यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-७


सुचना! सुचना!! सुचना!!!

आदर्णीय अग्रज ज्यु समकालिन मित्र तथा पाठकहरु यहाँहरुलाई अवगत भएकै कुरा हो की हाल 'घायलको तरही मुसायरा' आफ्नै ब्लगमा संचालन हुँदै आएको छ । गत श्रीङ्खलाहरुमा बिबिध प्राबिधिक कठिनाइको वाबजुद पनि यहाँहरुको उल्लेख्य सहभागिताले मलाइ निक्कै खुशि बनाएकोछ । समग्रमा भन्नु पर्दा यो गजलको बिकासमा अर्को एक फड्को हो । यसको श्रेया यहाँहरुलाई नै जान्छ र म भित्री हृदयदेखि नै आभार सहित धन्यबाद् ज्ञापन गर्दछु । यसरी नै यहाँहरुको निरन्तर साथ पाइरहने अपेक्षा पनि गर्दछु । साथै यस ब्लगमा दिईएको मत सर्वेक्षणमा सहभागीता जनाएर आफ्नो धारणा राख्नु हुन हार्दिक अनुरोध गर्दछु । 

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-७' यहाँहरुको सामु छ । 'घायलको तरही मुसायरा'ले अर्को छलाङ्ग मारेको कुरा यहाँहरुलाई अवगत नै छ । घायलको तरही मुसायरा आफ्नै ब्लगमा सफलता पुर्वक संचालन भईरहेकोछ । संख्यात्मक रुपमा सहभागीता काम देखिएपनी गुनात्मकरुपमा उत्कृष्ट गजलहरु प्राप्त भएकाछन् । यसैगरी यहाँहरुको न्यानो साथ रहने नै छ भन्ने आशा गरेकोछु । सँधै झैं हरेक श्रीङ्खलाहरुमा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट उत्कृष्ट ३ गजल छनौट गरेर संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । यहाँहरुलाई अवगत भएकै कुरा हो कि मैले हप्ताको एक श्रीङ्खला आउँछ । आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा
पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।

धनकुटाको हमेलामा जन्मेर काठमाण्डौंमा स्थाइ घर अनी इस्राएलमा हुनु हुन्छ कल्पना गिरी भावुक यतिबेला । नाम जस्तै साहित्यमा निक्कै भावुक भएर कलम चलाऊँनु हुन्छ वहाँ । फेसबुकमा निक्कै उत्कृष्ट गजलहरु पस्किंदै आउँनु भएकोछ । स्कुल जीवनदेखी नै साहित्यका बिभिन्न पुस्तकहरु खोजिखोजी पढ्ने वहाँको बानिलाई अझै हौसाएर कलम चलाऊँने प्रेरणा उहाँले आफ्नै श्रीमान र भाई फणिन्द्र शान्त बाट पाउँनु भएको हो । आज मैले उही प्रतिभाशाली सर्जक कल्पना गिरी भावुकको गजलको मिसरा-ए-सानी 'बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने' लाई तरहको रुपमा प्रस्तुत गरेकोछु । यहाँहरुले यही मिसरा-ए-सानीको आधारमा एक पूर्ण गजल लेखी यही ब्लगमा पोस्ट गर्नुहोला ।

गजल: कल्पना गिरी भावुक
मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
काफिया: बल्छ
रदिफ: भने
लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
४+४+४+२=१४

सक्रियता पुर्वक सहभागिता जनाउँनु भएकोमा यहाँहरु सबैलाई धन्यवाद ! घायलको तरही मुसायरा-७ मा दिएको मिसराको पूर्ण गजल यस प्रकार छ । अब केही क्षणपछी नै तरही मुसायरा-८ आउँदैछ ।

तिम्रो सामु उभिदा म सियो ढल्छ भने
बस्ति छाडी हिंडी दिन्छु दियो बल्छ भने

जुन तारा झुटा भए नसकेर चिन्न
बिर्सिदेउ माया गर्न आत्मा जल्छ भने

यात्रा थियो शिखर चुम्ने बटुलेर आँट
मुर्ती बनि बस अब पाऊ गल्छ भने

अध्यारोको साथ रोज्यौ छुपाऊन लाज
नल गोडी पानी हाल आशा फल्छ भने

दुष्ट संझी पर सार्‍यौ नमिलाई हात
मियों बिनै दाँइ गर जीवन् चल्छ भने


गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २८ अप्रिल,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)

ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् अनी प्रकशित हुने प्रतिक्षा गर्नुहोस्

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने मात्रै साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

Posted by Masti Entertainment on 11:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

13 comments for घायलको तरही मुसायरा-७

  1. घायलको तरही मुसायरा को सफलता को कामना गर्दै भाग - ७ को लागि मेरो सहभागिता यसरी राखेँ - अज्ञात पाल्पाली

    गजल: कल्पना गिरी भावुक
    मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
    काफिया: बल्छ
    रदिफ: भने

    लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
    ४+४+४+२=१४

    बिकास को बोट रोपौं यदि फल्छ भने
    रोपेर नी अर्थ हुन्न बेला टल्छ भने

    परिश्रम गर्‍यो भने स्वर्ग बन्छ यहि
    बगाई दिउँ पसिना माटो गल्छ भने

    नबसौं है युवा हामी हात खुट्टा बाँधी
    सत्कर्म मा लागौं अझैं मुटु चल्छ भने

    मरी लानु केही छैन तेरो मेरो किन ?
    अर्ती दिनु ब्यर्थै हुन्छ ज्ञान ढल्छ भने

    यो बस्तीको लागि मैले सबै त्याग गर्छु
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने

    अज्ञात पाल्पाली

  2. Buddhi Moktan

    "घायलको तरही मुसयरा -७ "

    गजल: कल्पना गिरी भावुक
    मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
    काफिया: बल्छ
    रदिफ: भने
    लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
    ४+४+४+२=१४
    ------------------------


    एक पछि अर्को गर्दै छाप्रा ढल्छ भने
    हेरि हेरि किन बस्थे गावैं जल्छ भने

    कर्द बोकी कोहि आए बस्ती पर सार्न
    मार मैले हान्नै पर्छ हिंसा छल्छ भने

    गिद्दे दृष्‍टि किन पर्छ हाम्रो बिर्ता माथी
    मेरो सामु आइ हेरोस् त्यस्को चल्छ भने

    हाम्रो बिर्ता जोगाउन म तातेको बेला
    स्वीकार है पराजय आँतै गल्छ भने

    तेल बनोस् मेरो खुन 'योद्धा' हुँ नी म त
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने

    -'घोषित योद्धा '
    बुद्धि मोक्तान

  3. Indra Tamang

    गजला :कल्पना गिरी(भावुक)
    मिसरा:बस्ती छाडी हिडी दिन्छु दियो बल्छ भने
    काफिया:बल्छ
    रदिफ:भने
    लय:बस्ती छाडी/ हिडी दिन्छु/ दियो बल्छ/ भने
    ४+४+४+२=१४

    कतैबाट काल आई त्यसै छल्छ भने ।
    हिड्दा हिड्दै आफुमाथी रुखै ढल्छ भने ।

    मर्नदेखी डर छैन जता पुगिएल,
    बस्ती छाडी हिडिदिन्छु दियो बल्छ भने ।

    विलासिता चाहिएन सबै त्यागी सकेँ,
    दुइदिने यो जिन्दगी त्यसै चल्छ भने ।

    माया भन्ने थाहै छैन कस्तो हुन्छ कुन्नी!
    प्रीति-फूल रोप्दै हिड्छु माया फल्छ भने ।

    आचानक मरेँ भने रमितेले देख्ला,
    मेरो लाश गाडिदिनु छिट्टै गल्छ भने ।

    ईन्द्र तामङ्ग्
    चतुरले-८,नुवाकोट ।
    हाल: रियाद ।

  4. Anand Bhattarai

    सम्पुर्ण साहित्यिक मनहरुमा साहित्यिक अभिवादन गर्दै घायलको तरही मुसयरा श्रिङ्खला भाग ७ मा पनि यो गजल पस्कदै मेरो सहभागिता जारी राखें ।

    गजल:-

    आँशु रोप्छु तिमीलाई हाँसो फल्छ भने ।
    मरी दिन्छु तिम्रो लागि वैरी ढल्छ भने ।

    हाकाहाकी भन प्रिय चित्त दुख्यो के मा
    फर्किदिन्छु तिमिबाट प्रीत गल्छ भने ।

    विल्न सक्छु क्षितिजबाट नफर्किने गरि
    हाँसी हाँसी त्यो जिन्दगी सधैं चल्छ भने ।

    अध्यारोमा रुमलिंदा स्विकारिनौ साथ
    वस्ती छाडी हिंडी दिन्छु दियो वल्छ भने

    एकान्तको चौतारिमा टोलाएर वस्दा
    शीत बनी तप्की दिन्छु धैर्य छल्छ भने ।


    आनन्द भट्टराई 'गाउँले',खोटाङ

  5. मैले गर्दा तिम्रो छाती भित्र जल्छ भने
    एक्लै बस्नु म बिनानै दिन चल्छ भने।

    सोच्दा रैछौ मैले गर्दा अँध्यारो भो यहाँ
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने।

    एकै साथ वर्षा अनि हुरी चल्दा पनि
    दोष मेरै बिजुलीको पोल ढल्छ भने।

    उकालीमा तिमी सँगै हिड्दा खेरी मैले
    हुनसक्छ गल्ती मेरै खुट्टा गल्छ भने।

    चाहना त थियो मेरो सँग सँगै रम्ने
    टाढा हुन्छु भाग्यले नै यस्तो छल्छ भन।

  6. sabina siru

    गजल: कल्पना गिरी भावुक
    मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
    काफिया: बल्छ
    रदिफ: भने
    लय: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
    ४+४+४+२=१४


    प्रतिक्षामा बस्दा तिमी यौवन ढल्छ भने
    नलेऊ माया भार बनी मन गल्छ भने

    पृथ्वी फाटे पसिदिन्थें खुशी हुनु सधैँ
    मैले सामू पर्दा चैते हुरी चल्छ भने

    भाँचिदेऊ चौतारी नि पर्दिन म छेउमा
    पीपलुको सेप हट्दा बर फल्छ भने

    अन्धकारमै रही तिम्रो ज्योतिपुंज देखुँ !
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने

    फूल्दिन म बाँच्छु सिरु-पात फैलाएर
    उडी फूल नयनभित्र दृष्टी छल्छ भने ।।

    सबिना सिरु
    झपा,नेपाल

  7. govinda bhabuk

    आज मलाई पनि 'घायलको तरही मुसायरा-७' मा यसरी सहभागिता जनाउन मन लाग्यो।

    गजल

    समयले भाग्य माथि आफैं छल्छ भने
    टाढिएर बस्छु तिम्रो जीवन चल्छ भने।

    भैगो अब पल भरको खुशी चाहिंदैन
    यता सुख भोग्दा उता मुटु जल्छ भने।

    अँध्यारो झैं लाग्छ भने मेरो छायाँ पर्दा
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने।

    तिमी रुँदा झर्छ आसुँ मैले रोए पानी
    अझै रुन्छु बाँझिएको प्रित गल्छ भने।

    हेर्दैछु म फेरी बाटो तिम्रो आगमनको
    संझौताले आरिसको खम्बा ढल्छ भने।

    गोविन्द भाबुक
    कभ्रे,हाल;दोहा

  8. कल्पना गिरी {भाबुक}

    सबै सर्जक मित्रहरुलाई नमस्कार!मेहेनतका साथमा उपस्थिति जनाई आफ्नो अमुल्य समय गजल लेखनमा दिनु भएकोमा हजुरहरुको प्रगति एवं उन्नतिको सदैब कामना गर्दै हार्दिक धन्यबाद ज्ञापन गर्दछु!!

  9. acharya prabha

    ( गजल ) आचार्य प्रभा

    मेहेनत रोप्दाखेरी फल फल्छ भने
    उन्नतिको बिऊ रोपौँ अल्छि गल्छ भने ।

    समाजका कुनियत पन्साउँदै जाउँ
    बैर भाव कुल्चौँ अब स्वार्थ ढल्छ भने ।

    शासकको पत्ता काटौं सबै मिली आज
    दिन दहाडै शोषणको हाबी चल्छ भने ।


    म एक्लो नै उज्यालोको छेकबार भए
    बस्ती छाडी हिँडी दिन्छु दियो बल्छ भने ।

    दियालोको उज्यालोले अन्धकार मेट्न
    आजै बाट राँको बाल्छु दु:ख जल्छ भने ।

    कुनियतको मानसिक्ता बोकिहिँड्ने को हो ?
    हटाइेदिउँ समाजबाट आँखा छल्छ भने ।

    ( रचना -अप्रिल/ २५/ २०११ समय ५.०० बजे अमेरिकी )

  10. sanajaya

    जानु किन परदेश देशमा विकाश चल्छ भने ,
    गाउँघरमा दु:ख गरि घरको चुलो जल्छ भने ।।

    शुन्य भयो सरा शहर युबापुस्ता पलायन भए,
    युबापुस्ता नभैकन यहाँको माटो गल्छ भने ।।

    दासिबनी गछौ हामि विदेश को काम ,
    आफ्नै ठाउँमा विकासको पर्दा खुल्छ भने ।।

    जाँगर चलाइ काम गरौ आफनै माटोमा ,
    गाऊको मुहार फेरि उज्यालो पार्नु छा भने ।।

    एकता भाई अगाडि बडौ सबै युबा हामि ,
    अध्यारोमा ज्ञानको को ज्योति छर्नु छा भने ।।

    जन्मभुमीको तारो हौ भने नभन कहीले ,
    बस्ती छाडी हिडी दिन्छु दियो बल्छ भने !!!


    सञ्जय कुमार खड्का
    हाल : साउदिअरब
    रामेछाप देउराली -८

  11. राजेन्द्र

    घायलको तरही मुसायरा-७ मा आधारित


    प्रेम वीज रोपी दिन्छु शान्ति फल्छ भने ।
    गोली पनि हान्न सक्छु सत्ता ढल्छ भने ॥

    धेरै भयो नजोतेको बाँझो तिम्रो तन ।
    तिम्रो पाउ चुमी दिन्छु घाउ गल्छ भने ॥

    गाउँ बस्ती अध्याँरो छ मै बसेर होकि ।
    बस्ती छाडी हिडि दिन्छु दियो बल्छ भने ॥

    बाल्नु पर्ने कति धेरै हाम्रा काला भ्रम ।
    आगो पनि हुन सक्छु ढुङ्गा जल्छ भने ॥

    कस्ले सक्छ हेलाँ गर्न पीपलु र वर ।
    चर्को घाम बन्छु चिसो वायु चल्छ भने ॥


    राजेन्द्र मल्ल
    १४ वैशाष २०६८

  12. Sumitra Poudel April 28 at 2:07pm Report
    आशा छ आराम हुनुहुन्छ घायल ज्यु ! मैले ३ दिन भै सक्यो गजल पोस्ट गर्न खोजेको सकिन र आज हजुरलाई नै यो मेसेज बक्सबाट प्रेषित गर्दछु , हार्दिक धन्यवाद , यहाँको हरेक पलहरु शुभ मंगल रहोस् !
    ----------------------------------------------------------------------------

    घायलको तरही मुसायरा को सफलता को कामना गर्दै भाग - ७ को लागि सिकारु हातले जानी नजानी मेरो सहभागिता जनाउँने प्रयास गरेको छु ,धन्यवाद !

    गजल: कल्पना गिरी भावुक
    मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
    काफिया: बल्छ
    रदिफ: भने
    लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
    ४+४+४+२=१४

    गजल --

    एक बचन् बोल्दा तिम्रो मुटु जल्छ भने
    उदाएका तिम्रा सारा भाग्य ढल्छ भने

    साहस ली बाँच्ने छु म एक्लिएर पनि
    तिमी बाँच बिना धन् ले दु;ख छल्छ भने

    अन्तै बाटो मोडे पछि सुखी खुशी हुनु
    चोखो माया पाएर त्यो जीवन् चल्छ भने

    फुलाउँनु सुन्दर् फूल फलाउँनु फल
    मन् को बाँध फुटाएर फुल्छ फल्छ भने

    हात माग्यौ मुटु दिए घात भयो आज
    तोड आजै बाचा कसम् आँखा टल्छ भने

    भन्छौ भने जिन्दगी नै अन्धकार छायो
    बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने !!!


    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल ;;;-- इजरायल

  13. सक्रियता पुर्वक सहभागिता जनाउँनु भएकोमा यहाँहरु सबैलाई धन्यवाद ! घायलको तरही मुसायरा-७ मा कल्पना भावुक जीको गजलबाट दिएको मिसराको पूर्ण गजल यस प्रकार छ । अब केही क्षणपछी नै तरही मुसायरा-८ आउँदैछ ।
    तिम्रो सामु उभिदा म सियो ढल्छ भने
    बस्ति छाडी हिंडी दिन्छु दियो बल्छ भने

    जुन तारा झुटा भए नसकेर चिन्न
    बिर्सिदेउ माया गर्न आत्मा जल्छ भने

    यात्रा थियो शिखर चुम्ने बटुलेर आँट
    मुर्ती बनि बस अब पाऊ गल्छ भने

    अध्यारोको साथ रोज्यौ छुपाऊन लाज
    नल गोडी पानी हाल आशा फल्छ भने

    दुष्ट संझी पर सार्‍यौ नमिलाई हात
    मियों बिनै दाँइ गर जीवन् चल्छ भने

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011