यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कविता - 'आगमन'

By सेल्कर पाख्रिन तामाङ्

फेरी आएँ,
हो म फेरी आएँ
लामो समयको अन्तरालपछि 
जीवन भोगाइका शब्दहार लिएर
सामाजिक संजालका भित्ताहरुमा
हो म फेरी आएँ l
रेगिस्तानका डोबहरू आँसु र पसिनाले पुर्दै
नयनभरि सुन्दर स्वप्नहरू सझाऊदै
अरबियन मह सागरको आकाश गंगा हुदै
आधुनिक बायुयानको सहरामा
म पुगेथ्यें
मेरो स्वर्गीय मातृभूमि l
त्यो एक पल
हो त्यो एक पल
जब पाइला टेकें मेरो माटोमा
छताछुल्ल पोखिए मेरा खुशीहरु
कयै बर्षदेखी मेरो नयनभित्र
सायद रारा अनि फेवा बनेर बसेको थियो l
सत्य यही हो
हो सत्य यही हो
बिर्सिएछु रेगिस्तानका दुख पीडाहरु
बिर्सिएछु पैसामा लिलाम बनेका दिनहरु
बिर्सिएछु एक दृश्य देशको लागि तड्पिएका ती पलहरु l
विडम्बना !
देशमा अभाबहरुको लाम थियो
फोहोरी राजनीतिज्ञको चलपल थियो
जताततै भ्रष्टाचार थियो
धुलो धुवाँ र अन्धाकार थियो
किनकी त्यहाँ बेरोजगार थियो
महंगी थियो गरिबी थियो l
हो यस्तै अभाबहरुको लाम थियो
तर फेरी त्यहाँ मन थियो
किनकी त्यो मेरो देश थियो र छ पनि l
अचेल ,
मरुभूमिको देशबाट सोच्दै छु
देशभक्ति शब्दहारमा किन सिमित छ ?
किन पराजित सधै अभाबहरुसंग ?
किन जितिन्न पैसासंग ?
हो
हो आज यस्तै सोचहरुको मथिंगल बोकी
फेरी आएँ
हो म फेरी आएँ
लामो समयको अन्तरालपछि
जीवन भोगाइका शब्दहार लिएर
सामाजिक संजालका भित्ताहरुमा
हो म फेरी आएँ l
'ईति'

नुवाकोट,देउराली
हाल : अबुधाबी,यु.ए.इ ,

Posted by Unknown on 12:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कविता - 'आगमन'

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011