घायलको तरही मुसायरा-३७
परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला मिलि रहेकोछ ...अझै पनि मेरो व्यस्तताको कारण तपाइहरुको सिर्जनामा कुनै प्रतिकृया दिन सकिरहेको छैन त्यसको लागि माफी चाहन्छु ! समय मिलाएर अवस्य पनि तपाइहरुको सिर्जनामा उपस्थित हुने नै छु ! अब चाँडै नेपाल जाँदैछु र तरही मुसायराको संग्रह निकाल्नु पर्ने जिम्मेवारी पनि एकातिर छँदै छ ! त्यसलाई प्रकाशन गर्नु यो पटकको मेरो मुख्य लक्ष्य पनि छ र त्यसमा यहाँहरुको साथ हुनेनै छ भन्ने आशा गर्दछु ......!
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
लक्ष्मण 'मिलन' विष्टको जन्म बिक्रम सम्बत २०४६ साल पौष १५ गतेका दिन अछामको बयाला गाबिस वडा न. पाँचमा भएतापनि लेक र बेंसीको बसाई भएकाले प्राय: अछामको कालिकास्थान चार मै उहाँको शैसव काल बितेको थियो । पंचदेवल बहुमुखी क्याम्पस बिनायक अछाममा आई ए सम्मको अध्यन पछी समयसँग दौडिदै गर्दा आज भन्दा पाँच बर्ष अघि मुम्बई तिर हानिनु भएको थियो । मुम्बईबाट प्रकाशित हुने नेपाल न्युज दैनिकबाट बिभिन्न साहित्यकारका रचनाहरु पढ्दै गर्दा उहाँलाई पनि साहित्यमा रुचि जाग्दै गयो । र पछी उहाँका रचनाहरु पनि प्रकाशित भएपछि उहाँमा झन साहित्यप्रति रुचि जाग्दै गयो ! यहाँ आफ्नो साहित्य लेखनको श्रेय नेपाल न्युज दैनिकलाई नै दिनु हुन्छ । अहिले उहाँ 'दृष्टि वाटीका साहित्य समाज मुम्बई'को उपाध्यक्ष हुनु हुन्छ । निकट भविस्यमै उहाँले गजल संग्रह 'चिहान' प्रकाशित गर्ने तरखरमा हुनु हुन्छ । हो आज उनै प्रतिभाशाली गज़लकार लक्ष्मण 'मिलन' विष्ट ज्युको गज़लको यो मिसरा-ए-सानी 'घाउ र खाटो म पनि चिन्दछु ' लाइ 'घायलको तरही मुसायरा-३७' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुकको कमेन्ट बक्समा पोस्ट गर्नु वा, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०१ मार्च २०१२ रातको १०:०० बजे (टाइम जोन +४ अनुसार)
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा, वेबसाइटमा पोस्ट गर्ने वा इमेल बाट प्रेषित गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
फेसबुकको लागि तल क्लिक गर्नु होला
Posted by Unknown
on 10:05 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
आनन्द श्री श्रेष्ठ बधाई छ लक्ष्मण 'मिलन' विष्ट जी । यो मुसयराको सफलताको कामना छ Dalbir Singh Baraili 'Ghayal' जी ।
February 23 at 10:41pm · Unlike · 3
साथी समिर
बधाई तथा सुभकामना
February 23 at 10:53pm · Unlike · 1
Usha Bc
यो मुसायराले उत्कृस्ट स्थान हासिल गरोस दलबीर जी |
February 23 at 11:04pm · Unlike · 2
Anup Timilsina
Best of luck dada
February 23 at 11:04pm · Unlike · 1
Kiran Meyongba
hardik badhaai .............safaltako suvkamana ..
February 23 at 11:38pm · Unlike · 1
जीतु खड्का गाउले
सम्पूर्ण अग्रजलाई नमस्कार टक्राउदै हिम्मत गरे गजल पोस्ट गर्ने
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
-----------------
गजल
----------
लाटो र बाठो म पनि चिन्छु
ढुङ्गा र माटो म पनि चिन्छु !!
मुर्ख त छैन म पनि हजुर
गल्ली र बाटो म पनि चिन्छु !!
नभन तिमी त्यसरी मलाई
मोटो र घाटो म पनि चिन्छु !!
नझार आँशु पोखेर बेदना
घाउ र खाटो म पनि चिन्छु!!
नगर भयो माँयाको ब्यापार
नाफा र घाटो म पनि चिन्छु !!
जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
हाल -बालुवाट साउदीको
February 23 at 11:45pm · Unlike · 11
आनन्द श्री श्रेष्ठ जी साथी समिर जी Usha Bc जी Anup Timilsina जी Kiran Meyongba जी लाइ हार्दिक धन्यवाद शुभकामना को लागि ..... साथै अन्य सबै मित्रहरुलाई धन्यवाद सहित सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु आजलाई शुभरात्री......!
February 23 at 11:45pm · Like · 5
नीरस मैनाली
नमस्कार सम्पूर्ण गजल मनहरुमा, घायल तरही मसुायरा ३७ मा मेरो प्रयास यस्तो रह्रयो~~~~~~
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
-----------------
गजल
धर्मको पाटो मपनि चिन्दछु
त्यो हिड्रने बाटो मपनि चिन्दछु
आफन्त बन्दै खञ्जर रोप्ने ति
दुरात्मा गाँठो मपनि चिन्दछु
मलाई डस्यौ बिषालु सर्प झैं
को रै’छ लाटो मपनि चिन्दछु
देखेर घाऊ खाटो नै बतायौ
घाऊ र खाटो मपनि चिन्दछु
देशमै बने पराया अहिले
पराई माटो मपनि चिन्दछु
February 23 at 11:55pm · Unlike · 14
नीरस मैनाली हतार हतारमा पोष्ट गरे मुसायरा हुनु पर्ने मसुायरा पो हुन गएछ । कृपया माफ गर्नुहोला अनि सच्याउनु होला है दलबिर सर । शुभरात्री ।
February 23 at 11:58pm · Unlike · 2
अज्ञात मित्र
'घायलको तरही मुसायरा'मा मेरो दोश्रो प्रयास !
गजल: लक्ष्मण 'मिलन' बिष्ट
मिसरा: घाऊ र खाटो म पनि चिन्दछु,
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाऊ र/ खाटो //म पनि/ चिन्दछु
लय: ३ २ ३ ३=११
गजल
गलत बाटो म पनि चिन्दछु,
जन्मेको माटो म पनि चिन्दछु,
नगर हेला सपुतको सपना,
रगतको टाटो म पनि चिन्दछु,
भन्दैछ बैध्य तङ्ग्रियो मधरु,
घाऊ र खाटो म पनि चिन्दछु,
पानीको माथि नहोउ ओभानो,
धुर्त र लाटो म पनि चिन्दछु,
फरक हुन्छ मुट्ठी र औलीमा,
बाँस र भाटो म पनि चिन्दछु,
-अज्ञात मित्र
सिजुवा ९, मोरंग
February 24 at 12:15am · Unlike · 14
दिर्गराज गिरी 'प्रियसी'
घायलको तराहि मुसायरा 37मा मेरा नजिक्का मित्र लक्ष्मण मिलन विष्ट जी को मिसरा ए- सानी 'घाऊ र खाटो म पनि चिन्दछु।' माथि गलल कोर्न पाऊदा खुशी लाग्यो। दलबिर जि लाई फेरी एक पटक सलाम गर्दै मेरो प्रस्तुती पस्केँ,
बस्ती र बाटो म पनि चिन्दछु
ढिडो र आटो म पनि चिन्दछु॥
***
दियौ त केभो एउटा हरफ..,
पैचो र साटो म पनि चिन्दछु॥
***
यसरी झुट्को वकालत् नगर..,
नजिक फाटो म पनि चिन्दछु॥
***
यथार्थ हो त्यो भर्नुनै पर्छर..?
सिकाको पाटो म पनि चिन्दछु॥
***
खसाली तलै झार्दिम्ला नभन्नु..,
लाटो र बाठो म पनि चिन्दछु॥
दिर्गराज गिरी _'प्रियसी'_
सूदुर साहित्य- कुञ्ज कैलाली॥
February 24 at 12:21am · Unlike · 16
Sajana Gurung
घायलको तरही मुसायरा ३७ मा मेरो प्रयास
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
देशको माटो म पनि चिन्दछु !
घाउ र खाटो म पनि चिन्दछु !
अत्तिनु हुन्न दुखमा कहिल्यै
सास्तीको पाटो म पनि चिन्दछु !
उभिए पनि बिदेशी भूमिमा
घरको बाटो म पनि चिन्दछु !
आँगनी आफ्नै छ स्वर्ग सरीनै
भए नि लाटो म पनि चिन्दछु !
बिरामी आमा पुकार्छे मलाई
ऋणको फाटो म पनि चिन्दछु !
February 24 at 12:30am · Unlike · 19
Kiran Meyongba
अग्रज हरुलाई नमस्कार टक्र्याउदै घायल को तरही मुसायारामा सानो प्रयास पोस्ट गर्दै छु म किरण "थाङ्नेकान्छा" साथै सम्पूर्ण मित्र हरमा नमस्कार ...
मिसरा: घाऊ र खाटो म पनि चिन्दछु,
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाऊ र/ खाटो //म पनि/ चिन्दछु
लय: ३ २ ३ ३=११
गजल -------------
खाल्डो र बाटो म पनि चिन्दछु
टाटु र खाटो म पनि चिन्दछु
नतान मलाई बैचारिक चङ्गुल्मा
पानी र माटो म पनि चिन्दछु
चौपङ्ख लगाई व्याख्या नगर
मेल र फाटो म पनि चिन्दछु
नसोच्नु मलाई मुर्ख भनी
चिसो र तातो म पनि चिन्दछु
जती नै छोप ति सत्य कुरा
उही र साटो म पनि चिन्दछु
किरण "थाङ्ने कान्छा"
हाल यू ए ई
पाँचथर नेपाल
February 24 at 12:38am · Unlike · 21
जीतु खड्का गाउले
ओहो मैले पोस्ट गरेको गजल मा त चिन्दछु मा द त आएनछ है माफि चाहन्छु फेर बदल गरेको हैन र छैन
पुन पोस्ट गरे है सुद्दताको साथ
------------
लाटो र बाठो म पनि चिन्दछु,
ढुङ्गा र माटो म पनि चिन्दछु, !!
मुर्ख त छैन म पनि हजुर
गल्ली र बाटो म पनि चिन्दछु, !!
नभन तिमी त्यसरी मलाई
मोटो र घाटो म पनि चिन्दछु, !!
नझार आँशु पोखेर बेदना
घाउ र खाटो म पनि चिन्दछु,!!
नगर भयो माँयाको ब्यापार
नाफा र घाटो म पनि चिन्दछु, !!
जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
हाल -बालुवाट साउदीको
February 24 at 1:01am · Unlike · 18
Piban Kandangwa
तरही मुसयारा ३७ मा मेरो प्रयास
गजल: लक्ष्मण 'मिलन' विस्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो/ म पनि/ चिन्दछु
लय: ३ + २ + ३ + ३ = ११
बाठो र लाटो म पनि चिन्दछु
देश र माटो म पनि चिन्दछु
अधेरी रात कसरि हिडने
भित्ता र बाटो म पनि चिन्दछु
अंश मा झ्याली कपटी नहोस
सुर्का र पाटो म पनि चिन्दछु
पोहोर सालको लागेको चोट हो
घाउ र खाटो मा पनि चिन्दछु
वहाना गर्दै हिडछौ गाउमा
खुन को टाटो म पनि चिन्दछु
पिवन कन्दङ्वा लिम्बु
आठराई- छातेढुंगा तेह्रथुम
February 24 at 1:16am · Unlike · 15
Nirmala Khadka
घायल तरहिको मुशयरा ३७ मा मेरो प्रयाश यसरि गरे ...
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
खोले र आँटो म पनि चिन्दछु
गोर्खाली माटो म पनि चिन्दछु
देखेर सोझो झुक्कायो भन्दैछौ
बाठो र लाटो म पनि चिन्दछु
कसरी भन्छौ ताजै छ चोट त्यो
घाउँ र खाटो म पनि चिन्दछु
सोच्यौ कि के हो नशामा हिड्दै छु
गाउँको बाटो म पनि चिन्दछु
पोतेर रंग ,बयान खुनको
खुनको टाटो म पनि चिन्दछु
निर्मला खड्का
भैरहवा (हाल इजराइल )
February 24 at 1:28am · Unlike · 18
Krishna Khadka
राम्रो छ सबैको गजल हरु शुभकामना छ सबैलाई मेरो /
February 24 at 1:38am · Unlike · 9
सुमित्रा पौडेल 'आँचल'
सम्पूर्ण गजल प्रेमी मनहरुमा न्यानो साहित्यिक अभिबादन सहित घायल ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दै 'लक्ष्मण भाईलाई बधाई का साथमा मुसायराको औं सृङ्गखलामा मेरो प्रयास यस्तो रह्यो -----
गजल ---
दु;खको बाटो म पनि चिन्दछु
मुटुको गाँठो म पनि चिन्दछु
बोकेर पीडा नझार त्यो आँशु
घाऊ र खाटो म पनि चिन्दछु
हे आमा ! तिम्ले राखेको त्यो पाऊ
आफ्नै हो माटो म पनि चिन्दछु
सहस्र फल्ने अन्नका ती दाना
बारीको पाटो म पनि चिन्दछु
बनेर दास आशमा बाँचेका
नबोल्ने लाटो म पनि चिन्दछु
बोकेर स्वार्थ खेलौने अरुलाई
चतुर बाठो म पनि चिन्दछु
दु;खीको दर्द जिउन त्यो बाटो
खोले र आँटो म पनि चिन्दछु !!
सुमित्रा पौडेल ''आँचल'' भरतपुर चितवन
हाल ;-इजरायल
February 24 at 1:44am · Unlike · 16
साथी समिर
नमस्कार गजल पारखि अग्रज तथा मित्रजन /
घायल तरहि मुसायरा 37 मा लक्ष्मण मिलन जीको मिसरा मा मेरो प्रयास /
लय : 3+2+3+3=11
****
जन्मेको माटो म पनि चिंदछु ,
हिडेको बाटो म पनि चिंदछु /
*
नगरे हेला गरिव जनको ,
दुःखको आँटो म पनि चिंदछु /
*
छामेर हेर्नु पर्दैन शरिर ,
घाऊ र खाटो म पनि चिंदछु /
*
मारेर मांछे अबिर हो भंछौ ,
खुनको टाटो म पनि चिंदछु /
*
हत्यारा तिनै अचेल पुजारी ,
नौटंकी लाटो म पनि चिंदछु /
******
मिति: 23/02/2012
समिर अधिकारी " साथी समिर "
झापा , हाल यू.ए.ई
February 24 at 1:44am · Unlike · 15
Kalpana Awasthi
बुद्धको बाटो म पनि चिन्दछु
देशको माटो म पनि चिन्दछु
जन्मेको कहाँ प्रमाण छ हेर
गरेको फाँटो म पनि चिन्दछु
नगर तिमी बुद्धको बयान
सोझो र लाटो म पनि चिन्दछु
अर्काको छोरा आफ्नु हो भनेर
नाफा कि घाटो म पनि चिन्दछु
सोचेर मात्र हुँदैन " कल्पना "
घाउ र खाटो म पनि चिन्दछु कल्पना अवस्थी रसुबा कालिकास्थान हाल - टोरोन्टो क्यानाडा
February 24 at 3:13am · Unlike · 15
Sunil Hamal
घायलको तरही मुसायरा ३७ मा मेरो प्रयास यस्तो रह्यो:-
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र खाटो म पनि चिन्दछु
लय:- ३+२+३+३=११
नदेखाउ तिमि बिवेको खेल।
आचाँर र बिचार म पनि बुझ्दछु ।।
नछोप कसुर कसैको यहाँ ।
निर्दोस र दोसि म पनि चिन्दछु ।।
नदेखाउ पिढाँ बनावटि चोट्को ।
घाउ र खाटो म पनि चिन्दछु ।।
नदेखाउँ तिम्रो नौटँकि खेल ।
साँचो र झुँटो म पनि बुझ्दछु ।।
पानी माथिको ओभानो नबन तिमि।
चोर र साधु म पनि चिन्दछु ।।
सुनिल हमाल,२०१२-०२-२४, सुभप्रभात!!!
-----------------------------------------
February 24 at 4:19am · Unlike · 10
लक्ष्मण 'मिलन' विष्ट
सर्ब प्रथम सम्पुर्ण अग्रज, गजलमन, र गजलपारखीमनहरु प्रती सहित्यिक अभिवादन ।। मेरो मिसरालाई घायलको तरही मुसायरामा समाबेस गरेर ठुलो गुण लगाउनु भएकोमा आदरणिय सर्जक दलबिर घायल गुरु प्रति हार्दिक आभार प्रकट गर्दछु । शुभ पल
February 24 at 6:54am · Unlike · 12
Atit Lingden
सर्वप्रथम सम्पूर्ण साहित्य अग्रज तथा गजल पारखी मनहरुमा मेरो साहित्यिक अभिवादन, "घायल को तरही मुसायरा ३७" मा मेरो दोस्रो प्रयास यस प्रकार छ स्विकार्नु होला :-
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
निशानी टाटो म पनि चिन्दछु !
जन्मेको माटो म पनि चिन्दछु!!
सानोमा घुम्दै खेलेको चौतारी !
हिडेको बाटो म पनि चिन्दछु !!
मलम पट्टि गर्दैमा मेटिन्न !
घाउ र खाटो म पनि चिन्दछु !!
खर ले छानो छाउँदा चाहिने !
बाँसको भाटो म पनि चिन्दछु !!
नगर्नु घृणा अपाङ्ग नभन्नु !
बोल्दैन लाटो म पनि चिन्दछु!!
अतित सुब्बा
झापा, हाल: मलेसिया
February 24 at 8:26am · Unlike · 14
Prakashmani Khanal
घायल तरही मुसायरा-37 मा मेरो प्रयास....
गजल
जन्मेको माटो म पनि चिन्दछु!
जिन्दगी बाटो म पनि चिन्दछु!!
गरीब मन दुःखी को जिउमा !
घाउ र खाटो म पनि चिन्दछु!!
भुमीका नेता आफन्त नजिक!
ढिकुटी चाटो म पनि चिन्दछु!!
रहन्न यौटै जिवन सबैको !
कसैले ढाँटो मपनि चिन्दछु!!
बिकाश भा छ?शहीद भएरै!
जनता लाटो म पनि चिन्दछु!!
प्रकाशमणि खनाल
गोल्धाप-4, झापा.
February 24 at 9:28am · Unlike · 9
सुबाश 'सरोबर' अधिकारी
घायलको तरहि मुसायरा 37 मा मेरो प्रयास यस्तो रह्यो।
गजलः लक्ष्मण 'मिलन' बिष्ट
मिसराः घाउ र खाटो म पनि चिन्दछु
काफियाः खाटो
रदिफः म पनि चिन्दछु
लयः 3+2+3+3=11
गजल
नेपाली माटो म पनि चिन्दछु
हिडेको बाटो म पनि चिन्दछु
मलाई त्यति अज्ञानी नसम्झ
बाठो र लाटो म पनि चिन्दछु
सहरमा जति बसेनी के भयो
गाँउको आटो म पनि चिन्दछु
दुख्दछ कोहि बल्झेर बेस्सरी
घाउ र खाटो म पनि चिन्दछु
कहाँको तिमी कहाँको 'सुबाश'
मायामा फाटो म पनि चिन्दछु
धन्यबाद !!
February 24 at 9:58am · Unlike · 15
Dilip Rai
घायलको मुसायारा 37 अनुसार मैले यसरी लेख्दै छु गल्ति भए सच्याऊने अबसर दिनुहुने छ भन्दै मेरो त यस्तो भो ।मिसरा =घाउ र खाटो म पनि चिन्दछु ।काफिया =।खाटो
रदिफ =म पनि चिन्दछु ।लय=3 + 2 + 3 + 3 =11,
बाठो र लाटो म पनि चिन्दछु ।
देशको माटो म पनि चिन्दछु ।
नछांट भाषा प्रेमको म सँग ।
मायाको पाटो म पनि चिन्दछु ।
छोडीदेउ अब नढाट मलाई ।
घाउ र खाटो म पनि चिन्दछु ।
छल्दैछ मलाइ् दुनिया तै पनि !
जिउने बाटो म पनि चिन्दछु ।
लम्केर तिमि पुग्ने नै कां हौ र ।
त्यो बाटो घाटो म पनि चिन्दछु ।
दिलिप राइ( कान्छा )
भोजपुर नेपाल ।
February 24 at 11:56am · Like · 11
Bhagawati Basnet
घायलको तरही मुसायरा ३७
दूरुह बाटो म पनि चिन्दछु
मकैको आटो म पनि चिन्दछु
निर्जन आँफै निरही ठान्दछौँ
गरिव लाटो म पनि चिन्दछु
जोडेर राख्यौ अकुत सम्पत्ति
कानुन भाटो म पनि चिन्दछु
घाइते भा'को बहाना बनायौ
घाऊ र खाटो म पनि चिन्दछु
समय चक्रले बनायो प्रवासी
जन्मेको माटो म पनि चिन्दछु
February 24 at 12:58pm · Unlike · 11
पुस्कर देव शर्मा
नमस्ते गजल मन हरु लाई, मेरो पनि घायल को मुसयरा ३७ मा सानु प्रयास गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
गरा कि आँठो म पनि चिन्दछु
बाख्रो कि पाठो म पनि चिन्दछु
नसम्झ यहाँ बालक मलाई
छल्यो कि ढाँटो म पनि चिन्दछु
हेर्नुत कस्तो ज्ञानी म भएको
कुस्ठेको टाटो म पनि चिन्दछु
बिभत्स्य हत्या अद्रिस्य भाछैन
कसले काटो म पनि चिन्दछु
नबोल धेरै ए घुसे चिकित्सक्
घाऊ र खाटो म पनि चिन्दछु
पुस्कर देव शर्मा (चापागाँइ)
हाल-यू ए इ
February 24 at 2:43pm · Unlike · 8
Asmi Gm
गजल: लक्ष्मण 'मिलन' बिष्ट
मिसरा: घाऊ र खाटो म पनि चिन्दछु,
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाऊ र/ खाटो //म पनि/ चिन्दछु
लय: ३+२+३+३=११
पोइ र नाठो म पनि चिन्दछु !!
माउ र पाठो म पनि चिन्दछु!!
नगर तिमि मायाँमा दलाली
नाफा र घाटो म पनि चिन्दछु!!
नथाप पासो ए स्वार्थि निस्टुरी
खोल्सा र बाटो म पनि चिन्दछु!!
नसोच तिमि अन्जान मलाइ
माया र फाटो म पनि चिन्दछु!!
गोही झैं आँशु के झार्छौ नौटंकी
घाउ र खाटो म पनि चिन्दछु!!!
February 24 at 4:37pm · Unlike · 15
अज्ञात पाल्पाली
जसो तसो कनी कसो मैले पनि लेखेँ यसो गजल दिने लक्ष्मण 'मिलन' विष्ट लाई धन्यबाद
घायलको तरही मुसायराको जय होस !
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
स्वदेशी माटो म पनि चिन्दछु
गोरेटो बाटो म पनि चिन्दछु
नेपाली खाना क्या मिठो बासना
पिठो आँटो म पनि चिन्दछु
युद्ध का घाउ पुरिंदै छन ती
घाउ र खाटो म पनि चिन्दछु
सत्तामा जान प्रयोग गरेका
स्वार्थी त्यो पाटो म पनि चिन्दछु
के पायौँ हामी के लग्यौ तिमीले ?
नाफा र घाटो म पनि चिन्दछु
अज्ञात पाल्पाली
February 24 at 4:59pm · Unlike · 9
Santosh Sitaula
यहाँनिर मलाई केहि भन्न मन लाग्यो कि मनमा खड्केको कुरा बोल्दा सायदै कोही रिसाउँदा हुन भनेर! हुन त सर्जक ले एउटा पूर्ण गजल लेखीसक्नु भ'को छ यहि मिस्रा मा आधारीत भएर तर मलाई यसको रदीफ खट्क्यो! 'चिन्दछु' नभएर 'चिन्छु' मात्र रदीफ भएको भए १० मात्राको लय हुने थियो! मैले धेरै कोसीस गरे लेख्न तर अनावस्यक निपात राख्नु पर्ने बाध्यता र त्यसले भाव लाई धक्का पुगेको महसुस गरे! यो मलाई मात्र परेको समस्या पनि हुन सक्छ! यती बोलेकोमा सर्जक र मुसायरा सन्चालक सँग माफी चाहेँ!
February 24 at 6:37pm · Like · 9
जीतु खड्का गाउले
अब हुन् त म नी कुनै त्यस्तो बिज्ञ त होइन मैले नी त्यो निपात लाइ ख्याल नगरी जो वास्तमा हुनु पर्ने त्यहि सुद्दताको आधारमा सबै भन्दा पहिला गजल पोस्ट गरेको हु Santosh Sitaula सर तर पनि यो घायलको तरही मुसायरामा गजल कोर्दा यहाको नियम मा बस्नु पर्ने बाध्यता छ |अनि पुन पोस्ट गरेको हु | म् पनि सुरुकात बाट नै गजल कोर्दै आएको छु एउटा भाग मा बिकास घायलको मिसरामा देशको श लाइ खुट्टो काटी लंगडो बनाएर मिसरा दिएको थियो मेरो मलाइ उचित लागेन मैले कोरिन यहा यहा तपाई लाइ चित्त नबुझे नकोर्ण सक्नु हुन्छ |हामि प्रतिसप्रधा भन्दा सिक्ने उदेस्य लिएर आएका हुन्छौ ................ ई सबालको उत्तर घायल दाइ ले नै दिनु हुनेछ उचित लाइ उचित भन्नु पर्छ गलत लाइ गलत भन्नु पर्छ यो नै उचित हो लेखे लेखे नलेखे नलेख यो मैले चलाएको मुसायरा हो मेरो नियम् लागु गर्छु भन्नु चै भएन देश लाइ खुट्टो काटेर मात्रामा एक गनेर एक श्रीङ्खला पनि चल्यो यहा मैले मेरो बिचार नी राखेको थे .......................धेरै पो बोले की
February 24 at 7:05pm · Unlike · 9
Santosh Sitaula
ho ho gaule tapailai khatkeko kuraa tapai bolnu hunchha malai khatkeko ma bolchhu! Aba sochne le ke sochchhan tyo saga khasai lenadenaa bhayena malai chahi! Yaha sabai sikaaru nai chhau! Kohi bigya kahile pani hudaina!
February 24 at 7:09pm · Unlike · 5
जीतु खड्का गाउले
अ गजल को पुस्तक निकालेको मान्छे ले नी सिकारु भन्दा त ..................
February 24 at 7:12pm · Unlike · 5
Jane Tamu
घायलको तरही मुसायरा ३७ मा मेरो प्रयास यस्तो रह्यो:-
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र खाटो म पनि चिन्दछु
लय:- ३+२+३+३=११
स्वामी या नाठो म पनि चिन्दछु
पोतेको गाँठो म पनि चिन्दछु
लागेको चोट भएनि दिलैमा ,
घाऊ र खाटो म पनि चिन्दछु
पुरूष नारी सिक्का झै आधार ,
नारीको पाटो म पनि चिन्दछु
एउटै आत्मा दुईटा किनार ,
हुनुमा फाटो म पनि चिन्दछु
नयन छोप या कान यि मेरा ,
साच्चै हो लाटो म पनि चिन्दछु
जेन तमू[ ज्ञानेन्द्र]
February 24 at 7:27pm · Unlike · 9
Krishna Khadka
घायलको मुसायरा ३७ को अनुसार म पनी येसरी प्रस्तुत भएँ ल /
गजल :लक्ष्मण 'मिलन' बिष्ट
मिसरा :घाऊ र खाटो म पनी चिन्दछु
काफिया :खाटो
रदिफ :म पनी चिन्दछु
लय :घाऊ र/खाटो//म पनी/चिन्दछु
लय ३+२+३+३
धर्मको पाटो म पनी चिन्दछु !
जन्मेको माटो म पनी चिन्दछु !
जगेर्ना गर्छु देशको सस्कृति !
नया र फाटो म पनी चिन्दछु !
आधैछ अंग दर्जिको नुक्समा !
सही र ढाटो म पनी चिन्दछु !
कलाको धनि बृहत् आकार !
ढुंगो र माटो म पनी चिन्दछु !
गारीवै छंदा खाएको जाउलो !
ढिडो र आटो म पनी चिन्दछु !
कृष्ण खड्का
सानोश्री बर्दिया
हाल:साउदी अरब /
February 24 at 7:29pm · Unlike · 9
श्रेष्ठ बसु
घायल तरही मुसायरा को ३७ सौं अंक मा मेरो प्रयास
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
गजल
नाफा र घाटो म पनी चिन्दछु
जन्मेको माटो म पनी चिन्दछु !!
संघर्ष गर्न हिडेकी प्रदेस् मा
नराम्रो बाटो म पनी चिन्दछु !!
पाईला पिच्छे चोट नै पाएकी
घाउ र खाटो म पनी चिन्दछु !!
लिएको ऋण तिर्नु त पर्छ नै
पैचो र साटो म पनी चिन्दछु !!
बोल्नेको बिक्छ पिठो नी यहाँ त
नबोल्ने लाटो म पनी चिन्दछु !!
बसु श्रेष्ठ
भैरहवा
February 24 at 7:31pm · Unlike · 12
Purna Gurung
घायलको तरही मुसराया ३५ मा मेरो_/\_ नमस्कार !!
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
गजल
भिर र बाटो म पनि चिन्दछु
तिर र भाटो म पनि चिन्दछु
रहेर पनि बेदेशी भुमीमा
देश र माटो म पनि चिन्दछु
जहिले दुखि रहने चसक्क
घाउ र खाटो म पनि चिन्दछु
भएर ज्ञनी नभन काहानी
ढिडो र आटो म पनि चिन्दछु
बुझिन भनि भो अब नभन
चंखे र लाटो म पनि चिन्दछु
पूर्ण कान्छा
हाल कतार
February 24 at 8:19pm · Unlike · 10
थापा मिरा
सम्पूर्ण अग्रजलाई लाई अभिबादन गर्दै सिकारु कलम बाट यो गज़ल प्रेषित गर्दैछु !
बुद्धको बाटो म पनि चिन्दछु !
खुनको टाटो म पनि चिन्दछु !!
रातैमा किल्ला सारेर के भो र?
देशको माटो म पनि चिन्दछु !!
काध मा देश बोकेरै हिड्दै छु !
शान्तिको पाटो म पनि चिन्दछु !!
पुर्खा को लास आलै छ अझै नि !
घाउ र खाटो म पनि चिन्दछु !!
यो छाती भित्र नेपाली माटो छ !
ढिंडो र आँटो म पनि चिन्दछु !!
__थापा मीरा
झापा /माइधार
February 24 at 9:44pm · Unlike · 11
Tak Tamu · Friends with Mero Nepal and 16 others
न्यानो अभिबादन सहित घायलको तरही मुसायरा ३७ मा मेरो प्रति-निधी गजल्:
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र खाटो म पनि चिन्दछु
लय:- ३+२+३+३=१
रोप्दैछौ फाटो म पनि चिन्दछु
काट्दैछौ माटो म पनि चिन्दछु
भर्दैछौ भुँडी बेचेर नेपाल्
नठान लाटो म पनि चिन्दछु
नेपाल आमा सन्चो भो भन्दैछौ
घाउ र खाटो म पनि चिन्दछु
नेपाल रहे नेपाली रहन्छ्
पाइन्न साटो म पनि चिन्दछु
उज्यालो छाडी अंध्यारो रोज्दिन्
भिर र बाटो म पनि चिन्दछु
टक गुरुङ्
आँबु खैरेनि-६
तनहुँ
February 24 at 9:58pm · Unlike · 9
Ratan Bdr Bk
आदरणिय दाजु 'घायल' अनि तमाम अग्रजहरु प्रति मेरो हार्दिक नमस्कार छ।
महान मुसायराको उत्तरोत्तर प्रगतिको काँमना ब्यक्त गर्दै
वहाँ "घायलको तरही मुसायरा३७" मा मेरो अज्ञानी प्रयास यसरी अघि सार्दैछु।
गजल:-लक्ष्मण 'मिलन'बिष्ट
काफिया:-खाटो
रदिफ:-म पनि चिदन्छु
लय:-घाउ र //खाटो/म पनि/चिदन्छु
लय:-३+२+३+३=११
के लायौ साटो? म पनि चिन्दछु,
मनको पाटो म पनि चिन्दछु!!
तरेर आँखा नबस बेमान,
निधार्को गाँठो म पनि चिन्दछु!!
नगर मेरो तारिफ कहिल्यै,
संसार्कै बाठो म पनि चिन्दछु!!
तर्केर हिड के लाग्छ कसको,
चाप्लुसे फाटो म पनि चिन्दछु!!
मन यो चर्क्यो फुटेर पट्पट,
घाउ र खाटो म पनि चिन्दछु!!
रतन बहादुर बि.क.
मनाउ-१ बर्दिया
हाल, अहमदाबाद
February 25 at 7:53am · Unlike · 8
Ramesh Biman
***********************************
जन्मेको माटो म पनि चिन्दछु
नठान लाटो म पनि चिन्दछु
के के न राम्रो गरेको भन्दैछौ
शान्तिको बाटो म पनि चिन्दछु
दुख र पिडा मलाई'नी था छ
घाउ र खाटो म पनि चिन्दछु
उकालो वरालो हिडेको मान्छे
भिरको पाटो म पनि चिन्दछु
चर्केर श्वर न लाद बिचार
सेतो र कालो म पनि चिन्दछु
मुसायराको सदा जय होस...
February 26 at 6:12am · Unlike · 8
Kamal Jalanaashu
नमस्कार अग्रज मित्र हरु संगै घायलको तरहि मुसायरा 37 मा मेरो प्रयास यस्तो रह्यो
गजल- लक्ष्मण मिलन बिष्ट
काफिया- खाटो
रदिफ- म पनि चिन्दछु
लय- घाउ र/ खाटो/ म पनि/ चिन्दछु
लय- 3+2+3+3=11
हिडेको बाटो मपनि चिन्दछु
जन्मेको माटो मपनि चिन्दछु
जतिनै होस पिडात्यो भोकको
खाएको आटो मपनि चिन्दछु
बल्झीयो पिडा दुखेर बेस्सरि
घाउ र खाटो मपनि चिन्दछु
हिडेर केभो इशारा मार्फत
नबोल्ने लाटो मपनि चिन्दछु
गर्दछ कुरा स्वार्थको ढंगले
मत्लबि बाठो मपनि चिन्दछु
नेपाली पन झल्कीने हेर्दैमा
सिमृक रातो मपनि चिन्दछु
कमल जलन आँशु
बाबियाचौर 4 सुर्खेत
हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बई "अध्यक्ष"
February 26 at 10:04am · Unlike · 7
Laxman Bhantana Sireesh
गजलको इतिहाँसमा आफ्नो दर्बिलो नाम कोरी साहित्यमा एक कदम अघाडी बढी सक्नु भएका दाजु दल वीर सिंह बराइलि "घायल" को यो कार्यलाई म झुकेर नमन गर्छु। तरही मुशयाराले बिभिन्न बाधा अड्चना पार गर्दै आजको दिन सम्मा आइ पुग्दा म जस्तै भर्खरै यो बिधामा हात लगएका हरुको लागि अत्यन्तै प्रभाबकारी अनी प्रिथक इतिहाँस रची सकेको छ। अझै भनौ मेरो सुस्ताएको कलमलाई उठाउने काम पनि उहाँ दाजुले नै गर्नु भएको हो बिगत एक महिना पहिले दादा प्रती आभारी रहेँ यो पल।
लक्ष्मण मिलन बिष्ट जस्ले मलाई गजलको आकाश मा साथै राखी अघी बढ्न सधैं सत्प्रेरणा दि एक शसक्त भूमिका खेल्नु भको छ त्यसैले उहाँ प्रती पनि हार्दिक क्रितग्य रहें यो पल यिनै मिसराका साथमा। आजको अंकमा मित्जु लक्ष्मण मिलन बिष्ट जि को मिसरामा म आफुले पनि नजानिदो शैली पस्कने जमर्को गरेको छु। । एक पटक पुन: तरही मुशयारा लाई बधाई दिदैं यस्तो प्रयास गरें आशा छ यहाँ गजल मन हरुको पुरा साथ मिल्ने छ।
गजल: लक्ष्मण 'मिलन' विष्ट
मिसरा: घाउ र खाटो म पनि चिन्दछु
काफिया: खाटो
रदिफ: म पनि चिन्दछु
लय: घाउ र/ खाटो// म पनि/ चिन्दछु
लय:- ३+२+३+३=११
दु:खको पाटो म पनि चिन्दछु
गुन्द्रुक आटो म पनि चिन्दछु
बेदना खेपी झरेनी मुग्लान
त्यो आफ्नो माटो म पनि चिन्दछु
मुटुमा सधैं जलन यो साँच्दा
घाउ र खाटो म पनि चिन्दछु
भाग्यले धोका दिएनी मलाई
प्रितीमा फाटो म पनि चिन्दछु
रोएर फेरी नभाक्नु देउता
कर्मको बाटो म पनि चिन्दछु
लक्ष्मण भन्तना "शिरिष"
अश्राङ- ४, गोरखा
हाल- आबुधाबी
February 26 at 2:33pm · Unlike · 10
Sharada Kharel
घायलको मुसायरा ३७ मा मेरो प्रयास, गजल _ लक्ष्मण बिस्ट,, काफिया खाटो ,, रदिफ - म पनि चिन्दछु // लय _ घाउ र खाटो मा पनि चिन्दछु // भिर होकी वाटो म पनि चिन्दछु /
घाउ र खाटो म पनि चिन्दछु //
पहाडकी छोरी लेक वेसी धाएँ /
पिठो र आँटो म पनि चिन्दछु//
न सोध के हो विछोड को पिडा /
दुखेको पाटो म पनि चिन्दछु //
अभिनय गर्यौ नबोल्ने जस्तै /
वाठो की लाटो म पनि चिन्दछु //
नेपाली हुं म नेपाल मेरो हो/
जन्मेको माटो म पनि चिन्दछु //
Tuesday at 3:46pm · Unlike · 3
Ratan Bdr Bk
हुन त हामी सिकारु हौँ,
दिईएको मिसरालाई मतलामा प्रयोग नगर्नु पर्ने हो जुन मुसायराको नियममा पनि खुलाईएकोछ।
@सारदा खरेलजी
Tuesday at 4:14pm · Unlike · 2
Sharada Kharel
thank you for suggestion, ratan ji , yo pahilo prayas ho. ali khyal bhayenachha.
Yesterday at 1:39am · Unlike · 3
घायलको तरही मुसायरा प्रेमी तथा सहभागी सम्पूर्ण मित्रहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ! यहाँहरुको सकृय सहभागिताले तरही मुसायरा दैनिक सफलताको खुड्किलोहरु क्रमश: चढ्दै गएकोछ ....यो क्रम जारिरहनेछ भन्ने आशा गर्दछु !
यो श्रींखलामा सहभागिता जनाउनु हुने मित्रहरुको गज़ल निक्कै उत्कृष्ट छन् .केही गज़लहरु मात्र हाम्रो तरही मुसायराको नियम बिपरित भएको छ तैपनि यो आशा गर्दछु कि आउँदा दिनहरुमा मुसायराको नियम राम्रोसँग अध्यान गरि पोस्ट गर्नु हुनेछ आफ्नो सिर्जना.....!
साथै केही प्रश्न पनि उठेका छन् र त्यस बिषयलाइ मैले सकारात्मक रुपमा लिएको छु आउँदो दिनहरुमा त्यस प्रकारको त्रुटिहरु नहोस भन्ने सजक रहने छु तर पनि यो श्रींखलामा खासै त्यस्तो त्रुटी भएको छ जस्तो लाग्दैन .... सल्लाह सुझाव दिनु हुने सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिन चाहन्छु !
गज़ल पोस्ट गर्दै गर्नु होला अझै साँझ सम्म समय बाँकी छ .......यहाहरुको
Rita Reeta
घायलको तरही मुसयारा ३७ मा मेरो सानु प्रयास यस्तो छमिसरा- घाऊ र खाटो मा पनि चिन्दछु
काफिया :खाटो
रदिफ : म पनि चिन्दछु
लय : घाऊ र/ खाटो/ म पनि/ चिन्दछु
३+२+३+३=११
गल्लि र बाटो म पनि चिन्दछु
सुभाषीत्त माटो म पनि चिन्दछु
पीडाले घोच्दा मुटुमा जलन
घाऊ र खाटो म पनि चिन्दछु
अन्धकार् जति भएनी तेसमा
देशको माटो म पनि चिन्दछु
बिदेशी भोज जतिनै खाएनी
मोही र आटो म पनि चिन्दछु
भासन जति तिमीले दिएनी
बाठो र लाटो म पनि चिन्दछु
रीता गोतामे
16 hours ago · Unlike · 4