स्मृतिको कुना भित्र
स्मृतिको कुना भित्र नसजाउनु मरें भने
कुल्ची दिनु घृणा गरी फुल्नै नपाई झरें भने ll
दिलमा राखें तिम्रो मुहार गाह्रो हुन्छ नदेख्दामा
काँडा ठानी तर्की हिड्नु बाटोमा फूल छरें भने ll
आकाशको तारा तिमी म त भुईको धुलो हजुर
दया गरे जस्तो गर्नु नजरमा परें भने ll
झुपडीको बास मेरो महलको के स्वाप्ना देख्नु
श्राप दिनु तिम्रो खुशी कहि कतै हरें भने ll
तिम्रो बस्ति छेउ बस्दा जिउन साह्रो भयो होला
रंगाउनु बाँकी खुशी खोली पारी तरें भने ll
"नरेश रोकाहा"
हाल- दुबई बाट