गीत:केही क्षण सँगै हिंडी दोबाटोमै छुट्यो माया
सुनिल सङ्गम
केही क्षण सँगै हिंडी दोबाटोमै छुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
बिझे पछी थाहा भयो फूल होइन काँडा रै'छ
कहाँ आफ्नो हुन्थ्यो माया जून भन्दा टाढा रै'छ
छल्नु सम्म छली-छली नियतिले लुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
पोले पछी थाहा भयो हिउँ होइन आगो रै'छ
कहाँ दरो हुन्थ्यो माया च्वाट्टै चुड्ने धागो रै'छ
तन्नेरीको सप्ना जस्तो स्वाद बनि टुट्यो माया