गज़ल:जब विचार जुर्मुरिन्छ अनि कस्ले छेक्न सक्छI
पिवन कन्दङ्वा लिम्बू
जब विचार जुर्मुरिन्छ अनि कस्ले छेक्न सक्छ
यस्तो सक्ति अघि सरे कस्ले यहाँ भेट्न सक्छ
मान गर्न जाने भने सम्मान नि पाइन्छ है
एक अर्का मान गरे कस्ले यहाँ हेप्न सक्छ
इतिहास सम्झिँदै जो भविस्यको दौडानमा
युवा सक्ति अघि बढे कस्ले यात्रा मेट्न सक्छ
ओल्लो पल्लो छिमेकमा भाइचारा नजिकिए
पराइको सत्रु बाट कसो गरि देख्न सक्छ
जीवन र जगत को अर्थ बुझी अघि बढे
कथा भित्र व्यर्थ कथा कस्ले यहाँ लेख्न सक्छ
आठराइ- छातेढुङ्गा- तेह्रथूम
