नेपाल कहाँ छ ?
नजर भित्तामा ठोकियो,
हो त्यो भित्तामा,,
माटोले टालेको भित्ता,
बलेसीबाट पानी चुहिएर
अब्यवस्थित र जिर्ण छ त्यो भित्ता,
पुराना कागजमा अलग-अलग नक्शा छ देशको,,
यौटा देशको नक्शा फराकिलो छ,
र
अर्को देशको चैँ खुम्चिएको,,
तर,,
दुईटै नक्शाको नाम यौटै छ,,''नेपाल''
नजर भित्तामै अड्कियो !
खुब हेरेँ दुईटै नक्शा, यौटै देशको!!
सिमाङ्कन फरक-फरक,,
पुरानो नक्शा मुसार्छु,
के यहि हो नेपाल..? ?
अनि,
अनि, यो अर्को 'नेपाल'
नामाङ्कन गरिएको
ख्याउटे नक्शा कस्को..?
अँ हँ, यो ख्याउटे 'नेपाल' हुँदै होईन,,..
आखिर, 'नेपाल कहाँ छ'..??
या पहिराले लग्यो?
या त बाढिले बगायो??
यदि यै ख्याउटे नेपाल हो भने,,
अर्को 'नेपाल' नामाङ्कन गरेको
कुन देश हो..? कस्को नक्शा हो..??
नजर बिस्तारै ओर्लिए भित्ताबाट..!!
भु-गोलमा नजर घुमाएँ,
पृथ्वी भित्र सिमाङ्कित
देश खोज्दै गर्दा,,
विशाल देशका बिच च्यापिएको
ख्याउटे 'नेपाल' भेटाएँ
त्यै अघिको ख्याउटे नेपाल,,
बलभद्रले सिलान्यास गरेको
नेपाल यही हो..??
भिमसेनले जन्माएको देश यै हो..??
वीर गोर्खालीले हुर्काएको मातृभमी यही हो..??
अँ हँ, यो ख्याउटे 'नेपाल'
मेरो 'नेपाल' हुँदै होईन,,,
आखिर, 'नेपाल कहाँ छ ??'
