गज़ल:-खुशीको दियो निभाई गयौ बल्दैछ जिन्दगी
दलबीर सिंह बराइली 'घायल'
खुशीको दियो निभाई गयौ बल्दैछ जिन्दगी
कहिल्यै सोच्यौ कसरी मेरो चल्दैछ जिन्दगी
तड्पिदै बित्छ हरेक रात सिरानी भिजाई
आशाको मुना मरेर त्यसै ढल्दैछ जिन्दगी
लामो थ्यो यात्रा बिचैमा साथ छोडेर गयौ नि
एक्लो यो यात्री थाकेर आज गल्दैछ जिन्दगी
कस्तो यो बिष छरेर गयौ वैलिएँ आज म
सुन्दैछु तिम्रो पलाई डाली फल्दैछ जिन्दगी
सहेर कति बसौं यो पीडा सोच्दैछु जाउँ म
यहाँ नि भाग्य बैमानी भयो छल्दैछ जिन्दगी
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
खुशीको दियो निभाई गयौ बल्दैछ जिन्दगी
कहिल्यै सोच्यौ कसरी मेरो चल्दैछ जिन्दगी
तड्पिदै बित्छ हरेक रात सिरानी भिजाई
आशाको मुना मरेर त्यसै ढल्दैछ जिन्दगी
लामो थ्यो यात्रा बिचैमा साथ छोडेर गयौ नि
एक्लो यो यात्री थाकेर आज गल्दैछ जिन्दगी
कस्तो यो बिष छरेर गयौ वैलिएँ आज म
सुन्दैछु तिम्रो पलाई डाली फल्दैछ जिन्दगी
सहेर कति बसौं यो पीडा सोच्दैछु जाउँ म
यहाँ नि भाग्य बैमानी भयो छल्दैछ जिन्दगी
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई