( गजल ) "भित्र भित्रै मुस्काउँदै लाज छोप्न खोज्छे मोरी"
प्रभा आचार्य
भित्र भित्रै मुस्काउँदै लाज छोप्न खोज्छे मोरी
बोलीलाइे कैद गर्दै ओंठ टोक्न खोज्छे मोरी ।
आँखा उस्को बोली रँ'दा अधर् चाँही बन्द राख्दै
मायारुपी बिरुवाको मुना रोप्न खोज्छे मोरी ।
जवानीको पललाइे हत्केलामा लुकाएर
लजावती झार जस्तै लाज बोक्न खोज्छे मोरी ।
मन भने मायालुकै बाहुपास खोज्दो होला
जबर्जस्ती मनको इेच्छा आफै रोक्न खोज्छे मोरी।
बोल्नु पर्दा धक मान्ने इेशाराले बोलाउँने
मुटु माझ मायालुको नाम खोप्न खोज्छे मोरी ।
रचना ९/ २२ /१२