यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३५

ट्यागमा सबैलाई समेट्नु नसकेकोमा माफी चाहन्छु ....! संधै झैं यहाँहरुको अमुल्य सहयोगको अपेक्षा गर्दछु !

घायलको तरही मुसायरा-३५ यहाँहरुको सामुन्ने छ ! यो मुसायरा मेरो मात्र होइन ....अब हामी सबैको तरही मुसायरा भएको छ ! केवल मैले संचालन गरेकोले मात्र 'घायलको तरही मुसायरा' राख्नु परेको हो ! नेपाली गज़लमा साँच्चै एउटा नयाँ लहर ल्याएकोछ यसले ..........यहाँहरु सबैलाई अवगतै छ यो मुसायरा संचालनमा आएपछी कतिजना नयाँ गज़लकारहरुको जन्म भएको छ ....जन्म मात्र होइन उत्कृष्ट गज़लकार बनि सक्नु भएको छ त्यसमा मैले थोरै भएपनि योगदान पुर्याए झैं लागेकोछ ! बाँकी मैले भनि रहनु पर्दैन यहाँहरु बिनाको यो तरही मुसायरा कल्पना पनि गर्न सक्दिन .....!!! आशा छ यसरी नै हाम्रो सहकार्य निरन्तर जारी रहनेछ ! हाम्रो २५सौं भाग सम्मको संग्रह प्रकाशनको तयारीमा छ ! मेरो बिदाको समय केही पर सरेपनि जब म नेपाल पुग्छु यसको कार्य द्रुत गतिमा अगाडी बढ्नेछ ! त्यसमा पनि तपाइहरुको साथ रहने नै छ भन्ने आशा राखेको छु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

मनु लोहोरुङ् राई ज्युको जन्मस्थान सितलपाटी गा. वि.स. वार्ड नं.-६ ,संखुवासभा जिल्ला अनि बिबाह धनकुटा अहले गा.वि.स.-३ हर्दियामा भएको हो र हाल न्युयोर्क अमेरिकामा हुनु हुन्छ ! गाउँ घर बन जंगल मेलापात गर्दा गर्दै उहाँलाई साहित्यमा रुची कतिबेला बस्यो थाहा नै पाउनु भएन तर उहाँलाई याद भए अनुसार सबै भन्दा पहिले साहित्यिक किताब ०४७ सालमा रमेश विकलको "सात सूर्य एक फन्को" भन्ने किताब पढ्नु भएको थियो | त्यतिबेला खुब सायरी लेख्ने चलन थियो र उहाँले पनि एसो कहिले कहीं १-२ वटा लेख्नु हुन्थ्यो | वैवाहिक जीवनमा बाँधिए पछि त्यति सक्रिय रुपमा केही पनि लेख्नु भएन | ०५५ साल देखि गजलको खेस्रा र १-२ वटा कविता कोर्नु भयो | सुसुप्त अवस्थामा रहेको साहित्यिक चेतना बढेपछि भने अलि रुची बढ्न थाल्यो र पुन: लेख्न र सिक्न थाल्नु भयो | त्यतिकैमा २००८ मा इजरायल जानुभएपछि उहाँले देश र घरको सम्झनालाइ सिर्जना रुपी कविता, गीत,गजलहरुमा उतार्नु भयो | तर आज सम्म कति सिर्जना गर्नु भयो वा गजल र गीतको संख्या कति छ पनि गणना गर्नु भएको छैन रे तर ३२ वटा कविताहरुको एउटा कविता संग्रह "लुङ्मारी मिथक" प्रकाशन भएको छ जुन हामी सबैलाई अवगतै छ | अझै उहाँ धेरै कुराहरु सिक्न इच्छुक हुनु हुन्छ | सबैको साहित्यिक माया पाएर फेरि अझै लम्किनु मन लाग्ने रहेछ भन्नु हुन्छ | आज उनै हामी सबै बिचमा परिचित प्रतिभाशाली सर्जक मनु लोहोरुङ् राई  ज्युको गज़लको यो मिसरा-ए-सानी  'सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ' लाइ 'घायलको तरही मुसायरा-३५' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १६ फेब्रुअरी २०१२ रातको १२:०० बजे (टाइम जोन +४ अनुसार)

गजल: मनु लोहोरुङ् राई
मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
काफिया: कदर
रदिफ: हुन्छ
लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
लय:- ४+४+४+४=१६  

सानो-ठूलो जात देख्ने यहाँ धेरै नजर हुन्छ
सम्मानले सबै जातको समाजमा कदर हुन्छ

को मधेसी, को पहाडी, सबको रातै रगत छ 
मुटु खोली प्रेम घोलौं बोल्ने एकै अधर हुन्छ

आँखा खोलौं शुद्ध मनले हेरौं सारा संसार यो 
अन्यायमा न्याय खोज्दा तिम्रै कुरा सदर हुन्छ 

अरु दुख्दा हामीले नि आफ्नै घाउ ठान्यौं भने 
सबै फूल बनिदिन्छन हेरौं त को पत्थर हुन्छ 

सत्कर्ममा लागे पछी, ज्यान कहीं ढली गए 
जहाँ ढल्छ शरिर यो त्यहि माटो अमर हुन्छ

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

वेब साइटको लागि तल क्लिक गर्नु होला

Posted by Unknown on 11:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

25 comments for घायलको तरही मुसायरा-३५

  1. जीतु खड्का गाउले सम्पूर्ण सर्जक अग्रजमा यो जीतु खड्काको न्यानो अभीबादन टक्राउन चाहन्छु
    घायलको तरही मुसायरा ३५ को लागि मेरो गजल पोस्ट गर्ने हिम्मत गरे है मैले

    गजलकार : मनु लोहोरुङ् राई
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६
    *******************************
    पुराना ती सिमारेखा फेरी अब सदर हुन्छ
    जती मिच्नु मिच्यौ भैया मिचे जती बदर हुन्छ !!

    एक अर्काको मान राखौ नखोजौ भो भिन्नै राज्य||
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ!!

    जात जाती नलड भो थुक्ला हेर!दुनियाँले
    दुनियाँले थुकेको दिन झुकेको त्यो अधर हुन्छ !!

    घर भित्र कलह छ ताली पिट्दै हाँस्छ वैरी
    भाई फुटे गवार लुटे दुस्मनको नजर हुन्छ !!

    चुच्चे को हो ?नेप्चे को हो ?नाक हेर्दै राज्य मागे
    टुक्रा टुक्रा पारी लिने देश लुट्ने गद्दार हुन्छ !!
    ******************************
    जीतु खड्का गाउले
    मोरङ उर्लाबरी
    February 10 at 12:34am · Unlike · 16

  2. Manu Lohorung Rai दलबीर जी !यहाँले मेरो गजललाई यति महत्व दिएर तरही मुसायरामा समावेस गर्नु भएकोमा म अति नै खुसी छु | म गज़लमा त्यति पोख्त मान्छे पनि होइन, र गज़ल लेख्नै छोडेको पनि झन्नै झन्नै एक बर्ष हुन लागेछ | तर यसरी साथी भाइहरुले इमेल गरेर हौसला दिईरहनु भएको छ | वर्ड प्रेस डट, नेपाली गजल डट कम, संखुवासभा अँन लाईनले मलाई बेला बेलामा साँच्चै हौसला दिनु हुन्छ | यसपाली घायल जीले मलाई प्रेमिलो हौसला दिनु भयो | गर्व लाग्छ, आफ्ना रचनाहरुलाई साथी भाइहरुले धेरै ठाउँमा पाठकको निमित सम्प्रेषण गरि राख्नु भएको छ | यहाँहरु सबैले मलाई यसरी नै तिर्न नसक्ने गुण लगाउनु भएको छ | मैले आफूले गर्न नसकेको, नभ्याएका काम साँच्चै नै यहाँहरु सबैले सदभाव, सहयोग र प्रेमले साथ दिनु भएको छ | हार्दिक आभारी छु, जो जो गजलमा पोख्त हुनुहुन्छ सबै साथीहरुले निरन्तर र निख्लम भावपूर्ण गजलहरु लेख्दै जानु होला | तपाईंहरुसंगै म पनि सक्दै जानेछु | तपाईं हामीमा यो अमिट सद्भाव सधैं यस्तै रहोस्, अपेक्षाका साथ सबैलाई हार्दिक शुभकामना ! हार्दिक धन्यवाद दलबीर जी !.
    February 10 at 2:39am · Unlike · 7

  3. Prakashmani Khanal
    *घायल तरही मुसायरा-35* मा मेरो प्रयास....******गजल******

    गरीबको आङ छोप्ने जब यौटा चदर हुन्छ!
    सम्मानले सबै जात्को समाजमा कदर हुन्छ!!

    बस्न दिन्न भन्दै हिड़े जता सुकै झगड़ा गरी!
    बने यस्तो सम्बिधान हामी बाट बदर हुन्छ!!

    यदि मिली हामी सबै फुलबारी सजाई राखे!
    देश माँझ कानुनको सर्वसम्मत् सदर हुन्छ!!

    कदा चित गुण्डा गर्दी हिंसा निशा बढ़दै गए !
    मारामार छिमेकीमा साँचो काम्ने अधर हुन्छ!!

    देश अगि बढ्छ जब उच निच बराबर मै नेपालीको बिरगाथा साकार सहोदर हुन्छ

    प्रकाशमणि खनाल
    ~~मणि~~
    गोल्धाप-4, झापा;
    February 10 at 10:59am · Unlike · 10

  4. पुस्कर देव शर्मा
    घायलको तरही मुसायरा ३५ मा मेरो पनि प्रयास

    गजलकार : मनु लोहोरुङ् राई
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६

    बैरी को त सधैं यहाँ स्वार्थ लुट्ने नजर हुन्छ
    देश भनी ज्यान दिने बुझ सदा अमर हुन्छ

    खोइ कहाँ मिल्यो आज जनताको सुख शान्ती
    आफु आफु लडी बसे बिकास मा असर हुन्छ

    नलडाउ जात भात साना ठुला भनी अब
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ

    गर अनी मात्र बोल छोड तिमी स्वप्न बाड्न
    निती पनि यही भन्छ सत्य साँचो सदर हुन्छ

    बाध्यता र बिबस्तामा बिदेशिन नदिनु है
    सबैलाई मातृभुमि भित्रै बस्ने रहर हुन्छ

    पुस्कर देव शर्मा (चापागाँइ)
    हाल यू ए इ
    February 10 at 4:42pm · Unlike · 12

  5. लक्ष्मण 'मिलन' विष्ट
    घायलको तरही मिसायरा 35 को नियम बमोजिम मेरो सानो प्रयास्

    गजल- मनु लोहोरुङ राई
    काफिया- कदर
    रदिफ- हुन्छ
    लय- 4 + 4 + 4 + 4 = 16

    गजल-

    फरक- फरक दृष्टिकोण, फरक- फरक नजर हुन्छ..!!
    कोही मान्छे द्यौता हुन्छ, कोही मान्छे पथ्थर हुन्छ..!!

    चाह भित्र छुट्टै अक्रो, कौतुहल्ता पैदा हुँदा..
    आवस्यक्ता भन्दा माथी, पुग्ने झन्-झन् रहर हुन्छ..!!

    जातिय त्यो विभेदको, अन्त्य गर्न आखिर यहाँ..
    सम्मानले नै सबै जातको, समाजमा कदर हुन्छ..!!

    दुई दिनको चोला न हो, मर्नै पर्ने हुन्छ यहाँ..
    जो-जो मर्छ देशको लागी, तिनै सपुत अमर हुन्छ..!!

    वियोगमा रुनेहरु, मैले जस्तै रुदै होलान्..
    अवरुद्द गला हुन्छ आँखा आँशु बर्बर हुन्छ..!!

    लक्ष्मण 'मिलन' विष्ट

    अछाम

    हाल- मुम्बई
    February 10 at 5:57pm · Unlike · 10

  6. Sabitra Luitel
    नमस्कार सम्पूर्ण अग्रज तथा सर्जक हरुमा ,घायलको तरही मिसायरा 35 मा जानी नजानी मेरो सानो प्रयाश ...

    कस्तो बोलि नेता ज्युको सधै भरि बदर हुन्छ
    चिल्ला चाप्ला कुरा गर्ने नौनी जस्तै अधर हुन्छ !!

    नेता बनी मन्त्री हुने गिद्दे दृष्‍टि बोकी आयौ
    कुरा गर्छौ बिकाशको कुर्सिमा नै नजर हुन्छ!!

    कालो गोरो भेद भाब गर्दै लड्दै नहिडन
    सम्मान्ले नै सबै जात्को समाजमा कदर हुन्छ !!

    गरिबीको कुम्लो बोकी गन्तव्यको खोजि गर्दै
    आँखा भए देख्थ्यौ नेता युवाको नै लहर हुन्छ !!

    थिचो मिचो निमुखा र निर्धो माथि सधैं किन ?
    उठ अब फेरी यहाँ सत्य साँचो सदर हुन्छ !!
    साबित्रा लुइँटेल घिमिरे
    झापा {हाल इजराइल }
    February 10 at 6:03pm · Unlike · 15

  7. Bhagawati Basnet
    घायल तरही मुसायरा-३५
    गजलकार : मनु लोहोरुङ् राई
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६

    पुरातन सोच फाल्यौ सधैँ कहाँ सदर हुन्छ
    रुढिवादी संस्कार त्यो पक्कै अब बदर हुन्छ

    नर नारी दुई जात मानवता हाम्रो धर्म
    सम्मानले सबै जातको समाजमा कदर हुन्छ

    एउटै आकास उही धर्ति किन कोर्नु सिमा रेखा
    आफ्नो पराइ छुट्याउने मानिसकै नजर हुन्छ

    अधिकार सराबरी नारी पुरुष बराबरी
    ठुलो सानो कोही छैन समानताको च्यादर हुन्छ

    दुनियाँलाई हेरेर नि अघि बढ्न सिक्नुपर्छ
    सधैं उही गति हुँदा खुम्चिएको अधर हुन्छ
    February 10 at 8:10pm · Unlike · 11

  8. Tej Bibas Rai नमस्ते सम्पुर्ण अग्रज सर्जकहरु मा आएर मेरो पहिलो प्रयस:~ मात्रिभुमि बेचि हिड्ने,कोहि मानिस गद्दर हुन्छ।***देशको निम्ती बलिदान,दिने मान्छे अमर हुन्छ।<<<<>>>>आलो पालो कुर्सी चढी,तलब भत्ता पचाउन*** शान्ति ल्याउने प्रश्तावहरु,संधै भरि बदर हुन्छ।<<<<>>>>सोझा जनता थिचिएर,पिल्सिएको कसले देख्ने***भ्रष्टाचरी घुसखोरीको,बोली अझै सदर हुन्छ।<<<<>>>>काटे रगत रातै हुन्छ,ठुलो सानो केहि हुन्न***सम्मानलेनै सबै जातको समाजमा कदर हुन्छ।<<<<>>>>जनताको बलिदानले,गणतन्त्र देशमा आयो***अब नँया सम्विधान, हेर्ने सबको रहर हुन्छ।<<<<>>>>नाटक मञ्चन गरीराछौ,सिँहदरबार भित्र***यस्तै नियत रहिरहे,आन्दोलनको लहर हुन्छ।.

    Manu Lohorung Rai.
    Tej Bibas Raiजी तपाईंको गजल तेती पढ्न असजिलो भएको हुँदा सबैको सहजको निमित्त जस्ताको तस्तै (मिसारा मात्र मिलाएर) मैले यसरी बनाएर पोस्ट गरें है!

    नमस्ते सम्पुर्ण अग्रज सर्जकहरु मा आएर मेरो पहिलो प्रयस:~.

    मातृभूमि बेची हिड्ने कोही मानिस गद्धार हुन्छ.
    देशको निम्ति बलिदान दिने मान्छे अमर हुन्छ.

    आलो पालो कुर्सी चढी,तलब भत्ता पचाउन.
    शान्ति ल्याउने प्रस्तावहरु संधै भरी बदर हुन्छ।.

    सोझा जनता थिचिएर,पिल्सिएको कसले देख्ने?
    भ्रष्टाचरी घुस्खोरीको,बोली अझै सदर हुन्छ।.

    काटे रगत रातै हुन्छ,ठुलो सानो कोही हुन्न.
    सम्मानलेनै सबै जातको समाजमा कदर हुन्छ।.

    जनताको बलिदानले,गणतन्त्र देशमा आयो.
    अब नँया सम्विधान, हेर्ने सबको रहर हुन्छ।.

    नाटक मञ्चन गरीरा'छौ,सिंहदरबार भित्र.
    यस्तै नियत रही रहे,आन्दोलनको लहर हुन्छ।.
    Saturday at 7:39am · Unlike · 7.

  9. Jane Tamu
    घायलको मुसायरा 35औ भागको निमिम्त मेरो गजल लु है ।
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६

    पैसालेनै भन किन दोषि पनि सदर हुन्छ ?
    दोषी चिनि दण्ड गर नत्र फेरी बदर हुन्छ %

    को हो अछुत तलमाथि जातजाति एकै सबै ,
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ%
    माया प्रेम सहिष्णुता रह्यो भने आपसमा ,
    शान्ति फुल्छ जताततै देश चुम्ने अधर हुन्छ %

    नभएरै ऐनकानुन जनमुखी निष्पक्षको ,
    दिनदाढै अबला ति महिलाको भाउ दर हुन्छ %

    लोकतन्त्र गणतन्त्र आएपनि देशैभरी ,
    नागीनि त्यो डसीरन्छ अमृतनि जहर हुन्छ%

    जेन तमू [gyanendra]धादिङ नेपाल
    Saturday at 10:36am · Unlike · 6

  10. नबिन के परबाशी घायल तरही मुसायरा-३५
    गजलकार : मनु लोहोरुङ् राई
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६ म दलित रे ! फुल अछयता मन्दिरमा बदर हुन्छ\
    हड्डी नै छ चोखो उस्को, ससम्मान सदर हुन्छ\

    मान्छे मान्छे बिचमा पनि निचो उचो हुन्छ कतै!
    बस्तु जस्तै मानवीय भावनामा भाउदर हुन्छ|

    यो बस्तीमा समानता पहिचान जरूरी छ
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ|

    सबै भाई हातेमालो गर्दै अघि बढ्यो भने
    विश्वसामु हिमचुली झैँ मुस्काएको अधर हुन्छ

    रुढीबादले खिया लाग्या ती मस्तिस्क माझौ अब
    तल्लाघरे कान्छा कामी आफ्नै सहोदर हुन्छ |
    Saturday at 11:52am · Unlike · 4

  11. Nirmala Khadka
    सम्पूर्ण साहित्यिक मनहरु मा हार्दिक अभिबादन सहित घायल को तरही मुशयारा ३५ मा मेरो सानो प्रयाश
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६

    कालो पट्टि बाँधी हाल्ने भोट ती बदर हुन्छ
    नीती मानी बनाएको सरकार सदर हुन्छ

    सिक्यौ भने हातेमालो गर्दै एकजुट हुन
    नयाँ नौलो काम गर्न सबैमा रहर हुन्छ

    नराखी मनमा रिस राग सबै धर्म मान्दा
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ

    फर्कौ आफ्नै देश अब ,पुग्यो पराइको माटो पुज्न
    छरिएर बस्दा हामी, हाम्रै खेत बन्जर हुन्छ

    किन माग्नु सहयोग ,किन राख्नु आशा अरुको
    हाम्रै पौरखी हात नै बिकाशको लहर हुन्छ

    निर्मला खड्का
    भैरहवा ( हाल इजराइल )
    Saturday at 1:41pm · Unlike · 8

  12. Sajana Gurung
    घायलको तरही मुसायारा ३५
    गजलकार = मनु लोहोरुङ राइ
    मिसरा = सम्मान्ले नै / सबै जातको / समाजमा / कदर हुन्छ
    काफिया = कदर
    रदिफ = हुन्छ
    लय = ४+४+४+४=१६

    सही सोच्को सधै भरि, जगतमा अदर् हुन्छ !
    कर्म लेनै नयाँ सुरु , कुरितिमा बदर् हुन्छ !

    रजस्वला हुँदा खेरि , रोक्ने अझै पुजा गर्न
    आज पनि व्यवहार , यस्तो किन सदर् हुन्छ !

    मासै पिच्छे नारीलाई , दिने संज्ञा मात्र बेग्लै
    बाह्रै मास सबै जाती , सुत्ने उही चदर् हुन्छ !

    नछुटाउ यो कुमारी , यो बिदुवा,पतीत् भनि
    सम्मान्ले नै सबै जात्को , समाजमा कदर् हुन्छ !

    नगर है आमा अब , भेदभाव सन्तानमा
    एकै दिए अर्ति बुद्दी , उनै महान् मदर हुन्छ !

    नोट : आदरणीय प्रकाशक ज्यूमा म केहि जानकारी गराउन चाहन्छु , यस गजलमा काफिया मिलाउनको निम्ति मैले 'आदर 'र 'चादरको' मात्रा हटाएकी छु र अंग्रेजी सब्द ' मदर 'को प्रयोग गरेकी छु त्यसो त मैले जाने अनुसार साहित्य मा यी कुराको छुट हुन्छ , बाँकी योग्य , अयोग्य त्योसब प्रकाशक को इच्छा ! धन्यबाद !

    सजना गुरुङ

  13. Purna Guvaju Muskan

    जति बोल्नु बोले पनि असत्येको को बदर हुन्छ !
    भ्रस्टाचार गर्नेको त यहाँ सधैं सदर हुन्छ !!
    .
    सानो ठुलो छुवाछुत भाबना त्यो राखे पनि ,
    सम्मानले नै सबै जातको समाजमा कदर् हुन्छ !!
    .

    जस्ले गर्छ समाजमा पहिचान को राम्रो काम ,
    खुट्टा तान्ने प्रब्रिदी को उसै माथी नजर हुन्छ !!
    .
    मुखले ठीक्क पारी सधैं दुनियाँको नाममा यहाँ ,
    मान्छे पिच्छे भिन्न भिन्न लोभ्याउने अधर हुन्छ !!
    .
    जस्ले जे जे गरेपनि रास्ट्रप्रेमी हरू को त ,
    देश सधैं जोगाइ राख्ने एउटा छुटै रहर हुन्छ !!



    यो एउटा सानो प्रयास मात्र हो मेरो तरही मुसयार को लगि।।।।।।।।।।।।
    Saturday at 6:52pm · Unlike · 5

  14. प्रेम निशानी मगर
    घायलको तरही मुसायरा-३५ मा आधारित

    गज़ल
    हत्या हिंसा बारुदमा रमाउने शहर हुन्छ
    चौरीखर्क डाफे नाच्ने पाखा भरि असर हुन्छ

    खबरदार! माटो बेची खानेहरु होस राख
    नेपाल नै नरहेमा यहा कस्को पो घर हुन्छ

    श्रमसिप चलाएर मन्दिर पस्न रोक्न हुन्न
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ

    बाध्यताले परदेशमा बसेपनि गर्ब- साथ
    नेपाली हु भन्न पाए गुरास झैँ अधर हुन्छ

    हत्या हिंसा छाडी अब लागौ देश निर्माणमा
    अनि पो त विश्व सामु हाम्रो देश अमर हुन्छ
    Saturday at 11:33pm · Unlike · 5

  15. Asmi Gm
    घायलको तरही मुसायरा ३५ मा मेरो प्रयास

    गजलकार : मनु लोहोरुङ् राई
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ|
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६

    सहि गलत छुट्टाउने सद्गुणी त्यो नजर हुन्छ!
    मुखले केहि नबोलेनी देखाउने अधर हुन्छ!

    आपसमा मिलिजुली सदभावले बाच्यौँ भने
    तिम्रो मेरो मात्र नभै नेपालि कै सदर हुन्छ!!

    समाजमा फैलिएको बिकृतिको जरा मास्दै
    हातेमालो गर्न सके सस्कृति नि अमर हुन्छ!!

    सबै जात धर्मलाई एकै ठानी आदर गरौँ
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ!!

    मानवता बिर्सिएर पशु जस्तै लड्यौं भने
    जंगली त्यो ढुंगेयुग अब छिट्टै बदर हुन्छ!!
    Sunday at 1:48am · Unlike · 8

  16. दिर्गराज गिरी 'प्रियसी'
    घायलको तराहि मुसायराको 34औँ भागमा स्थान पाऊदा म ज्यादै खुशी छु। र पुनः घायलको तराहि मुसायरा 35 औँ मा मैले आफ्नो आगमन यसरी गराऊएकोछु। स्विकार्नु होला॥
    गजल__

    ***
    झुटो मात्रै कुराहरु आज भोलि सदर हुन्छ।
    स्तयतथ्य खोज् खबर त्यसै त्यसै बदर हुन्छ॥

    ***
    कतिहुन्छ समिकरण कति पुग्छन माथी,
    आफ्नैलाई स्वागत् गर्ने नेताज्यू को चदर हुन्छ॥

    ***
    जो हुन्छ सत्यबादि समाजको हित चाहाने,
    किन सब्को नजरमा त्यहि फेरी गद्दर हुन्छ।?।

    ***
    आफैलाई धन्यमान्य भनेपनि भन तिमी,
    राम्रो अनि नराम्रो त छुट्याऊने नजर हुन्छ॥

    ***
    भो अब नेपाल आमा रुलाऊन छोडौँ साथी,
    तबमात्र तिम्रो मेरो समाजमा कदर हुन्छ

    ¤दिर्गराज गिरी 'प्रियसी'
    साहित्य-कुञ्ज, कैलाली॥
    Sunday at 6:26am · Unlike · 12

  17. Ratan Bdr Bk
    सर्बप्रथम आदरणिय दाजु 'घायल' अनि तमाम अग्रजहरु प्रति मेरो हार्दिक नमस्कार छ।
    अनि वहाँ "घायलको तरही मुसायरा३५"मा मेरो अज्ञानी प्रयास यसरी अघि सार्दैछु।
    गजल:-मनु लोहोरुङ्ग राई
    मिसरा:-सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया:-कदर
    रदिफ:-हुन्छ
    लय:-४+४+४+४=१६
    लय:-सम्मानलेनै/सबै जातको//समाजमा/कदर हुन्छ

    गर्छौ भने जनहित,तिम्रो ईच्छा सदर हुन्छ,
    हैन भने फेरि देशमा,अझैँ ठुलो गदर हुन्छ।

    धारा भित्र जिउँदो राखी, उही पुरानो नितिलाई,
    बन्छ भने संबिधान,बहिष्कार र बदर हुन्छ।

    गोड्छौ भने चार बर्ण छत्तिस जातको फुलबारी,
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ।

    कस्न सके गोर्खेलौरी, सामाजका भ्रष्टलाई,
    मन भित्र उमंग र हिस्सिएको अधर हुन्छ।

    माटो छोए सुनै फल्छ,स्वर्ण भुमि नेपालैमा,
    अनि पो त पेटमा चारो जिउमा खादी खद्दर हुन्छ।

    ..रतन ब.बि.क.
    मनाउ-१ बर्दिया नेपाल
    हाल:-अहमदाबाद भारत
    Sunday at 6:59am · Unlike · 3

  18. Ramesh Biman ‎*************************************** उस्को पनि तिम्रा जस्तै मिठा मिठा रहर हुन्छ
    दुखी देख्दा मन पोल्छ मुटु सम्म असर हुन्छ

    किन हेप्नु मान्छेले नै मान्छे माथी राज्य गरि
    सम्मानले नै सबैजातको समाजमा कदर हुन्छ

    प्रकृतिकै उच्च हामी सबैमा नै चेतना छ
    जस्तो सोच्यो उस्तै देख्छौं दोषी किन नजर हुन्छ ?

    तिम्ले गर्ने माया जस्तै उस्ले पनि गर्न सक्छ
    मन दुखे रुन्छ मान्छे माया सरोबर हुन्छ

    कती डुल्छ यता उता खाल्टा खुल्टी पार गरि
    एक कटे अर्को फेरी नटुङ्गिने डगर हुन्छ......मुसायराको सदा जय होस ll
    Sunday at 4:48pm · Unlike · 4

  19. Dilip Rai घायलको मुसायारा 35 अनुसार मैले यसरी लेख्दै छु !
    गल्ति भए सच्याऊने अबसर दिनुहुने छ!
    भन्दै मेरो त यस्तो भो ।
    मिसरा =सम्मानलेनै /सबै जातको/ समाजमा/ कदर हुन्छ /
    काफिया =कदर ।
    रदिफ =हुन्छ ।
    लय=4 + 4 + 4 + 4 =16,
    ###############
    उल्टा पुल्टा ज्ास्ले गरे त्यहि सिधा सदर हुन्छ ।
    जस्ले सत्य छाप छाडे त्यहि पछि बदर हुन्छ ।

    फुलमाला दोसल्लाले एउटैलाई पुज्नु भन्दा ।
    सम्मानलेनै सबैजातको समाजमा कदर हुन्छ ।

    बिश्वास गरी सबैमाथि एकैनासले हेर नत्र ।
    खडेरीले अस्त ब्यस्त सुकिएको बगर हुन्छ ।

    बिकासका कुरा खोक्दै सच्चा नेता मै हुँ भन्छ ।
    कस्को कुरा सुनौ हाम्ले घुस तिरै नजर हुन्छ ।

    परिबन्ध परेपछि दोषि आफै ठरेपछि ।
    लाज अनि सरमले झुक्ने त्यही अधर हुन्छ ।

    दिलिप राइ (भोजपुर )
    Yesterday at 1:56am · Unlike · 7

  20. श्रेष्ठ बसु
    घायल तरही मुसयारा ३५ सौं मा मेरो प्रयास
    मिसरा: सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    काफिया: कदर
    रदिफ: हुन्छ
    लय: सम्मानले नै /सबै जातको//समाजमा/ कदर हुन्छ
    लय:- ४+४+४+४=१६
    गजल
    राम्रो सोच राख्दै जादा सधैं किन बदर हुन्छ
    झुटो चोर चकारी को मुख्य थलो शहर हुन्छ !!

    हाँसी खुशी बाचौं हामी रिस राग त्यागी हेरौं
    हाम्रो लागी हर बिहानी सुनौलो नै प्रहर हुन्छ !!

    ठुलो सानो भेद भाब छोडी संगै अघी बढौँ
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ !!

    दाजु भाई मिली जुली परिवार एक बन्छ
    मेल राख्न नसके मा रित्तो रित्तो बगर हुन्छ !!

    हत्या हिँसा छोडौ अब एकैजुट हुनै पर्छ
    भबिस्य को युवा लाई फेरी एस्कै असर हुन्छ !!
    बसु श्रेष्ठ
    भैरहवा
    Yesterday at 9:42am · Unlike · 7

  21. Purna Gurung
    सम्पूर्ण अग्रजहरुमा नमस्कार मैले पनि हजुरहरु सामु सहभागी जनाएको छु धन्यवाद !!!
    घायल तरही मुसयारा ३५ मा
    गजलकार = मनु लोहोरुङ राइ
    मिसरा = सम्मान्ले नै / सबै जातको / समाजमा / कदर हुन्छ
    काफिया = कदर
    रदिफ = हुन्छ
    लय = ४+४+४+४=१६



    गजल
    जमान्ले नै मानबको इमानमा सदर हुन्छ
    भन्छौ हुन्छ भन्छौ हुन्न दुइटा कुरा बदर हुन्छ

    मान्छे एउटै तलमाथी किन भन्ने जात जाती
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ

    बाध्य भए आज भन्न सबैलाई मन छ धनि बन्न
    गरिबीको खोल ओड़दा लाउने कपडा खदर हुन्छ

    टन्न खान गास छैन जस्को बस्ने बास छैन
    जाडो हुन्छ मन रुन्छ लाज छोप्ने चदर हुन्छ

    लाखौमा एक सबै भन्दा हुन सके अकलमन्द
    बने ज्ञनी स्वाभिमानी आफ्से आफै भाउदर हुन्छ

    पूर्ण कान्छा गुरुङ
    हाल कतार
    Yesterday at 10:07am · Unlike · 4

  22. Rita Reeta
    घायलको तरही मुशयरा - ३५ को लागि गजलकै दुनियामा मेरो पहिलो प्रयास ,type mistake हुन सक्छ अन्नेथा नलिनु होला

    देश लुट्ने ब्वासाहरुको बोलीअब बदर् हुन्छ
    चारजात छत्तिस् बर्ण भात्त्रीत्वले अजर् हुन्छ

    काटे रगत् सब्को रातै असमान्ता किन हुन्छ?
    हातेमालो गर्नसके सुनौलो त्यो प्रहर् हुन्छ

    कुरुतीको मालासबै चुडाउन सकेयेहा
    भाइचारा मुस्काएको नेपालीको अधर् हुन्छ

    मेची रुदा महाकालीको मुटु दुख्नु पर्छअब
    मानाव्वता भरिएको संविधाननै सदर् हुन्छ

    आरन् फुक्ने जेठादाई भोटो सिल्ने माइलाहै
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
    रीता गोतामे
    22 hours ago · Unlike · 5

  23. Laxman Bhantana Sireesh
    घायलको तरही मुशयरा - ३५ को लागि मेरो अर्को नजानिदो शैलीमा कहीं कतै कमिकम्जोरी भए अग्रज मन हरुको सामु माफि माग्दछु।

    गजलकार = मनु लोहोरुङ राइ
    मिसरा = सम्मान्ले नै / सबै जातको / समाजमा / कदर हुन्छ
    काफिया = कदर

    मान्छे मान्छे बीच पनि किन भिन्दै नजर हुन्छ
    आस्था टुटे बस्ती पनि काँस फुल्ने बगर हुन्छ

    काटे रगत् रातै बग्छ दर्दहरु एकै हुन् नि
    उचोनिच हैन यहाँ भाबनाको सदर हुन्छ

    चुल्हो चौको किन बार्छौ कोही हुन्न सानो ठुलो
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ

    उस्कै हात् को श्रम चल्छ पानी किन चल्दैन त
    तिमी हामी जुट्यौं भने बिसंगती बदर् हुन्छ

    कस्ले रोप्यो कुसंस्कार् यो ढाल्नु पर्छ बोटै अब
    चेतनाको बिज छरे ऐतिहाँसिक् शहर हुन्छ

    लक्ष्मण भन्तना "शिरिष्"
    अश्राङ - ४, गोरखा
    21 hours ago · Unlike · 5

  24. नीरस मैनाली
    नमस्कार सबै गजल मनहरुमा, घायल तरही मुसायरा ३५ मा मेरो प्रयास यस्तो रह्यो......

    राम्रो सोच मेरो यहाँ किन सधैं बदर हुन्छ ?
    कुभलो त्यो सोच्नेको नै सबै कुरा सदर हुन्छ

    हाँशी खुशी बाँच्ने गरौ मिली हामी सधैं भर
    फुट भए हामी बिच दुश्मनको नजर हुन्छ

    शंका रत्ती नमान्नु है छलि छैन मेरो मन
    हामीलाई लढाउने कुरौटेको अधर हुन्छ

    जित हार जीवनमा कुमालेको चक्र जस्तै
    सधैं मैले हार्नु परे मेरो मन पत्थर हुन्छ

    सम्मान् साथ जिउनु नै आदर्श हो जीवनको
    सम्मानित मान्छेको नै समाजमा कदर हुन्छ

    २ फेब्रुअरी
    डार्फर, सुडान
    about an hour ago · Unlike · 1

  25. Acharya Prabha
    ‎( गजल ) आचार्य प्रभा

    सबैलाई आजभोली नेता बन्ने रहर हुन्छ
    नेता भाव भ्रष्ट बन्दा मनुष्यत्व बदर हुन्छ ।

    जति जे नै कुकर्मको अन्धो भक्त भए पनि
    एकदिन् त सुकर्म नै जसैपनी सदर हुन्छ ।

    चाहे जति धर्मी नै हुन् मान्छे आखिर् मान्छे नै हो
    बोली सुन्दा जाति लाग्छ कलुषित नजर हुन्छ ।

    भाषणको फूलबुट्टा सुन्दै जाँदा आहा! लाग्छ
    जब मिल्छ धोका ओहो!अनि बोली जहर हुन्छ ।

    राजनीती किचलोको महामेला लाग्ने थलो
    गुण्डा गर्दी जालासाजी चोर बस्ने शहर हुन्छ ।

    हातेमालो गर्दै हिँड्न जस्ले पनि चाहा राख्छ
    हिँड्दै जाँदा अभाग्यवश् भड्खालो र डगर हुन्छ ।

    छुवाछुत भेदभाव दुर्ब्यवहार पन्साएमा
    सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ ।

    बिश्वासमा जनताले जस्लाई नै चुने पनि
    आखिरमा कुनियत र छलछाम ठहर हुन्छ ।

    साँचो मान्छे सत्य भाव कहाँ अब पाईन्छ र ?
    निष्कपट भएपनि झेलीको नै लहर हुन्छ ।

    अनिँदा यी आँखाहरू रातभरी जागै हुन्छन्
    भोली के पो होला?भनि अनिंदै पो प्रहर हुन्छ ।

    कुर्सी पाए उनिहरु तलकालाई बिर्सिदिन्छन्
    आफ्नो भन्नु जनताको केवल् तिनै कहर हुन्छ

    गरीबको भलो होला अब चाँही भन्ने आशा
    निराशाको भेल बग्ने आसुँको पो नहर हुन्छ ।

    आशाबादी गजल लेख्न कहाँ भाग्य रैछ र? खै !
    लेख्न बस्यो गजल हरे! दु:खको पो बहर हुन्छ ।

    रचना -जनवरी ११ /१२

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011