कविता:देश बनाउनेहरु I
इन्द्रमणि नेपाल
१२ वर्ष अघि
हाम्रो डाँडाबारीको गोठमा
बास बसेका लडाकुहरु
देश र जनताको लागी भन्दै
गाउँ गाउँमा शँखघोष गर्दै
वस्ती वस्तीमा विगुल बजाउदै हिडेका
देशका योद्धाहरु
अहिले त शहरका
ठुला ठुला महलमा भेटिन्छन्
चिल्ला गाडीहरुमा पार्टीका झण्डा फहराउदै
कहिले सिंहदरबार त कहिले वालुवाटार
अनि कहिले कुनै रिसोर्ट तथा
कहिले कुनै पाँचतारे होटलहरुमा
रमाईरहेका भेटिन्छन्
विजयोत्सव मनाउदै ।।
जनताको अधिकारका लागी
सुनिश्चित भविश्यका लागी लड्दै गर्दा
कति दाजुभाईहरुको जीवन समाप्त भयो
कति दाजुभाईहरुलाइ
शत्रुको संज्ञा दिदै समाप्त पारिएको थियो
शायद तपाईहरुलाई सम्झना होला नी
आफुले बनाउदै गरेको,
आफैंले चलाउदै गरेको
बम पड्किएर तपाईका कति साथि
ठाउँको ठाउँ मरेका थिए भने
अशक्त भएका साथिलाई तपाईले नै
कति निर्दयताका साथ.....
अलिकति पनि मानवता थिएन है
त्यसबेलाआफुसँगै हिडेको साथिलाइ
घाइते भयो भनेर
च्व... च्व... च्व...
कति रोएका थिए उसको परिवार त्यसबेला
जब खबर पाएका थिए कि
सँगै हिडेका सहयोद्धाहरुले नै
उसको नृशंश हत्या गरे भन्दा
देशको मुहार फेर्न भनी
जबरजस्ती लिएर हिडेका थियौ
परिवारबाट छुटाएर
नगए मार्ने धम्कि देखाएर
तर आखिर.....
शायद बिर्सियौ होला नी है
सहयोगको याचना गर्दै
हाम्रो गाउँ गाउँ धाएको
हामी सँगै खेतमा काम गर्दै
मिठो पिठो खाएको
किनकी अब त तिमी हामी भन्दा
धेरै माथि पुग्यौ
जहाँ कहिले पनि ति दुख झेल्नु पर्दैन
त्यतिबेला त मैले पनि तिम्रो युद्धको लागी भनेर
आफ्नो गाँस कटाई कटाई
सहयोग पनि गरेको थिएँ
तर अपशोच,
अहिले त तिमी मलाईचिन्दा रहेनछौ
उहि त हो नि है
खोलो त-यो लौरो बिस्र्यो ???
गरीबका छोराछोरी जबरजस्ती लिएर गयौ
युद्धको यज्ञमा होम्न
अनि जब युद्ध सकिएको घोषणा भयो
तथापी ति गरिबले छुटकारा पाएका छैनन्
किनकी
तिम्रा स्वार्थ अझै अधुरा छन्
तीम्रा सपना अझै अपुरा छन्
सत्तामा तिमी नै छौ
शक्तिमा तिमी नै छौ
सडकमा तिमी नै छौ
अनि सम्पुर्ण जनताको घृणामा तिमी नै छौ
कस्तो खेल रहेछ यो
फोहोरको खेल
धन्य राजनिती,
जसो गरे पनि सुहाउने
धन्य नेतागण,
जे बोले पनि सुहाउने
अब कतिदिन गर्छौ यो नाटक
जनताले बुझिसके तिमीलाई चिनिसके
आफु नै सत्तामा छौ,
अनि फेरी आफु नै सडकमा पनि
कति सुहाउछ है तिमीलाई
आफै बोक्सि, आफैं धामी ??
तिमीले गाउँमा बाँडेका सपनाहरु
सपनामा नै सीमित छन्
तिमीले बाँडेका आश्वासनहरु
आश्वासनमा नै सीमित छन्
एक फड्को मार्न सकेनन्
ती सपनाहरुले र आश्वासनहरुले
बरु उल्टै
तिमीले छाडेका बम र गोलाहरुले
गाउँलाइ त्रसीत बनाउँछ कहिलेकहिं
त्यसैले छाड अब नौटंकी
हामीलाइ स्विकार्य छैन
यो देश डुबाउने खेल,
मान्य छैन यो गरीबमारा नीति
पहिले आफुलाइ परिवर्तन गर
अनिमात्र देश परिवर्तन गर्न सकिन्छ
अनि मात्र बन्छ सभ्य समाज
बल्ल बन्छ देश
