यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:कैले फेर्ने घरको छानो, जूनले सोध्छ घरि घरि I


दिपक के सी ''पीडित"

कैले फेर्ने घरको छानो, जूनले सोध्छ घरि घरि !
कस्ले पुछ्यो रंग मेरो, चुनले सोध्छ घरि घरि !

चौबन्दिको तुना काटी, नांगीनेको होड चल्दा, 
मेरो पालो आउन्न की, ऊनले सोध्छ घरि घरि !

न त छाक टार्नै सक्छौ, न त आङ ढाक्नै सक्छौ,
बढे के भो मेरो भाउ, सुनले सोध्छ घरि घरि !

उठाई खुँडा जाइ लाग, सामन्ती र बैरी माथि, 
किन बन्छौ निर्धो सधैँ, खुनले सोध्छ घरि घरि !

तिमि आउने बाटो हेर्दै, रोइ राछ मातृभूमि, 
कति बस्छौ प्रबासमा, नुनले सोध्छ घरि घरि !

बक्लौरी -४ सुनसरी 
हाल: कतार शेल, कतार 

Posted by Unknown on 4:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:कैले फेर्ने घरको छानो, जूनले सोध्छ घरि घरि I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011