गज़ल:मायाको आफ्नो रुप हुदैन रङ्ग हुदैन I
राम थापा
मायाको आफ्नो रुप हुदैन रङ्ग हुदैन
शायद त्यसैले ऊ कसैको सङ्ग हुदैन
मिठो हुन्छ दर्द पनि मायामा मिलेको
जति सहे पनि पिडा मुटु भङ्ग हुदैन
मुख बारिएला दुई चार दिन घुर्क्याउँदै
तर घर बार नै भत्काउने जङ्ग हुदैन
हृदयको कुनाले सन्झिरहदा प्रीयसीलाई
शरीरमा नरमाएको कुनै अङ्ग हुदैन
नर्क पनि प्यारो हुन्छ तिमी भए छेउ
बिना तिमीको स्वर्ग पनि रङ्ग हुदैन



