यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता:अभिनय I


प्रेम ओली 

एक दिन
कबिता लेखिराखेको बेला
मेरी श्रीमतीले
आएर भनिन -
खाना पनि बिर्सनु भयो
पिउन पनि बिर्सनु भयो
तपाईंलाई पर्खादा पर्खदै
मेरो त सारा दिन पनि गयो ।
मैले भने -
म सिर्जना कोर्दै छु
साहित्यको उकालो चढदै छु
किन बाधा गर्ने खोजेको
आजभोलि ब्रहमाजी अभिनय गर्दैछु ।
अर्को दिन
म टिल्ल ट्वाट तानेर
घर फर्केको बेला
श्रीमतीले मुख सुख्दै सोधिन -
आज फेरी
कस्को अभिनय गर्दै हुनुहुन्छ
टिन्न परेर घर फिर्दै हुनुहुन्छ ?
मैले आफ्नो कोट सट्ट खोले
लरखराए पनि फट्ट बोले -
आज भोली
महादेवको अभिनिय गर्दै छु
एउटा सिरियलमा
ट्वाकेन्द्रको रोलमा पर्दैछु ।
फेरी अर्को दिन
श्रीमतीले अचानक मेरो पर्स खोलिन
एउटा फोटो देखाउदै बोलिन -
पर्समा कसरी केटीको फोटो आयो
जस्लाई दिए जिन्दगी खोटो आयो ।
मैले ङिच्च दात देखाउदै भने-
आज भोली
कृष्णको अभिनय गर्दै छु
हरेक दिन
नयाँ गोपिनिमा सर्दैछु
त्यसैले होकी प्रिय
रुकमिनिको भन्दा पनि
राधाको मायाले मर्दैछु ।
बुढी रिसले आगो भईन
सियोमा नछिर्ने धागो भईन
उनले बन्दुक झै पट्कदै बोलिन
मेरो लुकेका कुकर्म पो खोलिन -
अस्ती चमेलिको चुली च्यातेर
दुर्योधनको अभिनय  गर्दैथ्यौ
मैले नजोगाएको भए
झन्नै जेलसम्म पर्दैथ्यौ
अझै यस्तै अभिनय गर्छौ भने
दुइचारवटा पत्रीकालाई खोकीदिन्छु
अदालतमा पनि नालिस ठोकिदिन्छु ।
मैले श्रीमतिलाई फकाउदै भने -
माफ गर प्रिय
यो सारा अभिनय छोडिदिन्छु
तिमी त मेरी दुर्गा हौ
बरु एक पटक पूजा गरी
साष्टाङ्ग ढोकीदिन्छु ।
बुढी त झन उम्लन थालिन
थाम्नै नसक्ने अश्त्र फालिन -
फेरी नयाँ अभिनय खोज्दैछौ
मलाई दुर्गा माता बनाएर
अर्की श्रीमती  रोज्दैछौ  ?

Posted by Unknown on 3:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता:अभिनय I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011