गज़ल:-भिन्नाभिन्नै
दलबीर सिंह बराइली 'घायल'
हावा, पानी, अन्न हेर आकार छ भिन्नाभिन्नै
त्यसैमा नै हामी बाँच्ने आधार छ भिन्नाभिन्नै
धर्म, बर्ग, भूगोलमा बिभाजित भयौं हामी
त्यसैले त आपसमा बिचार छ भिन्नाभिन्नै
हामी सबै समयको गतिसँगै कुद्न खोज्छौं
नत्र किन सबैलाई हतार छ भिन्नाभिन्नै
प्रकृतिले मात्रै दिन्छ निश्वार्थ त्यो माया बुझ
मान्छेमा त मायाको नि ब्यापार छ भिन्नाभिन्नै
तितो तर सत्य हुन्छ 'घायल'को कुरा सुन्दा
मिठो लाग्ने आश्वासनको बजार छ भिन्नाभिन्नै
गुप्तेश्वर-३,रामेछाप
हाल: अबुधाबी, युएई