यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

बिजुली

कविता By आनन्द श्रेष्ठ 

आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन
कहिले मध्यरातमा आउँछे
कहिले झिसमिसेमै आउँछे
आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन,
कहिले वल्लो घरमा बस्छे
कहिले पल्लो घरमा बस्छे
डेरा सरेको सरै गर्छे सधै
आजकल बिजुली सारै थकित् छे
आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन,
आजकल बिजुलीलाई आराम छैन
कहिले रात ढल्केपछि आउँछे
कहिले मध्यदिनमै आउँछे
जहिले आउँछे सुनसान हुँदा आउँछे
आजकल बिजुलीमा बिश्वास छैन
आजकल बिजुलीलाई आराम छैन,
आजकल बिजुली ठूली भा'छे
भात पकाउँदिन बिजुली-
भाँडा माझी सकेपछि आउँछे
लुगा धुँदिन बिजुली -
लुगा सुकीसकेपछि आउँछे
आजकल बिजुलीलाई समय छैन
आजकल बिजुलीलाई फुर्सद छैन ,

सबै कहाँ एकैचोटी आउन सक्दिन बिजुली
समय मिलाई मिलाई आउँछे
सबैलाई भेट्ने समय दिन्छु भन्छे
आजकल बिजुली मन्त्रीभन्दा व्यस्त भा'छे
आजकल बिजुलीलाई समय छैन,
आजकल बिजुलीमा तागत छैन
गाऊँघर टोलटोल घुमीहिड्छे
कहिले आउँदा आउँदै सुत्छे बिजुली
भन्छे - आज अलि धेरै भयो ,धान्न सकिन,
आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन ।।।
२०६७-१०-०५,१६:३० बजे

Posted by Unknown on 8:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिजुली

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011