यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-५

सुचना! सुचना!! सुचना!!! 


आदर्णीय अग्रज ज्यु समकालिन मित्र तथा पाठकहरु यहाँहरुलाई अवगत भएकै कुरा हो की गत श्रीङ्खला देखि 'घायलको तरही मुसायरा' आफ्नै ब्लगमा संचालन हुँदै आएको छ । गत श्रीङ्खलामा बिबिध प्राबिधिक कठिनाइको वाबजुद पनि यहाँहरुको उल्लेख्य सहभागिताले मलाइ निक्कै खुशि बनाएकोछ । समग्रमा भन्नु पर्दा यो गजलको बिकासमा अर्को एक फड्को हो । यसको श्रेया यहाँहरुलाई नै जान्छ र म भित्री हृदयदेखि नै आभार सहित धन्यबाद् ज्ञापन गर्दछु । यसरी नै यहाँहरुको निरन्तर साथ पाइरहने अपेक्षा पनि गर्दछु । यहाँहरुलाई रचना पोस्ट गर्न कुनै समस्या आइ परेमा मलाइ फेसबुकको इन बक्समा मेसेज पठाउँनु होला म समाधान गर्ने कोशिश गर्नेछु । धन्यबाद !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-५' यहाँरुको सामु छ । 'घायलको तरही मुसायरा'ले अर्को छलाङ्ग मारेको कुरा यहाँहरुलाई अवगत नै छ । घायलको तरही मुसायराले आफ्नै ब्लगमा पहिलो श्रीङ्खला सफलता पुर्वक संचालन गरि सकेकोछ । यसैगरी यहाँहरुको न्यानो साथ रहने नै छ भन्ने आशा गरेकोछु । संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । सँधै झैं हरेक श्रीङ्खलाहरुमा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट पाँचजना निर्णायक मण्डलको पोइन्टको आधारमा उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । हामी अब देखी हप्ताको एक श्रीङ्खला लिएर आउँनेछौं आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा
र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।
भगवती बस्नेत 
स्कुल जीवन देखि नै साहित्य प्रति रुचि राख्दै र लेख्दै आउँनु भएकी भगवती बस्नेत हाल इस्राएलमा हुनु हुन्छ । उहाँका सिर्जनाहरु बिभिन्न वेबसाईट, पत्रपत्रिकाहरुमा प्रकासित् हुँदै आएका छन् । कबिता, मुक्तक,गीत गजल सबै बिधामा कलम चलाउदै आउँनु भएकी उहाँ बिषेषत गजल लेख्न मन पराउँनु हुन्छ । आउँनुहोस् आज उनै प्रतिभाशाली सर्जक भगवती बस्नेतको गजलको मिसरा-ए-सानी 'पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी'-को आधारमा यहाँहरुले एक पूर्ण गजल लेखेर 'घायलको तरही मुसायरा' ब्लगमा पोस्ट गर्नु होला .


गजल: भगवती बस्नेत  
मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न 
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६ 

गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार १४ अप्रिल,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)

कृपया 'घायलको तरही मुसायराको ब्लगमा गजल एक पटक मात्रै पोस्ट गर्नु होला । एक पटक पोस्ट गर्दा आएन भनेर चिन्ता नलिनु होला किनकी मैले प्रकाशन नगरे सम्म ब्लगमा देखिंदैन । त्यसैले गजल पोस्ट गरेर प्रकाशन हुने प्रतिक्षा गर्नु होला । धन्यबाद् !



यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद सहभागिताको लागि ! भगवती बस्नेत जीको पूर्ण गजल यहाँहरु समक्ष पेश गर्दै छु । अब 'घायलको तरही मुसायरा-६ ' भोलि दिनको १२-०१ (युएई समय अनुसार) बजेभित्र आउँनेछ प्रतिक्षा गर्नु होला ! धन्यवाद !


रुढिबादि पिँजडामा लुक्नुहुन्न अब नारी 
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी


चुरापोते चुलो चौका मात्र मेरो भाग भन्दै
पुरूषका बाटो मात्र ढुक्नुहुन्न अब नारी


नियतिको भर हैन आत्मबिश्वास बढाउँदै
देश हाँक्ने सामार्थ्यमा चुक्नुहुन्न अब नारी


मनभित्र विश्वाशका  दियाहरु जलाउँदै
अग्रगामी पाइलाहरु रूक्नहुन्न अब नारी


चेतनका बिगुल् फुक्दै संघर्समा उत्रिएर
खहरे झै उर्लिएर सुक्नुहुन्न अब नारी

Posted by Masti Entertainment on 1:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

16 comments for घायलको तरही मुसायरा-५

  1. Anonymous

    यहाँको अभियानमा सहभागी हुन पाउँदा खुसी लाग्यो । विभिन्न कारणले गर्दा हतार हतारमै घायलको तरही मुसायरा-५ का लागि गजल कोर्ने प्रयास गरियो ।

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती/संस्कारमै//झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    घायलको तरही मुसायरा-५ का लागि गजलः

    सिर्जनाको मुहानमा सुक्नुहुन्न अब नारी
    हुनुपर्छ सधैँ अघि लुक्नुहुन्न अब नारी

    लेखिँदैन भाग्य यहाँ, कोर्नुपर्छ आफ्नै हातले
    संघर्षको मैदानमा चुक्नुहुन्न अब नारी

    बदल्नुछ परम्परा, एकलकाँटे रीति-थिति
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

    अधिकार र साझेदारी, नारी-पुरूष बराबरी
    हिँड्नुपर्छ एक भई रूक्नुहुन्न अब नारी

    रोकिएको छैन अझै, भेदभाव र अत्याचार
    च्यात्नुपर्छ सबै-सबै ढुक्नुहुन्न अब नारी

    टेकेन्द्र अधिकारी
    विराटनगर, नेपाल

  2. yash ghimire

    पुराना ती/संस्कारमै//झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    आधा आकास तिम्रो नै हो लुक्नुहुन्न अब नारी
    नेतृत्वको भूमिकामा चुक्नुहुन्न अब नारी ||

    जब देशमा सङ्कट पर्यो लक्ष्मीबाइ अघि सरिन
    फेरी देशले माँगी रा'छ सुत्नुहुन्न अब नारी ||

    नारी पुरुष बराबरी व्यवहारमा देखाऊ तिमी
    पुराना ति संस्कारमै झुक्नुहुन्न अब नारी ||

    पाँचै औंला बन्द गर्दा दह्रोमुठ्ठी बने जस्तै
    एकै ढिक्का सम्बन्धको फुट्नुहुन्न अब नारी ||

    सहनशील शक्तिरुपा जन्मदात्री प्रकृति हौ
    'झर्ला अनि खाउँला भनि' ढुक्नुहुन्न अब नारी ||

    यश घिमिरे
    हाल ; ईजराएल्
    (सहभागिता जनाउने प्रयाश गरें , घायल जी | निरन्तरता को कामना छ |)

  3. Anonymous

    साहित्यिक मनहरुलाई कलमी अभिबादन
    मैले पनि कोसेली स्वरुप घायलको तरही मुसहरा ५ मा
    सहभागीता जनाउने कोशीस गरे अन्जान मै जानी-नजानी
    दिएको मिसरालाई मनको भाबनामा घोल्दै एउटा गजल तयार
    पारे कस्तो भयो सम्पूर्ण अग्रजहरुको सल्लाह सुजाबको प्रतिक्षामा
    बस्दै मेरो प्रस्तुती यस प्रकार छ।

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती/संस्कारमै//झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    गजल

    प्रगतिको पाइलामा चुक्नु हुन्न अब नारी।
    पिन्जडाको खोरभित्र लुक्नु हुन्न अब नारी।।

    अन्यायको कालो पर्दा उघारदै समाजमा
    पुराना ति सस्कारमै झुक्नु हुन्न अब नारी।

    स्वतन्त्रता खोजौ मिली एकताको माला उन्दै
    बिकृतिका चुलो चौका ढुक्नु हुन्न अब नारी।।

    शिखरको बाटो भरी फुल्नु पर्छ फुल बन्दै
    बिना पानी मुहान झै सुक्नु हुन्न अब नारी।।

    खोस्नु पर्छ अधिकार अस्तिवको बरा-बरी
    भोलिबादी भाषण मात्रै फुक्नु हुन्न अब नारी।।

    दिनेश बस्नेत"मायालु"
    थुकिमा ताप्लेजुङ्
    मेची-नेपाल।।

  4. घायलको तरही मुसायरा-५ मा हाजिर भएँ है म । बल्ल बल्ल आइपुगें,आउने बाटो अलि अप्ठयारो छ हामी हिड्न नजान्नेलाई।

    गजल:

    सक्दिन म गर्न भनी लुक्नुहुन्न अब नारी
    अधिकार लिनलाई चुक्नुहुन्न अब नारी।।

    सिर्जनामा रमाउँछौं पौरखमा जुटिरन्छौं
    सहयोग माग्दै बाटो ढुक्नुहुन्न अब नारी।।

    आधा धर्ती ओगटेका हामी नारी ठूलो बल
    उन्नतिको मूल बनौं सुक्नुहुन्न अब नारी।।

    विश्व सामु नेपालको शीर उचा राख्नलाई
    अघि बढ्नु पर्छ मिली रुक्नुहुन्न अब नारी।।

    चुला चौका मात्र पनि हैन हाम्रो कर्म थलो
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी।।

  5. नव बर्ष २०६८ को पावन अवसरमा सम्पुर्ण साथी हरु लाई हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दै " घायलको तरही मुसायारा भाग -५ " को लागि मेरो गजल हजुर हरु लाई !

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
    परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी

    बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
    खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी

    अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
    मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी

    कमजोर छैनौ हामी भन्ने कुरा देखाउन
    कुनै पनि समयमा छुट्नुहुन्न अब नारी

    चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

  6. सृष्टिकर्ता तिमीनै हौ लुक्नुहुन्न अब नारी
    पराईको बाटो मात्रै ढुक्नुहुन्न अब नारी।

    यो धर्तीमा राक्षसले बास गर्न थाले भने
    काली देवी बन्नपनि चुक्नुहुन्न अब नारी।

    दुनियाँको सामुपर्दा आफैभित्र निरीह भै
    चैत्रमास खडेरी झैँ सुक्नुहुन्न अब नारी।

    आफुलाई घुम्टोभित्रै लुकाउनु पर्छ भन्ने
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी।

    भाषण त धेरै सुनें तर काम शुन्य भयो
    हाम्रा नेता जस्तैगरि भुक्नुहुन्न अब नारी।

    सुवाश श्रेष्ठ गोरखा नेपाल

  7. sanajaya

    घायलको तरही मुसायरा-५ मा सामेल गरें मैले यो गजल। खोट पहिल्याइदिनुहुन गजल गुरुहरू एबं सबै गजल प्रेमीहरूलाई अनुरोध गर्दछु/

    कमजोरिका शिकार बनी बस्नु हुन्न अब नारी ,
    पुरनाती संस्कारमै झुक्नु हुन्न अब नारी ।।

    कुरिती र कु-संस्कारलाई हताइ खोज बाटो ,
    एक अर्काको कुरकाती बस्नु हुन्न अब नारी ।।

    नयाँ संस्कार,नयाँ रिती बसाउनलाई खोज बाटो,
    अन्याय र अत्यचार झुक्नु हुन्न अब नारी ।।

    मनोरन्जनका साधन मात्र बनाउनेहरुक लागि
    हातेमालो गर्दै साथ दिनु हुन्न अब नारी ।।

    नारिलेनै नारीको दमन नगरिकन अब ,
    हातमा हातदी अगाडि बद्नुपर्छ अब नारी ।।

    अन्याय र अत्याचारमा बस्नु हुन्न अब नारी ,
    पुरन ती संस्कारमै झुक्नुहुन्न अब नारी ।।


    सञ्जय कुमार खड्का
    हाल :- साउदीअरब रामेछाप देउराली नेपाल /

  8. राजेन्द्र

    घायलको तरही मुसायरा-५ को मिसरा मलाई अग्रगामी लाग्यो । त्यसै अनुरुप लेख्ने प्रयास गरियो ।

    कुरौटे भै आफ्नै कर्तुत फुक्नु हुन्न अब नारी ।
    अवला भै अरुको माम ढुक्नु हुन्न अब नारी ॥

    चुलो चौका अड्डा अफिस समावेसी हुनुपर्छ ।
    पुराना ती संकारमै झुक्नुहुन्न अब नारी ॥

    ममताकी खानी तिमी प्रेमको सागर पनि।
    सद्भावको खडेरीमा सुक्नु हुन्न अब नारी॥

    गाँस बास कपास पाउने जन्मसिद्द अधिकार हो।
    आफ्नो हक पाउनलाई चुक्नु हुन्न अब नारी ॥

    भद्रकाली कपालिनी दुर्गा क्षमा सबै तिमी ।
    अत्याचारको लडाईंमा लुक्नु हुन्न अब नारी ॥

    -राजेन्द्र मल्ल
    चैत २५, २०६७

  9. Anand Bhattarai

    थाहा पाएर पनि युनिकोड नेपाली टाइपिङको असहजताको कारण केही अशुद्दी हुन गएकोमा क्षमा प्रार्थी छु ।

    गजल:-

    देशद्रोही सामुन्नेमा फुक्नुहुन्न अब नारी ।
    वीरांगना बन्न पनि चुक्नुहुन्न अब नारी ।

    कुसंस्क्रिती तिरस्कार नारीमाथी अनगिन्ती
    कुरितीकै छायाँ भित्र लुक्नुहुन्न अब नारी ।

    समानता अबदेखी युगौं युग सम्म टिक्ने
    चेतनाको बिज रोप्न रुक्नुहुन्न अब नारी ।

    मिर्मिरेमै ढीकी जाँतो मेला पात चुल्हो चौको
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी ।

    अरुलेझैं हामि पनि डाँडा काँडा सिँच्न सक्छौँ
    खडेरीको मूल जस्तै सुक्नुहुन्न अब नारी ।


    आनन्द भट्टराई "गाउँले" खोटाङ

  10. Sumitra poudel

    नयाँ बर्ष २०६८ हार्दिक मंगलमय शुभ कामना सहित न्यानो साहित्यिक अभिबादन आदरणीय सर्जन तथा गजल प्रेमी प्रिय साथीहरु ,,
    जानी नजानी दिइएको मिसराको आधारमा घायलको तरही मुसायरा--५ मा भाग लिने प्रयास गरे !सफलताको कामना सहित भाग लिने अवसरका लागि हार्दिक धन्यवाद ''घायल ज्यु ''


    गजल

    एकतामा जुट्नु पर्छ फुट्नुहुन्न अब नारी
    नेतृत्व ली अघि बढौं चुक्नुहुन्न अब नारी---१

    समानता हुनलाई तोड्नु पर्छ भेदभाब
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी --२

    अरू देश हेरी हामी धेरै पछि परेकाछौं
    कम्जोर भै समाजमा लुक्नुहुन्न अब नारी -३

    फैलौनुछ देश भरी चेतनाको दियो बाली
    अघि बढौं शिक्षा लिन रुक्नुहुन्न अब धेरै --४

    भाग्य मात्रै हैन ठुलो कर्म गर्न जान्नु पर्छ
    पराईको दासी बनि ढुक्नुहुन्न अब नारी --५

    सीप सिकी सक्षम भै पौरखमै रमाएर
    सिर्जनाका मूल बनौं सुक्नहुन्न अब नारी -६


    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल ;;-इजरायल

  11. Buddhi Moktan

    "घायलको तरही मुसायरा -५"

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती /संस्कारमै /झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    -------मेरो उपस्थिती--------

    क्रान्ती भन्दै कुरा मात्र भुक्नुहुन्न अब नारी
    बिर्सी दिदै साडी चोली फुक्नुहुन्न अब नारी

    जोगाउनु धर्म रीतिभन्दै चुप बस्दा पनि
    गुम्छ फेरि अवसर लुक्नुहुन्न अब नारी

    बर्ष भरि भेल चल्दा हुन्न फल सिर्जनाको
    भन्दा पनि औसी पुर्णे सुक्नुहुन्न अब नारी

    आए कै हो दिन अब प्रगतीको बाटो लाग्ने
    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

    दुइ दानामा किन मख्ख? बाटो छेक्छ मिठाइ
    ठोकी बिर्को "बुद्धि" माथी चुक्नुहुन्न अब नारी

    -----'अघोषित योद्धा'------
    बुद्धि मोक्तान

  12. गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती/संस्कारमै//झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    सपना को संसारमा लुक्नुहुन्न अब नारी !
    बुझ तिमि आफ्नु पिडा सुक्नुहुन्न अब नारी!!

    जननी हौ तिमि हेर ठाडो शिर राख्नुपर्छ !
    दुख सधै अंगालेर ढुक्नुहुन्न अब नारी !!

    जन्मौ देखि अत्याचार समाजको अपहेला !
    माग आफ्नु स्वाभिमान दुख्नुहुन्न अब नारी !!

    लुट्दाखेरि बोल्न सिक भावनामा नबग , भो!
    पुराना ति संस्कारमै झुक्नुहुन्न अब नारी !!

    हाम्रो पनि कर्तव्यहो नारी हक दिनै पर्छ !
    आफ्नु इक्ष्यापूर्ति पछी थुक्नुहुन्न अब नारी !!

    हिरु शर्मा ,बिराटनगर
    नेपाल

  13. सम्पूर्ण गजल प्रेमी सर्जक हरुलाई न्यानो अभिबादन भन्दै "घायलको तरही मुसायरा-५" का लागि यो गजल राखेको छु ।

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी
    पुराना ती/संस्कारमै//झुक्नुहुन्न /अब नारी
    लय: ४+४+४+४=१६

    श्यामकुमार ग्लान (तामाङ)

    नदेखिने घाऊ बनी दुख्नु हुन्न अब नारी
    असक्षम आँफै भनी लुक्नु हुन्न अब नारी

    चुलो चौका सँगै नारी अब अघी बढ्नु पर्‍यो
    पुराना ती सस्कारमै झुक्नु हुन्न अब नारी

    पासाङ ल्हांमू नारी नै थि टेरेसा नी उही नारी
    युग जित्ने मौका देखी चुक्नु हुन्न अब नारी

    अघी बड्दा साथ मिल्छ सहयोगी हात मिल्छ
    भाग्य माथि धिक्कारेर थुक्नु हुन्न अब नारी

    नारी भित्र आदर्शको भेल अब बग्नु पर्छ
    चैत मासे खहरे झै सुक्नु हुन्न अब नारी

    माझुवा,सिन्धुली
    हाल:दोहा कतार

  14. sabina siru

    गजल: भगवती बस्नेत
    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
    काफिया: झुक्नुहुन्न
    रदिफ: अब नारी


    संघर्षको आरोहमा रुक्नु हुन्न अब नारी
    संज्ञा लिंदै अबलाको फुक्नु हुन्न अब नारी

    माग्दा खोज्दा पाईंदैन मुक्ति लड्न सक्नुपर्छ
    भावनामा बहकिंदै चुक्नु हुन्न नारी

    बन्ला घर भनि लाग्दा माकुरा झैं जालमा पर्यौं
    कुरितीको घुम्टो ओडी लुक्नु हुन्न अब नारी

    सृष्टिकर्ता सृजनाकी मूल हाँसे बिश्व हाँस्छ
    तिरस्कारले गर्भ भित्रै सुक्नु हुन्न अब नारी

    बुहार्तन घोकाउँदै चौकोसमा कँज्याउने
    पुराना ती संस्कारमै झुक्नु हुन्न अब नारी

    सबिना सिरु
    झापा, नेपाल

  15. महाँकाल

    चुलो चौका भान्सा मात्रै ढुक्नुहुन्न अब नारी
    धर्ति माता चण्डी काली लुक्नुहुन्न अब नारी

    आँशु पिई हेपिएर ज्यान दिई चेपिएर
    आफ्नै कर्म सम्झी-सम्झी थुक्नुहुन्न अब नारी

    खेलौना भै दासी बनि हाँसी भने नाशी भनि
    घरभित्रै रुक्नुहुन्न, झुक्नुहुन्न अब नारी

    मर्द युध्द हारिसके चक्रब्यूमा परिसके
    बध गर्न महेसासुर्, चुक्नुहुन्न अब नारी

    माया दिन्छौ कोटीकोटी संसारकी रोजिरोटी
    ममताकी मुहान् तिमि सुक्नुहुन्न अब नारी

    ~महाँकाल
    lordpradeep2000@yahoo.com

  16. अतृप्त कमल

    गजल: भगवती बस्नेत

    मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

    काफिया: झुक्नुहुन्न

    रदिफ: अब नारी

    पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

    लय: ४+४+४+४=१६

    ~~~> A GAZAL BY KAMAL <~~~
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
    महिलाकै बिरोधमा जुट्नुहुन्न अब नारी
    सानो चित्त बनाएर दुख्नुहुन्न अब नारी

    अधिकार माग्छौ आफै प्रतिशत तोकी तोकी
    भित्र दुख्दै बाहिर मात्र भुक्नुहुन्न अब नारी

    बोलिमा त म म भन्छौ गर्ने बेला पछि हट्छौ
    स्वतन्त्रता खोस्ने बेला लुक्नुहुन्न अब नारी

    मेरो पति मेरो देव भनि आफै मान दिन्छौ
    ति पुराना संस्कारमै झुक्नुहुन्न अब नारी

    पाईलामा पाईला मिलाई हिड्नुपर्छ पुरुषसँगै
    समानताको लडाईमा चुक्नुहुन्न अब नारी

    ~~~~~~~~~~~~~~~~~~~~~~~

    अतृप्त कमल (कमल कार्की)
    बुटवल,रुपन्देही
    हाल:-दोहा,कतार

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011