यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता:-मुर्दाको शहरहरु ....


सबी श्रेष्ठ 

लाग्छ बर्षौ भयो
यि बस्तीहरु उजाडिएको
कुनै चमक छैन
रंग रोगन छैन
छन् त केवल
फुस्रा खरानीका खण्डहरहरु
अनि कंक्रिटका कंकालहरु
तर मेरो कस्तो बिबशता ?
तिनै खण्डहरका
सडक र गल्लीहरुमा
म साटिरहेछु
यि अमुल्य प्रहरहरु   
म बेचिरहेछु
आफ्नै सपनाका रहरहरु
र पनि सक्दिन टाढिन
किनकी मेरो सपनामा
म एक्लै बाँचेको छैन
धरातल भुलेर हाँसेको छैन
त्यसैले त साटिरहेछु प्रहरहरु
बेचिरहेछु रहरहरु
अनि
अंगालिरहेछु मुर्दाको शहरहरु

by:sabee shrestha
27/11/2011

Posted by Unknown on 8:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता:-मुर्दाको शहरहरु ....

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011