'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75633

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२५


'घायलको तरही मुसायरा-२५' यहाँ हरुको सामु छ ! विभिन्न समस्याको बाबजुत हामीले सफलता पुर्वक पच्चिसौं भागमा पुगेका छौं र हाम्रो लक्ष्य पनि यहि हो ! तर अन्त्य भने पक्कै पनि होइन ! हामी निरन्तर यो तरही मुसायरा लाइ अगाडी बढाउने छौं जसको लागि तपाइहरुको निरन्तर साथ पाउने अपेक्षा गर्दछु ! आज सम्मका अंकहरुबाट हामी निकट भविस्यमा नै तरही मुसायराको संग्रह प्रकशान गर्ने छौ र त्यसको लागि म तयारी गर्दै छु र यसमा पनि यहाँ हरु सबैको साथ मिल्ने नै छ  भन्ने आशा गरेकोछु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 


गीत लेख्छु गजल लेख्छु गोर्खे साहिँलो होइन म त 
ब्यथा आफ्नै पोखे पनि ब्याकुल माइलो होइन म त 
माथिका गज़लका यस्तै हरफहरु लेख्नुहुने 'बुद्धि मोक्तान' चाँगे-३,ताप्लेजुङ स्थाई निवासी हाल उर्लबारी -३ ,मोरङ्ग हुँदै हाल गोदावारी ,काठ्माण्डौमा बस्नु हुन्छ ! बिज्ञान संकायको बिधार्थी भएर पनि नेपाली साहित्य प्रेमी हुनु हुन्छ उहाँ ! अवसर ,उमेर र आफ्नो देशको परिस्थीति तीन कुराहरुलाई मध्यानजर गरी बिगत तीन बर्ष देखी दक्षिण कोरियामा रोजी रोटीको जोहो गर्दै गरेको हुनु हुन्छ ! समान्यतया ,कबिता ,कथा ,गीत ,गजल, सम्बाद सबै बिधामा कलम चलाउनुहुने उहाँका सिर्जनाहरु पत्रपत्रिका,वेब र आफ्नै ब्लक मा प्रकासित भएका छन् ! 
आउनुहोस ! आज उनै बुद्धि मोक्तानको गज़लको यो मिसरा-ए-सानी 'जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?' लाइ 'घायलको तरही मुसायरा-२५' मा तरहको रुपमा दिएको छु । माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०१ डिसेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: बुद्धि मोक्तान 
मिसरा: जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?
काफिया: चढाइ
रदिफ:के हुन्छ र ?
लय: जन्तु मारी/ रगत वली// चढाइ के/ हुन्छ र ?
लय:- ४+४+४+३=१५   

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

वेबसाइटमा जानको लागि यो लिंक क्लिक गर्नु होला 

Posted by Unknown on 7:03 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

13 comments for घायलको तरही मुसायरा-२५

  1. प्रगोग बिना सिद्दान्तको पढाई के हुन्छ र ।
    कलमको युगमा खुकुरीको लडाइँ के हुन्छ र ।

    प्रतिपादन गर्नेले नै गरे पछि उल्लङ्घन्
    जनतामा प्रणालीको कडाइ के हुन्छ र ।

    कर्म गरे सुख मिल्ने बिर्सिएर यथार्थ
    जन्तु मारी रगत बली चढाइ के हुन्छ र ।

    यात्रा गर्नु भन्दा पै'ले नतोकिनै गन्तव्य
    बेसुरैमा यात्रा अघि बढाइ के हुन्छ र ।

    अजम्बरी भैसकेको राष्ट्र पाले शहिदको
    प्रतिमामा अगरबत्ती डढाइ के हुन्छ र ।


    आनन्द भट्टराई 'गाउँले'
    खोटाङ

  2. भाइ भाइ भन्दा ठुलो लडाँइ के हुन्छ र ?
    मुङ्ग्रे बल गरे पछी पढाइ के हुन्छ र ?

    देश भरी आतंक र डकैती त्यो फैलिँदा
    ओठ्मा हाँसो अनी हर्क बढाइ के हुन्छ र ?

    धन् नहुने मरी राछन् धनी भने चइनमा
    नाताबाद् र कृपाबाद् मा कडाइ के हुन्छ र ?

    काट मार गर्छौ किन भलो गर्ने नाम मा
    जन्तु मारी रगत् बली चढाइ के हुन्छ र ?

    जान्ने सुन्ने पदवाला अन्धो-कानो भै दिँदा
    ब्यर्थ को त्यो रोड्मा टायर डढाइ के हुन्छ र ?

  3. अज्ञात पाल्पाली नेपाली गजलमा नौलो प्रस्तुती "घायलको तरही मुसयारा" को पच्चीसौं भाग सफलताका साथ पुरा भएको मा संचालक "घायल" सर लाई
    हार्दिक बधाई दिन चाहन्छु अनि मेरो यसपाली को सहभागिता यसरी जनाएँ

    गजल: बुद्धि मोक्तान

    मिसरा: जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?
    काफिया: चढाइ
    रदिफ:के हुन्छ र ?
    लय: जन्तु मारी/ रगत वली// चढाइ के/ हुन्छ र ?
    लय:- ४+४+४+३=१५

    सधैं भरि आन्दोलन् छ पढाई के हुन्छ र ?
    यसै गरि शिक्षा अघि बढाई के हुन्छ र ?

    परिश्रम गर्नु पर्छ सफलता पाउन
    पौरख् छैन परेवा नै उडाई के हुन्छ र ?

    पूजारी पो हौ त तिमी लडाईं को के थाहा
    युद्धकला बिना पनि लडाईं के हुन्छ र ?

    कुन पाप मेटाउन पुजा आजा गर्दैछौ
    जन्तु मारी रगत बली चढाई के हुन्छ र ?

    सेवा गर ति दु:खी का अरु गर्नु पर्दैन
    जहिले नि घन्टी मात्रै बजाई के हुन्छ र ?

  4. जीतु खड्का गाउले ‎=====***======
    बन्द मात्र सधैं यहाँ पढाइ के हुन्छ र ?
    आफ्नै देश आफ्नै छाप्रो डढाइ के हुन्छर ?

    सक्छौ भने आँफै गर नगर भो इर्श्या त
    दोष मात्र दिदै औंला ठढाइ के हुन्छ र ?

    नमानौ त रितीरिवाज समाजले भन्ला के
    जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?

    जम्नु थियो नेपालमै अधुरो भो सपना
    खाडी भित्र आफ्नो ज्यानै सडाइ के हुन्छ र ?

    शन्ती खोज्छौ कम्मरमा त्यो खुकुरी भिरेर
    मुख सँग बिचारको लडाईं के हुन्छ र ?

    जीतु खड्का (गाउले )
    मोरङ उर्लाबरी

  5. Kalpana Awasthi जातिबादको नाममा लडाई के हुन्छ र
    लडाईमा अबोधको पढाई के हुन्छ र ?

    जस्तो रोपे उस्तै पाईन्छ समाजमा यो हाम्रो
    संस्कृतिको सिंगो पाठ डढाई के हुन्छ र ?

    धर्म कर्म गर्नु पर्छ धार्मिक्तामा रमेर
    जन्तु मारी रगत बली चढाई के हुन्छ र ?

    हिंसा हत्या अत्याचार बढी रा'छ दिनदिनै
    अत्याचारीको हाैसला बढाई के हुन्छ र ?

    "कल्पना"को सोच यहाँ कस्ले बुझ्ने बरी लै
    सोच्मा डुबी आफैलाई ढढाई के हुन्छ र ?

  6. Tika Khadka
    नमस्कार अग्रज गजलकार साथै सम्पूर्ण मित्रहरुमा आज तपाई हरु सामु घायलको तरही मुसयारा २५ को लागि मैले तयार परेको गजल लियर आएको छु , मेरो कमि कमजोरी औल्याई दिनु हुन अग्रज हरुलाई बिनम्र अनुरोध गर्दछु |

    शिक्षा मात्रै आदर्शको पढाइ के हुन्छ र ?
    बिना लक्ष्य यात्रा अघी बढाइ के हुन्छ र ?

    शान्ति अनि अहिंसाको बाणी भुली बुद्धको ,
    लुम्बिनीमा शान्ति खम्बा गढाइ के हुन्छ र ?

    दिन दुखी: अपाङ्गको सेवा गर्नु धर्म हो ,
    जन्तु मारी रगत बली चढाइ के हुन्छ र ?

    अन्त्य गरौ सबै मिली समाजका कुरिती,
    कुरितिकै जालो अझै जडाइ के हुन्छ र ?

    सिक्नु पर्छ सम्मान् गर्न राम्रा विचार सबैका ,
    आपसमै व्यर्थ विचार लडाइ के हुन्छ र ?

    सुभ पल रहोस सबैको कुसल मंगलको कामना |
    मधुमल्ला >४
    मोरंग

  7. (गजल ) आचार्य प्रभा.

    मुर्ख बुद्धि लिनेलाई पढाई के हुन्छ र?
    भाइ, भाइ एकार्कामा लडाई के हुन्छ र?

    सम्झाउँदा नमान्नेलाई बुझाएर हुन्न है.
    मुर्खसंग मित्रवत् हात् बढाई के हुन्छ र?

    जस्को मुटु फलामे छ सकिंदैन पगाल्न.
    उस्को मनमा तिखो काँढा गढाई के हुन्छ र?

    मानवता बिर्सिएर देवताको दास् बन्दै.
    जन्तु मारी रगत बलि चड़ाई के हुन्छ र?

    आगो संग खेल्ने हरु धेरै हुन्छन अचेल.
    त्यस्ता अघि आफ्नो मुटु डढाई के हुन्छ र?

    जस्को शीर झुकेकोछ समाजको अगाडी.
    उस्कै सामु देशको झण्डा ठढाई के हुन्छ र?

    (रचना -नोवेम्बर ३० /२०११ ).

  8. Shrestha Subash
    घायलको तरही मुसायरा भाग-२५.

    मन भित्रै इच्छा सबै ढडाई के हुन्छ र?
    बिना इच्छा यात्रा अघि बढाई के हुन्छ र?

    काम गर्दै अघि बढ्नु जोस राखी मनमा.
    काम शुन्य औला मात्रै ठडाई के हुन्छ र?

    मानवको आत्मा भित्र रहेसम्म दानव.
    अहिंसाको पाठ मात्र पढाई के हुन्छ र?

    देवी द्यौता पूजा गर्ने रितीथिती नाममा.
    जन्तु मारी रगत वली चढाइ के हुन्छ र?

    आफू जस्तै सबैलाई सोच्ने गरौ समान.
    रमिते भै पशु पंक्षी लडाई के हुन्छ र?

  9. Diwakar Swapneel
    यो पटक घायलको तरही मुसायरा 25 मा यस्तो छ मेरो गजल ।.

    आत्मा रत्ति देखावटी बढाइ के हुन्छ र?
    चार दुना दश भन्दै पढाइ के हुन्छ र?

    आफै ठिटी खोज्दै हिड्ने त्यो बाबुले घरमा.
    कजाउदै घरभरी कडाइ के हुन्छ र?

    हप्तै पिच्छे पाप मोक्ष पुजाआजा लगाइ.
    जन्तु मारी रगत् बली चढाइ के हुन्छ र?

    देश अनुसार भेष भन्थे हजुरबाले.
    आदर्शले शिर खोक्रो ठडाइ के हुन्छ र?

    बरु भनोस् विश्वले नै स्वप्नील पागल.
    आफू उठ्न अर्कालाई लडाइ के हुन्छ र?

    > दिवाकर स्वप्नील , झापा ।.

  10. Krrish Magar
    #-# गजल #-#.

    नियत् उही सत्य मात्रै पढाई के हुन्छ र,
    काम् त फेरी उस्तै कुरो बढाई के हुन्छ र?

    धर्मकर्म रितिरीवाज् सबै आज सस्तो भो,
    जन्तु मारी रगत् बलि चढाई के हुन्छ र?

    कदम् चाल प्रगतिको हत्केला त्यो मिलाइ,
    फगत् बिचार् यत्रतत्र लडाई के हुन्छ र?

    सक्छौ भने छाइदेउ त्यो सालैजो भाकामा,
    मन् भित्रका आस्थाहरू डढाई के हुन्छ र?

    पानी माथि अोभानोको कथा धेरै भयो लौ,
    पछि सर्छौ अनि अौँला ठडाई के हुन्छ र?

    ( घायलको तरही मुसायरा २५ को लागि यो मेरो अर्को प्रयास "घायल" ज्यू लाई प्रेषित गरेको छु । ).

  11. बैरागी माईलो बिवश.
    घायलको तरही मुसायरा 25 को लागी मेरो गजलः.

    गुरु बिना अर्थ पूर्ण पढाई के हुन्छर?
    इच्छाहरु मनै भरी सढाई के हुन्छर?

    हृदयमा स्वार्थ भाब राखी चाले पाईला,
    प्रगतिका लक्ष्य तर्फ बढाई के हुन्छर?

    डाहाँ ईश्या मन्मा पाली आफ्नै झोली भरेर,
    शान्ति मिल्ने आशा राखी लडाई के हुन्छर?

    कर्म गरे धर्म हुन्छ प्रणा किन लिदैछौ,
    जन्तु मारी रगत बलि चढाई के हुन्छर?

    हत्या हिसाँ अन्त्य गरौ मागौ अब अधिकार,
    औला यहाँ नेतालाई ठडाई के हुन्छर?

    गुल्मी हाडहाडे
    हालः यू ए ई.

  12. सुमित्रा पौडेल 'आँचल' घायलको तरही मुसायराको सफलताको कामना सहित सृंगखला २५ को लागि मेरो प्रयास यस्तो रह्यो ---

    गजल ---
    पवित्र छ यो दिल् भने डढाई के हुन्छ र ?
    त्यो मनमा रिस राग बढाई के हुन्छ र ?

    सपनाको महल् बुन्दै बढ्छन् भने रहर
    सुखी खुशी जीवन् पाठ पढाई के हुन्छ र ?

    छैन भने मानवता के भन्नु खै मानव
    आफैले नै आफैलाई सढाई के हुन्छ र ?

    आत्मा शुद्ध राखी हाम्ले गरे कर्म असल
    जन्तु मारी रगत बली चढाइ के हुन्छ र ?

    तिमी भित्र अहंता छ न त सत्य सभ्याता
    ''सुमी ''माथि तिम्रा औंला ठडाई के हुन्छ र ?

  13. Anonymous

    घायल सर नमस्कार! केही कुरा भन्न गइरहेको छु कृपया अन्यथा नमानी दिनुहोला , हजुरको यो पछिल्लो निर्णय {{ यहाँहरुले आफ्नो अमुल्य समय खर्चिएर जुन उत्कृष्ट गजलहरु सिर्जना गर्नु भएकोछ त्यसको मैले अबमुल्यान गर्न पट्टक्कै मन लागेन । त्यसैले मैले यो निर्णय गरेको छु की जति पनि संरचना र गजलको न्युनतम मापदण्ड पुगेको गजल छन् ती सबैलाई सङ्रहमा समावेश गर्ने आशा छ यो निर्णयले कसैलाई पनि मेरो गजल सङ्रहमा परेन भनेर गुनासो गर्ने ठाउँ रहनेछैन । }} ले मलाइ अचम्म लागिरहेको छ , यसरी सङ्ग्रह प्रकाशन भएमा यसको वजन वा मान्यता कति होला र सर ? यसो गर्ने भए पहिला देखि किन त्यत्रो तमाम नियमहरु बनाउनु भएको ? प्रत्यक भाग बाट उत्कृष्ट ३ वटा गजल निर्नायक मन्डल बाट छानी सङ्ग्रहमा समावेश गराउने मुख्य तपाईंको नियम आफै बनाएर आफै उल्लङ्घन गर्नु भएको ? वा तरही मुसयराको मान्य मुख्य नियम हरु संचालक ले नै अनुसरण नगर्ने ? कोहि सहभागी हरुले मेहनत का साथ् सबै भागमा सहभागिता जनाउनु भएको छ भने कसैले बीच तिर बाट सुरु गर्नु भएको छ कसैले फात्त फुत्त मात्रै सहभागिता जनाउनु भएको छ अब भन्नु होस् ती सबै भागमा सहभागिता जनाउने सहभागी र कतै कतै मात्रै सहभागिता जनाउने सहभागी हरुको गजल उही मत्रामा अर्थात बराबरी सङ्ख्यामा सङ्घ्रहमा समावेश गराउनु हुन्छ की भाग लिएको आधारमा धेरै थोरै हुन्छ ? यदि बराबरी हुन्छ भने केही होला कित भन्ने आशा बोकेर सबै भाग्मा सहभागिता जनाउने सहभागी हरुको मेहनतको सहि मुल्याङ्कन होला त ? यदि सङ्ग्रहमा गजल समावेश गराउनु मात्रै हो भने त कुनै एक भागमा सहभागिता जनाएको भए भै हाल्थ्यो नी अन्त्यमा आएर यसरी धोका दिनु हुन्छ ? अहिले तपाईंले भने जसरी सङ्ग्रह निकाल्ने भए ननिकालेकै बेश हुन्छ गुरु । यो ऐतिहासिक पनि हुदैन कुनै वोजनदार पनि हुदैन । नछानिएको गजल सङ्ग्रहमा पर्दैन त किन चित्त दुखाउने सङ्ग्रहमा नपर्ने सहभागीले ? वहाँहरुले स्व विचार गरिहाल्नु हुन्छ नी। म लगायत धेरैले आशा राखेको अभियान थियो यो सर हजुरको । यसलाई ऐतिहासिक , नेपालकै प्रथम र पढ्दा पनि केही नया पन पाइने बनाउन कृपया गजल छानेर मात्रै सङ्ग्रहमा समावेश गराउनु होला सर , यहाँ मैले मात्रै कुरा उठाए तर यसमा मलाइ लाग्छ अधिक्तम सहभागी र अरु अग्रज सर्जक हरुको पनि सहमती पक्कै छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011