यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कविता:पानीको कुवा र यात्रीहरु I


जीतेन खड्का 

बिम्ब र प्रतिकको छायामा बसेका
केहि परिचित लाग्ने त
केहि अपरिचित देखीने
सहयात्री र यात्रीहरुलाई सोधे, 
यो बाटो हिड्दै जाँदा 
कहाँ भेटिने होला पानीको कुवा ?
सायद सबैलाई हत्तर नै रहेछ क्यारे !
कसैबाट अपेक्षित उत्तर आएन,
लाग्छ यहाँ भएको म र अरु सबै
एक-आपसमा प्रतिस्पर्धी हौँ
जो प्रतिस्पर्धा जित्ने दाउमा छौ ||

हो ! यहाँ सबै
यात्रीहरु म र मेरो समय जस्तै
अतीव तिर्खाएका छन्
र त आ-आफ्नै शैली र गतिमा
अरु यात्रीहरुलाई उछिन्दै
सबै भन्दा अगाडि
पानीको कुवालाई भेटी प्यास मेट्न आतुर छन्
किनकि,यिनीहरु पनि
म जस्तै भनौ या हामी जस्तै
पिठिउँमा भारी बोकी
कोही नयाँ-नौलो बाटाहरु खोज्दै 
त कोही पुरानै बाटाहरु रोज्दै 
अविच्छिन्न हिडीरहेका छन्, हिडीरहेका छन्
कोही बाटाभरि अमिट पाईलाहरु छोड्दै,
कोही पाईलाहरुलाई पछ्याउदै पछ्याउदै  ||

Posted by Unknown on 2:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कविता:पानीको कुवा र यात्रीहरु I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011