यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा 
मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा ।

हतास हुँदै दौड धुप गरिरहन्छ मान्छे
आफूबाट कालो धन द्रव्य टाढा जाँदा ।

मुर्छा परि बिलाप गर्छौं आफ्नो कोही गए
किन दुखी हुन्नन् मान्छे अन्य टाढा जाँदा ।

इतिहास कस्ले लेख्यो मानिसको यस्तो ?
काल्पनिक कथा भा'छ तथ्य टाढा जाँदा ।

यो 'घायल' छटपटीन्छ डाको छोडी रुन्छ
फटाहाले घेरी हाल्छन सभ्य टाढा जाँदा ।

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई
©घायल

Posted by Unknown on 9:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011