गीत:टाढा पुगि त्यो आँशुले फेरि पत्र लेख्यौँ आज I
स्याङ्जाली रमेश
टाढा पुगि त्यो आँशुले फेरि पत्र लेख्यौँ आज
बिछोडको यो घाँउमा झनै चोट थप्यौँ आज
-
जंङ्गारमा मलाई छाडि तिमी पारी पुगेकै थ्यौँ
सागर तरी फर्किएर हेर्नुहुन्न बुझेकै थ्यौँ
जानि जानि अन्जानी भै पार्नलाई दोधारमा
जिन्दगीको किनारमा फेरि पनि टेक्यौँ आज
टाढा पुगि त्यो आँशुले फेरि प.......
बिछोडको यो घाँउ..........
तिम्रो खुशी आफ्नो ठानी मैले चित्त बुझाएथेँ
यस्तै रैछ जीवन् भनि बिछोड्नै रुचाएथेँ
संगै भयौ न त तिमी न त छोड्यौ तड्पाउन
न त मिलन् बिछोडको बाटो पनि छेक्यौँ आज
टाढा पुगि त्यो आँशुले फे...................
बिछोडको यो घाँउ............
©
मरुभुमिको छातीबाट
