घायलको तरही मुसायरा-३०_/\_नयाँ बर्ष ई.सं २०१२ को हार्दिक शुभकामना ....!
प्रवासको बसाइ हामी सबैको सहज हुँदैन ! अरुको खटनमा बस्नु पर्ने बाध्यता अनि कामको बोझ ......! थाकेको शरीर नभनी बचेको थोरै समयलाई पनि सृजनामा समर्पण गर्ने जमात निक्कै ठुलो छ प्रवासमा ! तरही मुसायाराको लागि ठुलो शक्ति पनि तपाइहरु नै हुनु हुन्छ ! त्यसको लागि म यहाँहरु प्रति आभारी छु ! साथै स्वदेशमा बसेर योगदान दिनु हुने मित्रहरुको संख्या पनि कम छैन ! उहाँहरु प्रति पनि आभारी छु ! मेरो पनि यहि प्रवासको बसाइ र व्यस्तताको कारण आज दिउँसो नै पोस्ट गर्नु पर्ने अंक ३० पोस्ट गर्न ढिला भएकोमा क्षमाप्राथी छु ! संधै झैं यहाँ हरुको निरन्तर साथ पाउने अपेक्षा गर्दछु ! धन्यवाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
धादिङ स्थाई निवासी जेन तमू(gyanendra) हाल :साउदी अरबमा रोजगारीको सिलसिलामा हुनु हुन्छ ! मरुभूमिको तातो घाममा पसिना पुछ्दै बिबिध साहित्यिक सिर्जनामा व्यस्त उहाँ गज़लमा कलम चलाउन थाल्नु भएको धेरै नभएता पनि निक्कै मिठा र समसामयिक बिषयमा गज़ल कोर्दै आउनु भएकोछ ! आज उही जेन तमू(gyanendra) को यो मिसरा-ए-सानी 'जाँडरक्सी बोक्ने कस्तो रीति' लाइ 'घायलको तरही मुसायरा-३०' मा तरहको रुपमा दिएको छु ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०५ जनवरी २०१२ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: जेन तमू(gyanendra)
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
जेन तमु (ज्ञानेन्द्र) जीलाइ धेरै धन्यवाद आफ्नो गज़ल उपलब्ध गराएर तरही मुसायरा'लाइ ठुलो गुण लगाउनु भएको छ ! यहाँको साथ निरन्तर जारि रहोस ! उहाँको गज़ल यस प्रकार छ :-
ढुङ्गालाई ढोक्ने कस्तो रीति
जाँडरक्सी बोक्ने कस्तो रीति
भन्छन् बिहे पास्नी,त्यहि संधै
पञ्चेबाजा ठोक्ने कस्तो रीति
दाइजोको लोभ हेर कस्तो
रित्तिएर खोक्ने कस्तो रीति
भाषण चैं मिठो, भ्रष्ट भयौ
छैन कोही रोक्ने कस्तो रीति
पाठपुजा गर्छौ, साँझ पर्छ
भट्टी गई धोक्ने कस्तो रीति
जेन तमु (ज्ञानेन्द्र) जीलाइ धेरै धन्यवाद आफ्नो गज़ल उपलब्ध गराएर तरही मुसायरा'लाइ ठुलो गुण लगाउनु भएको छ ! यहाँको साथ निरन्तर जारि रहोस ! उहाँको गज़ल यस प्रकार छ :-
ढुङ्गालाई ढोक्ने कस्तो रीति
जाँडरक्सी बोक्ने कस्तो रीति
भन्छन् बिहे पास्नी,त्यहि संधै
पञ्चेबाजा ठोक्ने कस्तो रीति
दाइजोको लोभ हेर कस्तो
रित्तिएर खोक्ने कस्तो रीति
भाषण चैं मिठो, भ्रष्ट भयौ
छैन कोही रोक्ने कस्तो रीति
पाठपुजा गर्छौ, साँझ पर्छ
भट्टी गई धोक्ने कस्तो रीति
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
Posted by Unknown
on 9:45 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
घायलको तराही मुसायरा ३० मा मेरो प्रयास
काँचो मासु टोक्ने कस्तो रीति
पाए सम्म धोक्ने कस्तो रीति ||
नखाँदा चै ठिक खाए पछी
दाइले भाइ ठोक्ने कस्तो रीति ||
आशिर्वाद लिन छोडी छोडी
दक्षिणा पो तोक्ने कस्तो रीति ||
मान्यजन भेट्न जाँदा खेरी
जाँडरक्सी बोक्ने कस्तो रीति||
रुढी वादी प्रथा त्याग्न खोज्दा
आफ्नाले नै रोक्ने कस्तो रीति||
"बिकाश "(घायल)
Acharya Prabha (गजल) आचार्य प्रभा
आफु मात्र खोक्ने कस्तो रीति ?
हावा गफ ठोक्ने कस्तो रीति ?
जमाना नै कस्तो आयो हरे !
उन्नति नै रोक्ने कस्तो रीति ?
आफ्नो पनि गल्ति हुन सक्छ
अरुलाई टोक्ने कस्तो रीति ?
अमृत घडा पछि राखी आज
जाँडरक्सी बोक्ने कस्तो रीति ?
मादकताको दुर्गुण् भए पनि
लडिन्जेल् नै धोक्ने कस्तो रीति ?
(रचना - डिसेम्बर ३० / २०११ /१२ बजे अमेरिकी समय )
यस्पटकको गजलको मिसरा पनि केही असहज नै भएपनि मैले भने लेखि टोपलें । हुनत १० मात्राको गजल पनि अब्बल बन्छन् तर यति बिश्राममा ध्यान दिनु पर्ने भएकोले अलिक कठिन चाँही पर्छ ।
Bikash Ghayal
घायलको तराही मुसायरा ३० मा मेरो प्रयास
काँचो मासु टोक्ने कस्तो रीति
पाए सम्म धोक्ने कस्तो रीति ||
नखाँदा चै ठिक खाए पछी
दाइले भाइ ठोक्ने कस्तो रीति ||
आशिर्वाद लिन छोडी छोडी
दक्षिणा पो तोक्ने कस्तो रीति ||
मान्यजन भेट्न जाँदा खेरी
जाँडरक्सी बोक्ने कस्तो रीति||
रुढी वादी प्रथा त्याग्न खोज्दा
आफ्नाले नै रोक्ने कस्तो रीति||
"बिकाश "(घायल)
Naresh Rokaha
घायलको तराही मुसायरा ३० को लागी
गजल: जेन तमू(gyanendra)
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
... रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
जात भात तोक्ने कस्तो रीति
उँघो लागे रोक्ने कस्तो रीति
जान्दछ उ आफुँ मात्र बाँच्न
एक्लै एक्लै धोक्ने कस्तो रीति
दुर्जन तै सोझो बनी हिड्छ
पाए आफ्नै टोक्ने कस्तो रीति
बिष बेची भरुं थैलो भन्छन्
जांड रक्सी बोक्ने कस्तो रीति
जहाँ हुन्छ माया मोह रित्तो
भावना यो जोख्ने कस्तो रीति
अतिब उजाड नरेश
सुमित्रा पौडेल 'आँचल'
सम्पूर्ण साहित्यिक मनहरुमा न्यानो साहित्यिक अभिवादन सहित नयाँ बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै घायलको तरही मुसायरा ३० औं सृङ्खलाको लागि मेरो गजल लेखन प्रयास यस्तो रह्यो .........
गजल --
स्वार्थ लिई खोक्ने कस्तो रीति ?
बिना कसुर टोक्ने कस्तो रीति ?
कतै छैन सुख शान्ति हरे !
दु;ख दिई ठोक्ने कस्तो रीति ?
चेलीबेटी घर माईत गर्दा
जाँडरक्सी बोक्ने कस्तो रीति ?
देख्दैछु म शुभ कार्य मा नी
सराप नै धोक्ने कस्तो रीति ?
असन्तुष्ट मन हुँदा यहाँ
हिड्ने बाटै रोक्ने कस्तो रीति ?
मानवता छैन खाडी तिर
मृत्युदण्ड तोक्ने कस्तो रीति ?
सुमित्रा पौडेल ''आँचल''
भरतपुर चितवन
हाल -इजरायल
Bhagawati Basnet
घायलको तराही मुसायरा ३० को लागी
गजल: जेन तमू(gyanendra)
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
सानो ठुलो तोक्ने कस्तो रीति
बिनसित्ति खोक्ने कस्तो रीति
उचनिच भेद'भाव अझै
जातपात घोक्ने कस्तो रीति
एउटै जात मान'वता एकै
कुजात् भन्दै ठोक्ने कस्तो रीति
परम्परा संस्का'र हो भन्दै
जाँड रक्सी बोक्ने कस्तो रीती
परिवार भोक भोकै रूँदा
आफू एक्लै धोक्ने कस्तो रीति
Tara Prasad Adhikari "कोशिश एक आशा "
घायलको तरही मुसायरा-३० को लागि
शिकारु गजलकारको तर्फ बाट ...
~~~~~~~~~~~~~~~~~~~~~~~~~
औकात बिर्सी मान्ने कस्तो रीति
ऋण बोकी धान्ने कस्तो रीति
घरमा चुलो नजल्दा नहुने पिर
जाड रक्सी बोक्ने कस्तो रीति
भागी अंगालो हाल्दा एत्रै सिती
परम्परालाई झोस्ने कस्तो रीति
नबोक्दा इज्वतमा प्रश्न बिरानो समाज
बोक्दा गरिव कंगाल कस्तो रीति
हामी जुटौ निर्मुल पारौ कुरीति
जागौ हटाऊ बिकृतिको यस्तो रीति
जीतु खड्का गाउले
सर्बप्रथम त सर्जक अग्रज र साहितिक पाठक हरुमा यो जीतु खड्का गाउलेको तर्फ बाट न्यानो अभिबादन ट्क्राउन चाहन्छु अनी घायलको तरही मुसायरा ३० को लागि अाफ्नो गजल प्रस्तुत गर्दछु
गजलकार : जेन तमू
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
समाजमा खोक्ने कस्तो रिती
सिमारेखा तोक्ने कस्तो रिती !!
नमातुन्जेल ठिकै थियो साथी
माते पछी ठोक्ने कस्तो रिती !!
प्वाङ खोज्थे केटी माग्न जाँदा
नभए त रोक्ने कस्तो रिती !!
खोक्पा भन्दै सुगुर पैसा संगै
जाँडरक्सी बोक्ने कस्तो रीति||
मर्दा पर्दा बसाँई सर्दा पनि
टुन्न रक्सी धोक्ने कस्तो रिती !!
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
नोट :यो प्वाङ भनेको तमाङ समुदायमा केटी माग्न जादा बोकेर लाने कुखुरा रोटी र रक्सीको सगुनको नाम
खोक्पा :लिम्बु जाती मा बिहे हुँदा पहिलो पल्ट सुगुर रक्सी र पोइसा बोकेर लाने सगुन को नाम
Laxmi Pokharel
तरही मुसायरा ३० को लागि प्रस्तुत यो गजल
बाहानामा खोक्ने कस्तो रिती
सुँगा जस्तै घोक्ने कस्तो रिती
सम्पत्ती को तराजुमा कठै
आफ्नै लाई जोख्ने कस्तो रिती
सँस्क्रितीको खोल ओढ्दै सधैं
जाँड रक्सी बोक्ने कस्तो रिती
जस्को शक्ती उस्को भक्ती गर्दै
बिकास नै रोक्ने कस्तो रिती
समाजमा कालो धन्दा छोप्न
झुटो नाम तोक्ने कस्तो रिती
निर्मला खड्का
सम्पूर्ण अग्रज सर्जकहरुमा साथै साहित्यिक मनहरुमा अंग्रेजी नयाँ बर्ष को शुभकामना साथै हार्दिक नमस्कार ,
घायल तरही मुशायारा ३० को लागि मैले यसरि लेख्ने प्रयाश गरे ...मिले नमिलेको बिज्ञबाट .धन्यबाद
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय:- ४+२+२+२=१०
आफ्नै मोल तोक्ने कस्तो रिति
जे पढायो घोक्ने कस्तो रिति
ठुलो सानो जात पात भन्दै
एकले अर्का ठोक्ने कस्तो रिति
काम गर्नु भन्दा फुर्ति धेरै
कुर्सि मात्र बोक्ने कस्तो रिति
स्वाभिमान छिमेकमा बेची
भाका सार्दै खोक्ने कस्तो रिति
लाश बोकी मलामी भै जादा
जांड रक्सी बोक्ने कस्तो रिति
निर्मला खड्का
भैरहवा (हाल इजराइल )
लक्ष्मण 'मिलन' विष्ट
आदरणीय सर्जक, साहित्य प्रेमी मनहरु र समकक्षी मित्रहरुमा नव बर्ष 2012 को सुखद उपलक्ष्यमा हार्दीक मंगलमय शुभ कामना ब्यक्त गर्दछुँ..!!
घायलको तरही मिसरा 30 बमोजिम मेरो गजल यस्तो छ..!
गजलकार- जेन तमू
मिसरा- जाँड-रक्सी/ बोक्ने/ कस्तो/ रिती//
काफिया- बोक्ने/
रदिफ- कस्तो रिती/
लय-4+2+2+2=10
==गजल==
पाएजति धोक्ने कस्तो रिती..!!
निर्धालाई ठोक्ने कस्तो रिती..!!
निभेको छ चुलो थाहा छैन..
जाँड-रक्सि बोक्ने कस्तो रिती.!!
'दानविर' जस्तै अरु पनि...
वा.! शहिद तोक्ने कस्तो रिती..!!
हेर्नुहोस् त जड्या मर्दा आज..
राष्ट ठप्प रोक्ने कस्तो रिती..!!
यो समाज हाम्रो मान्छे हामी..
ओकल्ने र खोक्ने कस्तो रिती.!!
पुनश्च- 'दानविर' कालिकोटमा जाँड रक्सी पिएर आपसमा झगडा हुदाँ मारिएका सर्ब साधारण..!
लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
हाल- दृष्टि वाटीका सहित्य समाज मुम्बै (उपा-ध्यक्ष)
Jane Tamu
आज म हर्षित छु हर्ष प्रदान गर्नु हुने दलविर सर प्रति विशेष आभारी छु ।आम गजलकार सम्म पुग्न' मलाई खुब रहर थियो ।त्यही स्वप्ना पुरा गरीदिनु भयो" घायल "सर उहाँको गुण गजल यात्रा म|कहिल्यै भुल्न सक्दिन म यहाँ सम्म आउनुको स्रेय तपाईलाई नि जान्छ ।गजल यात्राको क्रम मा यहाँको माया ,सल्लाह, सुझाव को आगामी दिनहरूमा पनि महशुस गर्नेछु ।
घायल सरको कदरणीय योगदान त गजलफाँटमा शब्दमा म उतार्न सक्दिन ।तर उर्दु र फारषीको परम्परागत चलनलाई नेपाली गजल मा पनि प्रयोग गरेर ऐतिहासीक काम गर्नु भएको छ| हजारौ भाग पुगोस मेरो साधुवाद छ ।म जस्तो नव गजलकार र सम्पुण' नेपाली गजलफाँटको सम्मान हो यो घायलको मुसयरा ।यसै मार्फत हातेमालो गर्ने मन छ त्यसैको एक अंश हो मुसयरा30 जय नेपाली गजल जय घायल मुसयरा
happy new year 2012 of the you
श्रेष्ठ बसु
[घायलको तराही मुसयारा३०मा मेरो पहिलो प्रयास सुझाबको अपेक्षा ] माया प्रेम जोख्ने कस्तो रीती !
आँशु मुल्य तोक्ने कस्तो रीती !!
नेपाल आमा को सन्तान हौ !
भान्सा छुन रोक्ने कस्तो रीती !!
चाड पर्ब को निहुँ मा यहाँ !
जांड रक्सी बोक्ने कस्तो रीती !!
जिउदो हुँदा इज्ज़त छैन !
मर्दा कुरा खोक्ने कस्तो रीति !!
बिहा पार्टी भेट्नै हुन्न यहाँ !
मदिरा नै धोक्ने कस्तो रीती !!
Starhang Bantawa 'jalan'
घायलको तराही मुसयारा ३० को लागि ।
ढुङ्गा मुर्ती ढोग्ने कस्तो रीति ।
माया प्रीत जोख्ने कस्तो रीति ॥
बाचा बाधी प्यार साटी फेरी ।
आँफै छुरा घोप्ने कस्तो रीति ।।
आफन्तको घरमा भेट्न जादाँ ।
जाँडरक्शी बोक्ने कस्तो रीति॥
आफ्नो गल्ती हूँदा पनी रीस ।
अर्कैमाथी पोख्ने कस्तो रीति ।।
माखो मार्नु कहाँ कहाँ बेकार ।
सबैमाझ खोक्ने कस्तो रीति ॥
दिन भरी रीक्शा कुधाउनुछ ।
साँझ टन्न धोक्ने कस्तो रीति ॥
रक्शी ज्यादा भएपछी राती ।
श्रीमती नै ठोक्ने कस्तो रीति ।।
"झुत्रेजेठा"
31/12/2011
जेठा दाई 'प्रखर'
..
जेन तमु जि लाई हार्दिक बधाई अनि घायल को तरही मुसायरा लाई सफलताको कामना साथ सहभागिता जनाए है !!
गजल: जेन तमू(gyanendra)
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
सोझा-सिधा ठोक्ने कस्तो रिती !
जथा-भावी खोक्ने कस्तो रिती !
झाक्री पनि अब बोक्सी बनि,
आफ्नै आमा टोक्ने कस्तो रिती !
परम्परा भन्दै, खुल्ला बिष,
जाँडरक्सी बोक्ने कस्तो रीति ?
विकाश त्यो बामे सर्न खोज्छ,
मुल-बाटो रोक्ने कस्तो रिती ?
कती दिन बाँच्छौ आत्मा बेची ?
आफ्नै मोल तोक्ने कस्तो रिती ?
(सोझा-सिधा ठोक्ने कस्तो रिती !
जथा-भावी खोक्ने कस्तो रिती !)
COPYRIGHT ©
!! जेठा दाई 'प्रखर' !!
Sunil Hamal
जेन तमु जि लाई हार्दिक बधाई अनि घायल को तरही मुसायरा लाई नयाँ साला २०१२ साथमा सफलताको कामना :-
गजल:- जेन तमू(ग्यनेन्द्र)
मिसरा:- जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया:-बोक्ने
रदिफ:- कस्तो रीति
लय:- जाँडरक्सी बोक्ने कस्तो रीति
लय:- ४+२+२+२=१०
-------------------------------
सोझो बाँगो देख्ने कस्तो रिति ।
बाँगो सोझाउनुपर्ने कस्तो रिति ।।
हलो काटि मुरो बनाए पछि ।
अनँउको खोजि गर्ने कस्तो रिती ।।
कुलत रोक्न घ्याम्पो फोडेपछी ।
जाँडरक्सी बोक्ने कस्तो रिती ।।
एउटा बोल्ने अर्को गर्ने समाजमा ।
झुटको खेति गर्नुपर्ने कस्तो रिती ।।
दौरा लाएर खल्ति हल्लिएर फाटेपछि।
कल्धर् काटि टाल्न खोज्ने कस्तो रिति ।।
Dilip Rai
सर्ब प्रथम घायल तरहिको मुसायरामा सहभागि सम्पुर्ण गजलिए मित्रजन हरूमा गजलिय अबिवादन ।
घायलको तरहि पहिलेनै बुझे ता पनि मैले जनि नजानि शहभागि जनाउन थालेको चार पाँच भाग मात्र भयो त्सैमाथि आज त म ऊत्साह पुर्बक जानि नजानि कोर्दैछु नियम पुरा गर्दै ।
किनकि आज नब गजलकार जेन तमु ।(ज्ञानेन्द्र गुरुङग्) ।ज्यू को मिसरामा गजल लेख्ने मौका पाएको छु ।
वाहँ( जेन तमु) निक्कै राम्रा राम्रा गजल लेख्नु हुन्छ ।
जेन जि ..."तपाईको लेखाईमा त जादु छ जस्तो लाग्छ ।
(जेन) वाहंको गजल फेसबुकको समुह nd बभिन्न ब्लग पोष्ट हरूमा पढ्छु वा वा गजल त यसतो होस शुब्द त्यहि हो तर पनि जेन जि को गजल पढ्छु छुट्टै मजा लाग्छ जोसिलो ,चोटिलो, अनि पोषिलो जेन जि मैले सुनेको छु!
तपाईको संग्रह ।आउन लागेको छ रे ।चाँडै ल्माउने कोसिष गर्नु होला ।र तपाईको मिसरालाई यसरि बङ्ग्याए ।
है ।गल्ति भए माफि ।
प्रथम जेन जि लाई सानो
###शुभकामना ।##
अध्यारोलाई चिर्दै जेन उज्यालोमा लम्किरनु !!
पुर्णिमाको चन्द्र सरि बादल हटाइ चम्किरनु %
##हार्दिक बधाई ।##
### मेरो प्रयास ।###
मिसरा= जाँड रक्सि बोक्ने कस्तो रिती ।
काफिया= बोक्ने ।
रदिफ= कस्तो रिती ।=
मिसरा ## जेन तमु ।
मान्छेलाई जोख्ने कस्तो रिती ।
लत्याएर ढोग्ने कस्तो रिती ।
आफन्तमा जाँदा रित लाँदा ।
जाँड रक्सि बोक्ने कस्तो रिती ।
सर्ने बानि वर खै के तर ।
पिएपछि खोक्ने कस्तो रिती ।
अचम्म आज थोरै भो लाज ।
स्वास्नि अनि लोग्ने कस्तो रिती ।
न त बजार दाम हजार ।
आफ्नो मुल्य तोक्ने कस्तो रिती ।
###<अन्तमा सम्पुर्ण अग्रज हरू साथै प्यारा प्यारा साथिहरूमा दुई हजार बाहर् को शुभकामना ।शुभकामना ।शुभकामना
Tika Khadka
सम्पूर्ण अग्रज अनि मित्रहरुमा सुभ दिन कुसल मंगल रहोस तपाइहरुको
अग्रज हरु बाट स्पष्ट सुझाब पाउने आशा गर्दछु |>(घायलको तरही मुसयारा ३० को लागि मेरो गजल )
.मिसरा > जाँडरक्सी बोक्ने कस्तो रीति ?
.लय >४+२+२+२=१०
भाषण मात्रै ठोक्ने कस्तो रीति ?
मै हुँ भन्दै खोक्ने कस्तो रीति ?
जे गरे नि चल्छ जान्ने ले त ,
निमुखालाई टोक्ने कस्तो रीति ?
अझै पनि आफ्नो संस्कार भनि ,
जाँडरक्सी बोक्ने कस्तो रीति ?
बर्ष दिनमा आउने पर्ब मान्दा ,
सके सम्म धोक्ने कस्तो रीति ?
अघि बढु भन्दा डाहा गर्छन् ,
गन्तब्यनै रोक्ने कस्तो रीति ?
टिका खड्का
मधुमल्ला - ४
मोरंग ,
Sabitra Luitel
नमस्कार ,जानी नजानी घायलको तराही मुसायारामा मेरो सानो प्रयाश ,गल्तीमा क्षमा चाहान्छु ,धन्यबाद |
हन काट्न छोप्ने कस्तो रिती ?
थोरै बोल्दै टोक्ने कस्तो रिती ?
केही गर्न खोज्ने हरु लाई
अघि बड्दा रोक्ने कस्तो रिती ?
सानो ठुलो चाड पर्नै हुन्न
जाड रक्सी बोक्ने कस्तो रिती ?
मद भन्ने चिज मुफ्त पाए
सके सम्म धोक्ने कस्तो रिती ?
सिधा सादा हिडे बोले मात्र
बाठो ले चै ठोक्ने कस्तो रिती ?
प्रेम निशानी मगर
घायलको तरही मुसयेरा - ३० मा आधारित
गज़ल
जो छ दुखी ठोक्ने कस्तो रीति
सिन्को भाच्दैन् खोक्ने कस्तो रीति
आफै घामी आफै बोक्सी बनी
रातो भाले टोक्ने कस्तो रीति
सस्कार यो धान्न चली आको
जाड-रक्सी बोक्ने कस्तो रीति
श्रम सिप चल्छ जात खोजि
मन्दिरमा रोक्ने कस्तो रीति
यहा जस्ले देश बेची खान्छ
उही पाठ घोक्ने कस्तो रीति
Nava Raj Ghimire
घायलको तरही मुसयारा ३० को लागि गजल
.मिसरा > जाँडरक्सी बोक्ने कस्तो रीति ?
सान्तियात्रा रोक्ने कस्तो रीति ?
गोलिमात्र ठोक्ने कस्तो रीति ?
राक्षस यि नेता कहाँ दया छ र?
हड्डी पनि, टोक्ने कस्तो रीति ?
रगतको थैलो भित्र हेर्दा मैलो
जाडरक्सी बोक्ने कस्तो रीति ?
दान -रिन जती आए पनि
भएभर्को धोक्ने कस्तो रीति ?
नेपाल यो नयाँ हुने कैले ?
जो आएनी खोक्ने कस्तो रीति ?
Laxman Bhantana Sireesh
घायलको तरही मुशराय ३० को लागि ढिलाई भए पनि आज पुन: आइ पुगे यो सानो गजल को रुप लिइ
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
पिए पछी खोक्ने कस्तो रिति
मरे तुल्य धोक्ने कस्तो रिति,
ॐ शिबा रे साधु सन्त बनि
जाँड रक्सी बोक्ने कस्तो रिति,
मातिएर भात्ति धायो फेरि
आफ्नै लाई ठोक्ने कस्तो रिति,
बेसरम मौका ढुक्ने चाल
बिछ बातो छेक्ने कस्तो रिति,
नभए नि सुको कौदी बाँकि
सगुन त्यो बोक्ने कस्तो रिति
लक्ष्मण भन्तना "सिरिश
Sanjaya Kumar Khadka
घायलको तरही मुशराय ३० को लागि मेरो गजल कस्तो भयो हो हजुर हरु !
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
गर्न खोज्दा रोक्ने कस्तो ! रीति
राम्रो सोच्यो जोख्ने कस्तो ! रीति |१|
समाजमा आघि बढ्दा आज
निर्दो ठानी टोक्ने कस्तो ! रीति |२|
रीति थिति जोगाउन भनि
जाँडरक्सी बोक्ने कस्तो ! रीति |३|
अशिक्षाले भरिएको यहाँ
बिना सिती खोक्ने कस्तो ! रीति |४|
ठाउँ पाउनु पर्छ आजभोली
अलकत्रै धोक्ने कस्तो ! रीति |५|
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब
Shrestha Subash
घायलको तरही मुसायरा भाग-३०
मै हुँ भन्दै खोक्ने कस्तो रीति
आफ्नै मुल्य तोक्ने कस्तो रीति।
सँग सङ्गै हिड्नु पर्ने बेला
अरुलाई रोक्ने कस्तो रीति।
गल्ति गर्छन् आफू दोषी भाग्य
अनि शिर ठोक्ने कस्तो रीति।
पराईको भाग खोसी खोसी
जाँडरक्सी बोक्ने कस्तो रीति।
बसेका छन् कति खाली पेट
आफै मात्र धोक्ने कस्तो रीति।
Madan Neupane
दलबीर सिंह बराइली घायल को तराही मुसायरा भाग (३०) अनुसारको गज़ल|
यो गज़ल लेख्न भने मलाई निक्कै गाह्रो पर्यो तै पनि समय मिलाउन सफल नै भएँ | कस्तो भयो सुझाब दिनुहोला है त सर्जक हरु...........
गजल: जेन तमू(gyanendra)
मिसरा: जाँडरक्सी बोक्ने कस्तो रीति
काफिया: बोक्ने
रदिफ: कस्तो रीति
लय: जाँडरक्सी/ बोक्ने// कस्तो/ रीति
लय:- ४+२+२+२=१०
गलत् प्रथा घोक्ने, कस्तो रीति
सत्य न्याय रोक्ने, कस्तो रीति ||
उचो निचो भन्दै, अझै पनि
परिधि यो तोक्ने, कस्तो रीति ||
परिवार पाल्ने, अन्न छैन
जाँड रक्सि धोक्ने, कस्तो रीति ||
श्रम गर्नु छैन, सित्तै पाए
हड्डी भा'नि टोक्ने, कस्तो रीति ||
मानबता छैन, कहीं आज
आफु मात्रै धोक्ने, कस्तो रीति ||
समाप्त
मदन न्यौपाने
चक्चकी-७,झापा
जेन तमु (ज्ञानेन्द्र) जीलाइ धेरै धन्यवाद आफ्नो गज़ल उपलब्ध गराएर तरही मुसायरा'लाइ ठुलो गुण लगाउनु भएको छ ! यहाँको साथ निरन्तर जारि रहोस ! उहाँको गज़ल यस प्रकार छ :-
ढुङ्गालाई ढोक्ने कस्तो रीति
जाँडरक्सी बोक्ने कस्तो रीति
भन्छन् बिहे पास्नी,त्यहि संधै
पञ्चेबाजा ठोक्ने कस्तो रीति
दाइजोको लोभ हेर कस्तो
रित्तिएर खोक्ने कस्तो रीति
भाषण चैं मिठो, भ्रष्ट भयौ
छैन कोही रोक्ने कस्तो रीति
पाठपुजा गर्छौ, साँझ पर्छ
भट्टी गई धोक्ने कस्तो रीति