जन्मन त जन्मे हजुर I
जन्मन त जन्मे हजुर बाँच्न गाह्रो भयो
कस्को मन कस्तो भनी जाँच्न गाह्रो भयो ।
सुख दु:ख जिन्दगीका दुई पाटा भन्थेँ
बाकी सुख तिम्रो लागि साँच्न गाह्रो भयो ।
मेरो पनि समाजमा इज्जत् छ नी प्रिय
तिम्ले भने जसो गरी नाँच्न गाह्रो भयो ।
जे भने नी सहारा हौ तिमी मेरो लागि
अँगालेर सम्बन्धलाई भाँच्न गाह्रो भयो ।
जे गरेनी जसो भा'नी तिम्रै माया लाग्छ
तिमीलाइ अरु सामु दाँज्न गाह्रो भयो ।।।