुर्केको केटी पनि होइन ! हजुरलाई थाहा छँदैछ, म मध्यम परिवारमा बुवा आमाको एक मात्र सन्तान हुँ । प्रसस्तै धन सम्पत्ति नभए पनि मेरो आमा बुवामा कहिल्यै लोभलालच पलाएन ! गरिब दु;खीहरुलाई आफ्नो गछ्य अनुसार सहयोग र सदभाब पनि दिदै आउनु भएको छ भने आफ्नो गाउँको विकासको लागि आबस्यक चन्दा प्रदान गर्दै गाउँको विकासलाई टेवा पुर्याई रहनु भएको छ ! मेरो लगनशिलता र मिहेनत देखेर पढ्ने रहरलाई पुरा गरिदिनु भयो र मैले माईती घरमा नै एमए पास गरे ! तपाइँहरु मेरो रुप , गुण र मेरो आमा बाबुको एक्लो छोरी देखेर सम्पत्तिको लोभमा मलाई बुहारी बनाउने ईच्छा व्यक्त गर्नु हुँदा मेरो बुवाले तपाई बरिष्ठ समाज सेवी र कृष्णलाई शिक्षित र मेरो जिन्दगीलाई योग्य सम्झदै अरू कुनै कुराको प्रबाह नगरी तपाईहरुको साथमा गछ्य अनुसारको दाइजो सहित सुम्पनु भयो बिडम्बना त्यसको केही दिन पश्च्यात बुवाको अचानक मृत्यु भयो ! मेरो बुवा , ससुरा जे भने पनि तपाई नै हुनुहुन्छ ! रिताले यसरी भन्दा बिस्तारै समाज परिवर्तन हुँदै जान्छ तिमीले बुझ्नु पर्छ ससुराका तिक्त कुराहरुले घरायसी समस्याको सकारात्मक पहलको अपेक्षा गरेकी रितामा आखिर निराशा मात्रै छायो !
रिता माथि धेरै अन्याय बढिरहेको थियो । त्यो घरमा उनलाई कुकुरलाई जस्तै व्यवहार गर्न थालिसकेका थिए !
उनी शारीरिक र मानसिक दुवै रुपमा कमजोर हुँदै गैरहेकी थिईन् ! जब उनी स्कुलबाट आउँथिन् आफ्नै कोठामा एक्लै बस्थिन् । उनले पकाएको कसैले पनि खादैनथें ,
एक दिन बिहानै कृष्णले उनको नजिक आएर कोठा सर्ने कुरा भने ,
उनी बाथ रुममा आफ्नो काम सकेर आफ्नो कोठामा जाँदा सबै सामान प्याक गरेको देख्दा उनी दंग परिन् यद्धपी उनलाई सहनु बाध्यता थियो !
कोठा सरेको २-४ दिनसम्म कृष्ण समयमा कोठामा आएका थिए त्यसपछि आउँन छोडे र ३-४ दिन बाटो हेरिन् नआएपछि एकदिन बिहानै घर गईन् तर उनका लागि ढोका खोल्ने कोहि थिएन !
उनी ढोका बाहिरै बसेर धेरै बेर रोहिरहिन् र केही सीप नलागेपछि कोठामै फर्किन !
केही घण्टापछि कृष्ण डेरामा आएर,
''आफूलाई के सम्झेकी छस् अब यस्तै जबरजस्ती गरिस् भने तँलाई आमा समुह ल्याएर कुटाउँछु भन्दै फेरि त्यस्तै नराम्रो व्यवहार गरेर हिंडेपछि उनी फर्केर कोठामा आएनन् !
यस्ता दिनहरु रिताका धेरै बितिसकेका थिए र पनि आफ्नो दु;ख ,दर्द ,पीडा र बेदनालाई कहिल्यै माईत गएर पोख्ने आँशु देखाउँने दुसाहस गरिनन् तर जति सहनशील बने पनि रिताको केही सीप लागेन ! कृष्णलाई अर्को केटि खोज्दै गरेको कुरा कसैबाट सुनिन् त्यसको भोलि पल्ट नै कृष्णले सम्बन्ध बिच्छेदको लागि सम्बन्धित नगरपालिकामा फिराद दर्ता गराएको थाह पाईन् ! त्यस पछि लुकिछिपी रहेको यी सबै समस्याहरु सार्बजनिक हुन पुग्यो !
त्यसले गर्दा रिताको मन झन बिक्षिप्त भयो ! उनका शुभ चिन्तकहरुले केश लड्न आग्रह गरेका हुँदा उनले ती कुरालाई मनासिब ठानेर श्रीमान सँगै बस्न पाउनु पर्ने मुद्धा जिल्ला अदालतमा पेश गरेर न्यायको भिक मागिन् !
मेरो परिवारले मलाई अन्याय गरे पनि यहाँ सम्म ल्याएर मसँगबाट मेरो श्रीमान् जबरजस्ती नछिनियोस। म मेरो श्रीमानलाई एकदमै माया गर्छु । उनी पनि मलाई माया गर्छन् तर किन हो कुन्नि परिवारको अगाडि डराउँछन् । म श्रीमानबाट अलग बस्ने कुराको कल्पनासम्म गर्न सक्तिन । मैले श्रीमान छोड्नुपर्ने कुनै अपराध गरेकी छैन !मसँग नगरेको गल्तीको सजाय भोग्ने हिम्मत छैन ! '''उनी आत्तिदै ,भक्कानिएर रुँदै भन्छिन् !
एकदिन जिल्ला अदालतले उनको लागि सम्बन्धविच्छेद हुने गरी एकदमै कठोर फैसला गरिदियो ! त्यसपछि झन् उनी अन्यायमाथिको अर्को अन्यायको बोझ बोक्न बिबस भईन् !
यता फेरि कृष्णले १० लाख नगद रुपैयाँ दाइजो स्वरुप लिएर अर्को विवाह गरेर लुकाइराखेको खबरहरु सुन्नमा आएपछि उनको परिवारले चरित्रमा दोष देखाउनका लागि धेरै नराम्रा लाञ्छना लगाई चरित्रहीन केटी हो, त्यसैले हामीले घरबाट निकालेको आदि–इत्यादि झूटा आरोपहरु लागाइएको कुरा सम्म थाह पाइन् !
त्यस खबरले उनीको मुटु झन छिया छिया बनायो !
रिताले आफ्नो हिक्मत र साहसलाई नडगाई भन्न थालिन् जहाँसम्म दाइँजोको कुराको सम्बन्धमा हाम्रो दुवै पक्षबीचमा कसरी विवाह गर्ने, दाइँजो केकति गर्ने भनेर मेरो बुवा आफन्तहरु सल्लाह गर्न जानुभए कै थियो ! त्यतिबेला आफ्नो गच्छे अनुसार दुनियाँले अहो ! भन्ने गरेर नै चलनचल्तीअनुसार मेरा बुवाले दिनु भएकै हो ! सुन्दैछु दाइजो कमीका कारण म माथि यो अपराध गरिदैछ रे ! उनले आफ्नो पीडालाई पुनराबेदन अदालत सम्म पोख्छिन् अन्तत त्यहाँ पनि हार पाउँछिन्
रीताका दु;खद आत्मालोचना सुन्ने न न्यायलय नै भयो न त्यो परिवार र समाज !
कृष्णले दोस्रो बिबाह गरेको केही दिन पश्च्यात नै उसको दोस्रो श्रीमतीबाट बाबु आमालाई अपमान हुन थालेपछि कृष्ण लाचारपन लिएर रिताको शरणमा पुग्दा रितामा मनोबल बढ्न गई आत्मा स्वाभिमानले बाँच्न चाहने कुरा व्यक्त गर्छिन् ,
पुरुष बिना नारीको जिन्दगी अस्वभनिय र बिरसिलो अबस्य हुन्छ नै ''आफ्नो विचार ,आफ्नो भावना ,आफ्नो जीवनमा आफुले जे भोगिन्छ ,जे चिन्तन मनन गरिन्छ त्यो नै जीवन हो '' जुन आज मैले भोगेको छु ! सद्गुण र दुर्गुण छुट्याउन नसक्ने हाम्रा यी आँखाहरु र दुनियाँको अगाडी देखाउन बाहाना गर्दै नक्कली मायाबी जिन्दगीबाँच्नेहरु देखर दया लागेर आउँछ यद्धपी जब सम्म तपाईको मन मष्तिष्कबाट नकारात्मक सोच र बिकरहरु हट्दैनन् तब सम्म त्यो परिवारमा सदाचार र सदबिचारको अंकुर पलाउन सक्दैन ! त्यसैले मेरो जीवन पूर्ण नभएपनि त्यस्तो घृणित संस्कारलाई परित्याग गर्दै परिवर्तनका लागि यै स्कुलका बच्चाहरुलाई आन्तरिक विचार प्रस्फुटनको पाठ सिकाएर स्वाभिमानले बाँच्न सक्ने पाठ सिकाउछु मलाई कुनै पछुतो छैन ! रिताका सहशिलो यो अठोटले कृष्ण निशब्द हुँदै बाटो लाग्छन् !
उता छबिलालको छोरा कुलतमा फसेर उनी र उषालाई पर्न गएको ठुलो चोटले स्वदेश छाड्नुमा साह्रै पछुतो मान्दै धनको लोभले गर्दा जिन्दगी नै बर्बाद हुन लागेको महसुस हुन थालेपछि छोरीलाई उतै बिबाह गरेर आफ्नै मातृभूमि फर्कने निर्णय गर्दछन् ! आफन्तको दैलो कुरेर बसेकी छबिलालकि आमामा त्यो कुरा सुनेर छोराका कर्तुतहरु बिर्सदै तनमन भरि नयाँ बिहानीको न्यानो घामको अनुभूति गर्दै आफ्नो मुटुको धड्कनको प्रतिक्षामा बस्छिन् !
''' समाज सुधारको काम सर्वप्रथम आफ्नो घरबाटै शुरु गर्नुपर्छ ! संसारमा हामीले भौतिक रुपमा जे देखे पनि आफ्नो विचार ,भावना ,सोच जब सम्म भित्रबाट प्रस्फुटन हुदैन तब सम्म नयाँ जोस् नयाँ जाँगर ,उत्साह र उमंगले समाज शिक्षित बने पछि परिबर्तन हुन सक्दैन त्यसैले एक आदर्श व्यक्तिबाट त्यो परिवार आदर्श बन्छ , परिवार आदर्श भएमा देश आदर्श बन्छ सक्छभन्ने कुरा हामीले बिर्सनु हुँदैन भन्ने आदर्शबादी शिक्षा दिन रिताले गाउँकै स्कुलबाट सुरु गर्छिन् ! '''
अस्तु -----
Posted by Unknown
on 8:43 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0