घायलको तरही मुसायरा-६
सुचना! सुचना!! सुचना!!!
आदर्णीय अग्रज ज्यु समकालिन मित्र तथा पाठकहरु यहाँहरुलाई अवगत भएकै कुरा हो की हाल 'घायलको तरही मुसायरा' आफ्नै ब्लगमा संचालन हुँदै आएको छ । गत श्रीङ्खलाहरुमा बिबिध प्राबिधिक कठिनाइको वाबजुद पनि यहाँहरुको उल्लेख्य सहभागिताले मलाइ निक्कै खुशि बनाएकोछ । समग्रमा भन्नु पर्दा यो गजलको बिकासमा अर्को एक फड्को हो । यसको श्रेया यहाँहरुलाई नै जान्छ र म भित्री हृदयदेखि नै आभार सहित धन्यबाद् ज्ञापन गर्दछु । यसरी नै यहाँहरुको निरन्तर साथ पाइरहने अपेक्षा पनि गर्दछु । यहाँहरुलाई रचना पोस्ट गर्न कुनै समस्या आइ परेमा मलाइ फेसबुकको इन बक्समा मेसेज पठाउँनु होला म समाधान गर्ने कोशिश गर्नेछु । धन्यबाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
'घायलको तरही मुसायरा-६' यहाँरुको सामु छ । 'घायलको तरही मुसायरा'ले अर्को छलाङ्ग मारेको कुरा यहाँहरुलाई अवगत नै छ । घायलको तरही मुसायरा आफ्नै ब्लगमा सफलता पुर्वक संचालन भईरहेकोछ । यसैगरी यहाँहरुको न्यानो साथ रहने नै छ भन्ने आशा गरेकोछु । संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । सँधै झैं हरेक श्रीङ्खलाहरुमा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । म अब देखी हप्ताको
एक श्रीङ्खला लिएर आउँनेछु आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।
(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।
स्कुल जीवनदेखी नै कबिता,लघुकथा साथै साहित्यका बिबिध क्षेत्रमा कलम चलाउँदै आउँनु भएका जितेन्द्र मल्ल क्याम्पस जीवनमा आइपुग्दा १० जना साथिहरु मिलेर संयुक्त कबिता संग्रह 'अञ्जुलीमा अभियन्त' प्रकाशन गरिसक्नु भएको छ । युएईमा रहेर निक्कै मिठा-मिठा गजलहरु फेसबुक मार्फत पस्किंदै आउँनु भएका प्रतिभाशाली गजलकारको यो मिसरा-ए-सानी 'मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो' लाई आज तरहको रुपमा पेश गरेकोछु । यहाँहरुले पनि यसैको आधारमा एक पूर्ण गजल लेखेर यहि ब्लगमा पोस्ट गर्नु होला ।
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २१ अप्रिल,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)
गत हप्ता मैले सोधेको थिएँ 'ब्लगमा सिर्जना वा प्रतिक्रिया पोस्ट गर्न समस्या पर्यो ?' तपाइहरुको मत अनुसार धेरैले जानकारी दिनु पर्यो भन्नु भएकोले यहाँ कसरी आफ्नो सिर्जना/प्रतिक्रिया पोस्ट गर्ने भन्ने बारेमा जानकारी दिंदैछु ।
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् अनी प्रकशित हुने प्रतिक्षा गर्नुहोस्
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने मात्रै साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

जून तारा मात्रै झार्ने, गजल अब लेख्दिन भो ।
मुग्लानीको पीडा खार्ने, गजल अब लेख्दिन भो ।
प्रीती लेखे माया दुख्छ, ब्यथा लेखे कथा दुख्छ,
जे लेखे नि सुख बार्ने, गजल अब लेख्दिन भो ।
भिर लेखे पाखा मर्छ, गीत लेखे भाखा मर्छ,
यौटा बचाइ अर्को मार्ने गजल अब लेख्दिन भो ।
खेल न हो जिन्दगानी, कोही जित्छ कोही हार्छ,
यौटा जित्दा अर्को हार्ने गजल अब लेख्दिन भो ।
साहित्यले जोड्नु पर्छ लाखौं लाख मनहरु
मित्रता मै चिरा पार्ने गजल अब लेख्दिन भो ।
सहभागिताको लागि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद ! अब भोलि 'घायलको तरही मुसायरा-७' अप्रिल २२,२०११ दिनको १२-१ बजे (युएई समय अनुसार) आउँनेछ प्रतिक्षा गर्नु होला धन्यवाद !

आफै सँग आफै हार्ने गजल अब लेख्दिन भो
आफन्तनै टाढा पार्ने गजल अब लेख्दिन भो।
यसै पनि परदेशमा एक्लै तड्पी बस्दैछु म
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो।
रात त्यसै बित्न थाले सम्झनामा बस्दा बस्दै
अझै भोक पनि टार्ने गजल अब लेख्दिन भो।
बल्ल तल्ल सम्हाल्दै छु विछोडको पीडालाई
आँखाबाट आँसु झार्ने गजल अब लेख्दिन भो।
दु:ख पीडा बिर्सिएर बाँच्ने कोशिस् गर्दैछु म
हाँसो खुसी टाढा सार्ने गजल अब लेख्दिन भो।
सुवाश श्रेष्ठ गोरखा नेपाल
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
दुइ थोपा आशु झार्ने गजल अब लेख्दिन भो !
सधै सधै एक्लो पार्ने गजल अब लेख्दिन भो !!
आफ्नु चाह पुरा गर्न भावनाको कथा लेख्नु !
जिती सके पछी हार्ने गजल अब लेख्दिन भो !!
लेख्नु पर्ने अरु निम्ति आफ्नु मात्र सोचे पछी !
खुशी जति पर सार्ने गजल अब लेख्दिन भो !!
बिबसता मात्र सधै अभागी यो कर्म हाम्रो !
मुग्लानीको पिडा खार्ने गजल अब लेख्दिन भो !!
असमर्थ अज्ञानी छु विवेकको बास छैन !
सत्य मेरो किन टार्ने,गजल अब लेख्दिन भो !!
हिरु शर्मा ,बिराटनगर
नेपाल
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
''घायलको तरही मुसायरा --६ लाई स्वागत गर्दै सफलताको कामना सहित सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अभिबादन !!
दिईएको मिसरा ;मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन म ''को आधारमा जानी नजानी सहभागिता जनाउँने प्रयास गरेको छु ,, सहभागिता जनाउँने अवसर दिनु भएकोमा आदरणीय सर्जक ''घायल ज्यु '' प्रति हार्दिक आभार व्यक्त गर्दछु /
गजल
आफ्नो मन आफै मार्ने गजल अब लेख्दिन भो नियम् बिना झारा टार्ने गजल अब लेख्दिन भो
एकान्तमा तड्पिएर बितेका छन दिन रात
अबुझ् लाई आँखा तार्ने गजल अब लेख्दिन भो
नियतिले यस्तै पार्यो कस्लाई दोष दिनु र खै ?
आफ्नालाई आँशु झर्ने गजल अब लेख्दिन भो
बिषालु भै मेरा शब्द कसैको मन दुख्छ भने
यो समय बर्बाद् पार्ने गजल अब लेख्दिन भो
दु;खमा नी हाँस्न सके बाँच्न गाह्रो हुँदो रहिन्छ
दु;खसँग सुख नार्ने गजल अब लेख्दिन भो ---५
मेरो मात्रै भन्थ्या आज लाखौंको छ एउटै ब्यथा
मुग्लानको पीडा खार्ने गजल अब लेख्दिन भो -६
सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;इजरायल
एक्लिएको मनै हार्ने गजल अब लेख्दिन भो
भाग्यमिल्दो खुशी टार्ने गजल अब लेख्दिन भो
बरु बेथा चुलिएर, आफैं भित्र सगर छोओस्
मुग्लानीको पिडा खार्ने, गजल अब लेख्दिन भो
टिप्पनटाप्पन गरीगरी, केहि खुशी बटुल्दै छु
फेरि छरपस्ट पार्ने, गजल अब लेख्दिन भो
मुटुलाई मियो बनाइ, दुखै मात्र के दाउनु
एकोहोरो फेरो नार्ने, गजल अब लेख्दिन भो
अँधेरो नै चिरा पार्दै, थोरै मिर्मिर देखिंदैछ
उदाउँदो घाम झार्ने, गजल अब लेख्दिन भो
....... अनुराग अधिकारी 'अनुरागी मन'
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
-----------+++----------------
आफ्नै आँशु आफै झार्ने गजल अब लेख्दिन भो
हाँसो खुशी टाढा पार्ने गजल अब लेख्दिन भो
मैले आँशु देखाउदैमा कस्ले भन्छ काठैबरा !
मेरै खुशी डेरा सार्ने गजल अब लेख्दिन भो
देश बिदेश् जहाँ पनि पौरखीको लेख्छु बरु
आँशु बेची छाक टार्ने गजल अब लेख्दिन भो
प्रीत जुर्ने गीत लेख्छु धन्दा सकि प्रदेशमा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
मुग्लानी हुँ भए पनि देश को छ माया धरै
स्वादेशको 'योद्धा' मार्ने गजल अब लेख्दिन भो
[अघोषित 'योद्धा']
बुद्धि मोक्तान
__________________________________
जिन्दगी र युगसँग हार्ने गजल अब लेख्दिन भो |
दुखाएर आफैलाई मार्ने गजल अब लेख्दिन भो ||
मरिलानु के नै छ र हाँसखेल गरौ जिन्दगीमा,
खुशीहरु ओझेलमा पार्ने गजल अब लेख्दिन भो |
बिश्वास र मायामा नै अडेको छ संसार यो !
हिर्दयमा काँडेतार बार्ने गजल अब लेख्दिन भो |
न त भोक न त तिर्खा सहेकै'छु घामपानी,
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो |
मर्ने छैन भावना यो 'सरोबर' सुके पनि,
कोहि कसैको आँशु झार्ने गजल अब लेख्दिन भो |
अमर 'सरोबर'
कल्याणपुर-२, नुवाकोट |
हाल : Desaparkcity,KL.
namste,bistarai hamro sahavaagitaa pani rahane nai6.yahaaharuko safaltaako kaamanaa.
घायलको तरही मुसायरा-६
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
कसैलाई दु:खी पार्ने गजल अब लेख्दिन भो
आफ्नो पीर अन्त सार्ने गजल अब लेख्दिन भो।।
लेखुँला म गीत सानु तिमीलाई हँसाउने
तर तिम्रो आँशु झार्ने गजल अब लेख्दिन भो।।
पस मेरो आँखा भित्र बस सधै नानी बनी
तिम्रो मेरो माया मार्ने गजल अब लेख्दिन भो।।
रहर हैन बाध्यताले विदेशमा पुग्यौ कठै
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो।।
जीवनमा आँशु भन्दा हाँसो धेरै पाएको छु
चाहना छ जीत भेट्ने हार्ने गजल लेख्दिन भो।।
निर्मला अवस्थी
काठमाण्डौ, नेपाल।
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
श्यामकुमार ग्लान (तामाङ)
गह भरी आँशु पार्ने गजल अब लेख्दिन भो
आँशु सँगै खुशी झार्ने गजल अब लेख्दिन भो
धेरै चोटि हारी सके आफ्नै नाम खोज्दा यहाँ
फेरी पनि आफै हार्ने गजल अब लेख्दिन भो
नियतीको चाल कस्तो भित्र भित्र दुखे जस्तो
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
अनायासै शूल बनी दुख्दो रैछ प्रबासमा
दुखे तिरै पीडा सार्ने गजल अब लेख्दिन भो
भरोशा त के नै छ र आशा पनि निभ्ला जस्तो
धिपधिपे दियो मार्ने गजल अब लेख्दिन भो
माझुवा सिन्धुली
हाल : दोहा,कतार
प्रवासीको आँशु झार्ने गजल अब लेख्दिन भो ।
तितो सत्य सेतै पार्ने गजल अब लेख्दिन भो ।
गहभरी आँशु पार्दै मातृभूमी छोड्नुपर्दा
आँशुलेनै दु:ख टार्ने गजल अब लेख्दिन भो ।
फर्केपछी जिन्दगीको भंगालोचैँ छेक्छु भनि
आफुदेखी आफै हार्ने गजल अब लेख्दिन भो ।
भोग्नु जे छ भोगेकै छन् जस्ले छोडे मातृभूमी
मुग्लानीको पिडा खार्ने गजल अब लेख्दिन भो ।
दोस दिंदै देशलाई बिदेशिनु हुन्न रै'छ
राष्ट्रप्रेमी मन मार्ने गजल अब लेख्दिन भो ।
लखेटेर बस्ती सार्ने गजल अब लेख्दिन भो ।
निमुखाको आँसु झार्ने गजल अब लेख्दिन भो ।
जिवन धान्न धेरै गार्हो जती दु:ख गरे पनि,
मागि-मागी छाक टार्ने गजल अब लेख्दिन भो ।
खप्नै पर्ने पीडाहरु जती मुटु बिझाएनी,
घरि-घरी चोट पार्ने गजल अब लेख्दिन भो ।
धेरै चोटी लडिसक्यो जित्ने आशा पलाएन,
जिन्दगीमा सधैँ हार्ने गजल अब लेख्दिन भो ।
मन सधैँ रुँदो रैछ वाध्याताले टाढा हुँदा,
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो ।
ईन्द्र तामाङग्
चतुरले-८,नुवाकोट ।
हाल्:-रियाद ।
यहाँको अभियानमा सहभागी हुन पाउँदा खुसी लाग्यो । विभिन्न कारणले गर्दा ढिलै भएपनि घायलको तरही मुसायरा-६ का लागि गजल कोर्ने प्रयास गरेको छु । धन्यवाद ।
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको/पीडा खार्ने//गजल अब/लेख्दिन भो
४+४+४+४=१६
घायलको तरही मुसायरा-६ का लागि गजलः
एकान्तमा खाँचो टार्ने गजल अब लेख्दिन भो
देश सम्झी आँसु झार्ने गजल अब लेख्दिन भो
ब्यथा चर्को परदेशको, लेखुँ भन्दा शब्दै छैन
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
गाउँ-घर, साथी-सङ्गी, याद आउँछ झलझली
आफैँलाई गाँठो पार्ने गजल अब लेख्दिन भो
सपनाका महल ढल्छन्, मुटु पोल्छ सधैँभरि
जिन्दगीमा आफैँ हार्ने गजल अब लेख्दिन भो
इन्टरनेटमा खबर छ- राम्रो छैन घरदेशमा
केही गर्ने आँटै मार्ने गजल अब लेख्दिन भो
टेकेन्द्र अधिकारी
विराटनगर, नेपाल
-गजल-
मुटु छोडि आफू चार्ने गजल अब लेख्दिन भो ।
आफ्नैलाई डसी मार्ने गजल अब लेख्दिन भो ॥
फर्किन्छु म आफ्नै देशाँ झिटीझाम्टो सबै बोकी ।
परदेशमा आफैं हार्ने गजल अब लेख्दिन भो ॥
सुख सित्तै कहाँ मिल्छ दु:ख त्यँही साथी हुन्छ ।
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो ॥
सुखी छँदा तिमी उता दु:खी हुँदा तिमी यता ।
मेरो पिडा तिम्लाई सार्ने गजल अब लेख्दिन भो ॥
मन हुँदा धन छैन धन हुँदा तन छैन ।
रानो नभा फुल पार्ने गजल अब लेख्दिन भो ॥
ढिपी धेरै गर्छौ तिमी अंगालोमा कस्न थाल्छ्यौ ।
तिमीलाई बेंशी झार्ने गजल अब लेख्दिन भो ॥
-राजेन्द्र मल्ल
बैशाष ७, २०६८
घायलको तरही मुसायरा --६ लाई स्वागत गर्दै सफलताको कामना सहित सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अभिबादन !!
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
गजल
कोपिलामै खुशि झार्ने गजल् अब लेख्दिन भो।
माया दिदा दिललै मार्ने गजल् अब लेख्दिन भो।।
बिदेशिको माटो भरि पसिनाको धारा पोख्दै,
मुग्लानिको पिडा खार्ने गजल अब लेख्दिन भो।।
खुशियालि खोज्दै जादा जिन्दगिको चौतारिमा,
यात्रा भरि दुख पार्ने गजल अब लेख्दिन भो।।
फुल्न खोज्दा बगैचाको मालि बन्दै एकान्तमा,
सारा खुशि अन्तै सार्ने गजल अब लेख्दिन भो।।
सङ्घसनै जिन्दागि हो बाटो भरि काडा टिप्दा,
"मायालु"को आशा बार्ने गजल अब लेख्दिन भो।।
दिनेश् बस्नेत् "मायालु"
थुकिमा- ताप्लेजुङ्
मेचि-नेपाल्