गज़ल:तिम्रो मन मेरो तिर झुलाउन गाह्रै भा'थ्यो I
रूप हराम बिश्वकर्मा
तिम्रो मन मेरो तिर झुलाउन गाह्रै भा'थ्यो!
बर्षातमा झरी संगै घुलाउन गाह्रै भा'थ्यो!1
तिम्रो मन मेरो तिर झुलाउन गाह्रै भा'थ्यो!
बर्षातमा झरी संगै घुलाउन गाह्रै भा'थ्यो!1
गैरी खेत भिजाउन पानी हाल्दै दिक्क म त
खनेको त्यो डोब माथी कुलाउन गाह्रै भा'थ्यो!2
पोखरीमा गाडी दियौ हली ज्युको नारा पनि
पुरानोथ्यो बर्षौँ देखी लुलाउन गाह्रै भा'थ्यो!3
दबदबे हिलो खेल्दै गैरी खेतमै ब्यत भयौं
डाँडा खेतमा कर्के नजर डुलाउन गाह्रै भा'थ्यो!4
समातेर गाडे म त अझै हिलो छेप्दा खेरी
मैलिएको छोटो चोली धुलाउन गाह्रै भा'थ्यो!5
बिस्तारै पो गाडेकोथें ठोकिएछ कता कुन्नी
सुँक्क सुँक्क रुँदा तिमी भुलाउन गाह्रै भा'थ्यो!6
आँशु झर्यो रातो ठानी डराएर मुर्छा पर्यौ
दाँतै बान्दा दही मही खुलाउन गाह्रै भा'थ्यो!7